भैरहवा- भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा भैरहवाको एक होटलबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
होटल ह्वाइट लोटसको कोठा नम्बर १०७ मा खानतलासी गर्दा एउटा झोलामा पुरानो भारु १ हजार दरका नोट २ हजार ६ सय ५० थान र ५ सय दरका नोट ५ हजार ३ थान सय थान गरी ५३ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको रोहिणी गाउँपालिका–५ का ५४ वर्षीय दुधनाथ योगी, सिद्धार्थनगर नगरपालिका–२ का ३७ वर्षीय गणेश थापा, बुटवल उपमहानगरपालिका–१६ का ४२ वर्षीय हेमराज कठरिया र सिद्धार्थनगर नगरपालिका–८ का ३८ वर्षीय राजु बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलले बताए।
बरामद गरिएको रकम र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको ढुंगेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।