एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली चोटग्रस्ट बनेका छन्। चोटका कारण कोहलीले इंग्ल्यान्डका लागि खेल्ने भनिएको घरेलु क्रिकेट गुमाउने पनि भएका छन्। यसअघि कोहलीले इंग्ल्यान्डको सुरे क्लबबाट घरेलु क्रिकेट खेल्ने तय भएको थियो।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोहली घाइते भएको पुष्टि गरेको हो। कोहलीको नाकमा चोट लागेको जनाइएको छ।
रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान कोहली आइपिएल क्रिकेटका दौरान फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए। उनी सनराइजर्स हैदरावाद विरुद्धको खेलमा घाइते भएका थिए। बिसिसिआईका मेडिकल टिमले कोलहीलाई १५ जुनसम्म आराम गर्न सुझाव दिएका छन्। उनको १५ जुनमा फिटनेट टेस्ट गरिनेछ। फिट रहेमा उनीले इंग्यान्ड र आइरल्यान्ड भ्रमण गर्नेछन्। जहाँ भारतले २७ जुनमा डब्लिनमा पहिलो खेल खेल्नेछ।
भारतले इंग्ल्यान्ड भ्रमणअघि बैंगलुरुमा अफगानिस्तान विरुद्ध टेस्ट खेल्दैछ। खेल १४ जुनमा हुँदैछ। अफगानिस्तान विरुद्धको खेलमा भने कोहलीलाई यसअघि नै आराम दिइएको थियो।
आइपिएलमा कोलहीले बैंग्लोरबाट सवै खेल खेलेका थिए। उनले १४ खेलमा ५ सय ३० रन जोडेका थिए। यद्यपी बैंग्लोर समूह चरणबाटै बाहिरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।