महेश बाबूको फिल्म रिलिजसँगै विशेष तामझाम, दूधले नुहाइयो तस्बिर

Nepal Live

नयाँ दिल्ली (एजेन्सी)- दक्षिण भारतीय सुपरस्टार महेश बाबूको फिल्म रिलिज हुँदा फिल्महरुमा यसको स्वागत विशेष रुपमा गर्ने गरिन्छ। फिल्म 'भारत एएन नेनू' रिलिज भएसँगै इन्टरनेटका सामाजिक सञ्जालमा प्रशंसकहरुले पहिले कहिल्यै नदेखिएका विचित्र हर्कतहरु गरेको देखियो।

फिल्ममा महेश बाबूले राजनीतिक चरित्रमा देखिएका छन्। आफ्नो प्रिय सुपरस्टारलाई प्रभावशाली मुख्यमन्त्रीको अवतारमा हेर्न पहिलो दिनको पहिलो शो मा भारतका हलहरुमा प्रशंसकहरुको ओइरो नै लाग्यो। महेश बाबूप्रति आफ्नो प्रेम देखाउँदै कतिपयले सामाजिक सञ्जालमा 'भारत एएन नेनू' को पहिलो शो को टिकटसँगै आफ्नो तस्बिर पोस्ट गरेका छन्। 

महेश बाबूको फिल्मप्रति आफ्नो लगाव प्रदर्शन गर्ने प्रशंसकसँगै सामाजिक सञ्जालमा बेग्लै लहर नै चलेको देखियो। उनको पूर्णकदको विशाल फोटोलाई प्रशंसकले दूधको धाराले नुहाएको भिडियो पनि सार्वजनिक भएको छ। 

महेश बाबूको विश्वका विभिन्न देशमा रहेका प्रशंसकलाई ध्यानमा राख्दै उनको फिल्म 'भारत एएन नेनू' ४५ वटा देशमा रिलिज गरिएको छ। फिल्ममा महेश बाबू आन्ध्र प्रदेशको मुख्यमन्त्रीको भूमिकामा देखिएका छन्। फिल्मले शनिबार भारतका विभिन्न हलहरुमा तरंग फैलाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार