काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपाल–भारत सीमावर्ती क्षेत्र धारचुलामा अलपत्र करिब पाँच सय नेपालीलाई भारतले राख्यो क्वारेन्टाइनमा, पौडी खेलेर आउने ३ जनालाई सम्बन्धित पालिकाको जिम्मा लगाइयो । (भारतले राख्यो क्वारेन्टाइनमा)
२) लक डाउनकाबीच उपत्यकाबाट कतिपय मजदूरहरु हिडेरै गाउँ फर्किन थाले, छाक टार्नै मुस्किल भएपछि बनेपाबाट ४ दिनमा काठमाडौं पुगेका मजदूरहरु हिडेरै नेपालगन्ज जाने तयारीमा । (हिडेरै नेपालगञ्ज जाने तयारी)
३) एनसेलले बुझायो दोस्रो किस्तामा ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर, अब सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ कर बुझाउन बाँकी । (एनसेलले बुझायो दोस्रो किस्ता)
४) कोरोना भाइरसका कारण एक वर्ष सारिएको टोकियो ओलम्पिकको मिति तय, सन् २०२१ को जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म आयोजना हुने । ( ओलम्पिकको मिति तय)
५) र, कोरोना संक्रमणपछि विचलित देखिए अमेरिकी राष्ट्रपति ट्रम्प, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाखसम्ममा रोक्न सके त्यो नै राम्रो हुने भनाइ । ( विचलित देखिए ट्रम्प )