काठमाडौं– निबन्धकार युवराज नयाँघरेको ‘औँला औँलामा अस्ट्रेलिया’ नामक नियात्रा संग्रह सार्वजनिक गरिएको छ।
शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा संस्कृतिविद् सत्यमोहन जोशीले नियात्रा संग्रह विमोचन गरेका हुन्। नयाँघरेले २ महिनाको अष्ट्रेलिया बसाईका क्रममा त्यहाँको शहरी विकास र उन्नति, सुशासनका साथै नेपाली विद्यार्थीको दुखेसो तथा पीडालाई नियात्रा संग्रहमा समावेश गरेको बताए।
निबन्ध र नियात्रामा कलम चलाउँदै आएका नयाँघरेको यो १८औं कृति हो।
३३ वटा शिर्षकमा २ सय ३४ पृष्ठमा लिपिबद्ध भएका नियात्रामार्फत नयाँघरेले समग्र अष्ट्रेलियाको वास्तविकताको साथै नेपाली विद्यार्थीको सिड्नीप्रतिको आकर्षण, त्यहाँ पुगेपछिको जीवनशैली र उनीहरुको नेपालप्रतिको प्रेमलाई पुस्तकमा समेटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।