काठमाडौँ- साहित्य सदन नेपालले २०७४ सालको ‘हृदयचन्द्र स्मृति सम्मान’ आख्यानकार इस्मालीलाई दिने भएको छ।
सदनका उपाध्यक्ष हेमनाथ पौडेलको संयोजकत्वमा विदुर चालिसे, मित्रलाल पंज्ञानी, सीता शर्मा र सीता भट्टराई सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई सदनको कार्यसमितिले अनुमोदन गरेको थियो।
चार दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील इस्मालीका दुई उपन्यास र चार कथासंग्रह लगायत कृति प्रकाशित छन्। हरेक वर्ष दिइने रु १० हजार राशिसहितको सो सम्मान यही बैसाख ८ गते प्रदान गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।