थाइल्यान्ड- थाइल्यान्डमा बाढीका कारण विगत दुई सातादेखि गुफामा थुनिएका सबै जनाको उद्धार गरिएको छ।
फुटबल प्रशिक्षणका लागि गएका १२ बालक तथा उनीहरूका प्रशिक्षक अठार दिनदेखि वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए। नौसैनिक स्रोतले दिएको जानकारी अनुसार मंगलबारसम्ममा सबै जनालाई सकुशल उद्धार गरिएको छ। सोमबार ४ जनालाई उद्धार गरिएको थियो।
उद्धारपछि सबैलाई अस्पताल भर्ना गरिएको छ। सबै खतरामुक्त रहेको नौसेनाले जनाएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।