टोकियो- पश्चिमी जापानको ओशाका सहरमा गएको भूकम्पमा परी ३ जनाको मृत्यु भएको छ। सोमबार बिहान गएको भूकम्पमा परी ओशाका तथा नजिकैका ह्वयोगो र क्योटोमा २ सयभन्दा बढी घाइते भएको विपद् व्यवस्थापन विभागले जनाएको छ। मृतकमा एक ९ वर्षीया बालिका र ८० वर्षीय वृद्ध पनि रहेका छन्।
स्थानीय समयअनुसार बिहान ८ बजे ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको जापानी मेट्रोलोजिकल एजेन्सीले जनाएको छ। दक्षिणी ओशाकामा ठूलो धक्का गए पनि पश्चिमी जापान र क्योटोमा समेत यसको महसुस गरिएको एजेन्सीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।