लहान– सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा बिहीबार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
छप्रारीस्थित सडकमा स४प ४३७५ र ज७प १४१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा स४प ४३७५ नम्बरको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घाइते ३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ विसनपुर चोकमा आज ना५ख ४८१७ नम्बरको बसले बा७०प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते चौधरीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।