काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण घोषणा समारोहका लागि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा तयारी भइरहेको छ। आज साँझ हुने एकीकरण घोषणाको तयारी भइरहँदा सभागृह परिसरमा दुवै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको भीड लागेको छ।
दुवै दलले पार्टी एकताको लागि छुट्टाछुट्टै बैठक बसेर एकता संयोजन समितिको बैठकको एकता प्रस्तावलाई अनुमोदन गरेपछि दुवै दलको संयुक्त बैठक बालुवाटारमा जारी छ। संयुक्त बैठकपछि पार्टी दर्ताको लागि निर्वाचन आयोगमा जाने र सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ।
हेरौं, सभागृहमा एमाले-माओवादीको पार्टी एकता घोषणाको प्रतीक्षामा बसेकाहरुको भीड:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।