काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ। डिपिएलले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार चैत १७ गते हुने उद्घाटन खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ। लिग चरणमा १५ खेल हुनेछ।
शीर्ष दुई टिम क्वालिफायरमा पुग्नेछन्। तेस्रो र चौथोबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायनर पुग्नेछ। क्वालिफायरका विजेता २ टिमबीच ३० चैतमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने छ।
प्रत्येक टिमले १३–१३ खेलाडी अक्सनमार्फत आफ्नो टिममा भित्राइसकेका छन्। ६ फ्रेन्चाइज टिमले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था छ। अब विदेशी बाहेक अन्य खेलाडी टिममा आवद्ध भएका छन्। विदेशी खेलाडी भित्राउने प्रक्रिया अन्तिम चरणमा पुगेको डिपिएलले जनाएको छ।
प्रतियोगिताका लागि रणनीतिक खेलाडी घोषणा गरिएको थियो। महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यस्तै, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।
प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
खेल तालिका :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।