एजेन्सी– फिल्म ‘विरे दि वेडिङ’को प्रचारमा खटिएकी करिना कपुरले आफ्नो मनपर्ने त्रिकेटरको नाम खुलासा गरेकी छन्।
कपुरले भारतमा जारी आइपिएल क्रिकेटको फाइनल खेलमा हुन गइरहेको एक विशेष कार्यक्रमको सेट(तयारी स्थल)मा पुगेर आफ्नो रोजाइमा क्रिकेटर विराट कोहली रहेको बताइएकी हुन्।
कार्यक्रमको सेटमा सञ्चारकर्मीहरुलाई जवाफ दिँदै कपुरले विराट कोहली आफुलाई फिट एण्ड हट लाग्ने बताएकी हुन्। अभिनेत्री कपुरले अन्य क्रिकेटर पनि मनपर्ने भएतापनि विराटमा भने सबै गुण रहेको बताइन्।
करिनाको रोजाइ अर्की बलिउड अभिनेत्री अर्थात् विराटकी पत्नी अनुस्कालाई उपहार भएको स्रोतमा उल्लेख गरिएको छ। यता आफ्नो रोजाइले अनुस्कालाई पनि खुसी मिल्ने करिनाको बुझाइ छ।
आमा बनेपछि करिना पहिलोपटक फिल्म ‘विरे दि वेडिङ’का साथ दर्शकमाझ आउँदै छिन्। फिल्म जुन १ मा प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।