काठमाडौं– बुधबार अपरान्ह स्वयम्भुमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको छ।
सीतापाईलाबाट बनस्थलीतर्फ जाँदै गरेको बा ९६ प ५९३७ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ५६४८ नम्बरको कन्टेनरले ठक्कर दिदा मोटरसाईकलमा पछाडी सवार गोरखा सुलकोट बस्ने ६६ वर्षिय मोहन पनेरुको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाका मोटरसाईकल चालक रन्जित तिमल्सेना सामान्य घाइते भएका छन्। कन्टेनर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।