भैरहवा– गैडहवा गाउँपालिकामा कार र मोटरसाइकल ठेक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
गैडहवा–३ मा ना४२प ८४१२ नम्बरको मोटरसाइकल र बा१९च ४२१ नम्बरको कार ठोक्किँदा गैडहवा–२ का २६ वर्षीय कायर पासी र २७ वर्षीय घिसन पासीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य २ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी कुमुद ढुंगेलका अनुसार दुर्घटनामा परी गैडहवा–२ कै २६ वर्षीय छन्नु पासी र ३६ वर्षीय मोहितलाल पासी घाइते छन्। उनले एउटै मोटरसाइकलमा हेल्मेट नलगाई सवार रहेका ४ जनामध्ये २ जनाको मृत्यु भएको जनाए। घाइतेहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले कारका चालकलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।