काठमाडौं– एभरेष्ट फिल्म एकेडेमीबाट प्रशिक्षित विद्यार्थी दीक्षित भएका छन्। आइतबार आयोजित पहिलो दीक्षान्त कार्यक्रममा एकडेमीका ५६ विद्यार्थी दीक्षित भएका हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकेडेमीका पहिलो र दोस्रो ब्याचका विद्यार्थीलाई संयुक्त रुपमा दीक्षित गराएका हुन्। दीक्षान्त समारोहमा एकेडेमीका अभिनय, निर्देशन, सिनेमाटोेग्राफी र सम्पादन लगायत विभिन्न विधाका विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा अभिनेता भुवन केसी, सरोज खनाल, हरिहर शर्मा, विल्सनविक्रम राई, टीका पहाडी लगायतका कलाकर्मीहरुको समेत उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।