काठमाडौं– असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘यो पागल मन’को ट्रेलर सार्वजनिक भएको छ।
कल्याण अधिकारीको निर्देशनमा बनेको म्युजिकल लभस्टोरी जनराको फिल्ममा विनोद न्यौपाने र ऋचा सिंह ठकुरीको मुख्य अभिनय छ। साथै, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवर लगायतको अभिनय पनि देख्न पाइनेछ।
विवाह गरेपछि अभिनय यात्राबाट ओझेल परेकी ऋचा केही वर्षको अन्तरालमा यही फिल्मबाट पुनरागमन गर्दै छिन्।
उनले विगतमा 'नाइँ नभन्नु ल', 'म तिम्रो भइसकेँ' लगायत फिल्ममा अभिनय गरेकी थिइन्।
सामीप्यराज तिमल्सिनाको पटकथा रहेको फिल्म शम्भु सापकोटाले छायांकन गरेका हुन् भने अर्जुन पोखरेलको संगीत दिएका छन्।
फिल्मको ट्रेलर-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।