काठमाडौं– अनुपविक्रम शाही, वर्षा शिवाकोटी, प्रशान्त ताम्राकार स्टारर फिल्म ‘जय शम्भो’को प्रदर्शन मिति तय भएको छ। फिल्म भदौ १ गतेबाट नेपालभर प्रदर्शनमा आउने भएको हो।
यसअघि साउन १ गतेबाट प्रदर्शन गर्ने भनिए तापनि भदौ १ बाट फिल्म हलहरुमा लाग्नेछ।
फिल्मलाई एफडी कम्पनी र बिके फिल्मसले वितरण गर्ने भएका छन्। फिल्मलाई निर्माता तथा वितरक जयन श्रेष्ठ र गोपाल काजी कायस्थले संयुक्त रुपमा वितरण गर्ने बताए।
फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।