विश्वकप २०१८ : अर्जेन्टिनाका रेफ्रीले उद्घाटन खेलाउने, ६४ खेलका लागि ३६ रेफ्री

Nepal Live

मस्को– अर्जेन्टिनाका नेस्टर पिटनाले २०१८ विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल सञ्चालन गर्ने भएका छन्।

रसिया र साउदी अरेबियाबीच बिहीबार मस्कोस्थित लुज्निकी रंगशालामा राति पौने ९ बजे उद्घाटन खेल हुँदैछ। सो खेलमा मुख्य रेफ्री नेस्टरसँगै जुवान पोब्लो बेटाली र हेर्मान माइडान सहायक रेफ्रीको भूमिकामा हुनेछन्। यस्तै ब्राजिलका सान्द्रो रिची फोर्थ अफिसियल नियुक्त भएका छन्।

विश्वकपमा पहिलो पटक प्रयोग हुन लागेको भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) टिम पनि उद्घाटन खेलका लागि तय गरिएको छ। जहाँ इटालीका मसिमिलानो इटारी मुख्य रेफ्री हुनेछन्। उनलाई अर्जेन्टिनाका माउरो भिग्लियानो, चिलीका कोर्लोस अस्ट्रोजा र इटालीका ड्यानिली ओस्टारोले साथ दिनेछन्।  

उद्घाटनखेलका मुख्य रेफ्री नेस्टरले दोस्रो पटक विश्वकपका खेल खेलाउन लागेका हुन्। यसअघि उनले सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा पनि खेल खेलाएका थिए। उनले जर्मनी र फ्रान्सबीचको क्वार्टफाइनलसहित चार खेल खेलाएका थिए। त्यसपछि उनले रियो ओलम्पिक २०१६ मा पनि खेल खेलाएका थिए। गत वर्ष रसियामै भएको फिफा केन्फेडेरेसन कपमा पनि उनले जर्मनी र मेक्सिको बीचको सेमिफाइनल खेलेका थिए। 

 यो संस्करणको विश्वकपका ६४ खेलका लागि ३६ रेफ्री र ६३ सहायक रेफ्री नियुक्त भएका छन्। यस्तै भिएआरको दुई समूह पनि विश्वकपमा खटिनेछन्।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार