चिनियाँ प्रधानमन्त्रीलाई ओलीको बधाई

Nepal Live

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनगणतन्त्र चीनको राज्य परिषद्को प्रधानमन्त्रीमा लि खछ्याङ पुनः नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। 

प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षीलाई आज एक बधाई सन्देश पठाउँदै नेपाल र चीनबीचको विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै चिनियाँ प्रधानमन्त्रीको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार