काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक लडाइँ सकेर आर्थिक क्रान्तिमा प्रवेश गरेको बताएका छन्।
विश्व प्रजातान्त्रिक युवा संघको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता, गणतन्त्र लगायतका राजनीतिक एजेन्डा पूरा भएको बताएका हुन्।
नेपालमा प्रजातान्त्रिक तवरले जनपक्षीय संविधान बनेको भन्दै प्रधानमन्त्रीले तीन तहको निर्वाचनपछि नेपाल आर्थिक विकासको गतिमा अगाडि बढेको दाबी गरे। सरकारको नीति तथा कार्यक्रम समयानुकूल आएको दाबी गर्दै उनले यो कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए।
वर्तमान सरकारलाई अत्यधिक बहुमत रहेको बताउँदै ओलीले बहुमतको आधारमा गलत कार्य गर्न छुट भने नरहेको बताए। जनताको अपेक्षा अनुरूप विधिको शासन र भ्रष्टाचाररहित 8 बनाउने दायित्व यो सरकारको काँधमा रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले सामाजिक न्याय, समानता र न्यायका लागि युवाहरुको उद्देश्य हुनुपर्ने औंल्याए।
विशिष्ट अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बोलाइएको भए पनि उनि भने कार्यक्रमममा उपस्थित भएनन्। पूर्व माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका पदाधिकारी भने कार्यक्रममा उपस्थित थिए।
विश्व प्रजातान्त्रिक युवा संघमा कम्युनिस्ट विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मान्ने विश्वका युवा संगठनहरु आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।