काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई आकर्षक लाभांश दिने भएको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ४२ प्रतिशत बोनस सेयर र करसहित २८ दशमलब ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीले आर्थिक वर्षको २०७३/०७४ को मुनाफाको विद्यमान चुक्ता पुँजीबाट उक्त लाभांश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ। कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनसहित ८८ करोड ३२ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।
लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश बिमा समितिबाट विवरण स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।