complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कालिका लघुवित्तको विवाद उत्कर्षमा : निलम्बित सिइओको निरन्तरता र मर्ज निर्णयले सदस्य असन्तुष्ट

सञ्चालक समिति र सिइओविरुद्ध अख्तियारमा उजुरी
64x64
नेपाल लाइभ बिहीबार, जेठ ९, २०७६  १७:४३
1140x725

काठमाडौं- कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकमा अनियमितताको आरोप लागेका कार्यकारी अधिकृतको निरन्तरता र मर्जर निर्णयले विवाद उत्कर्षमा पुगेको छ। 

विभिन्न प्रकरणमा मुछिएको आरोप लागेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मीन बोहराको कारणले संस्था धरासायी हुने संस्थापक शेयरधनीहरुले चिन्ता व्यक्त गरेका छन्। आर्थिक अपचलन र आचरण विपरीतका कार्य गरेको आरोप लागेका बोहरा पदका लागि उपयुक्त पात्र नभएको उनीहरु बताउँछन्।

गत माघ १९ मा स्याङ्जाको वालिङस्थित (केन्द्रीय कार्यालय रहेको स्थान) होटल भेनसमा भएको नवौं साधारणसभामा सिइओका विषयमा अधिकांश शेरयधनीले आवाज उठाएपछि अनियमितताको छानबिन गर्न तीन सदस्यीय टोली गठन गरिएको थियो। ३५ दिनको कार्यावधि दिइएको समितिले चैत अन्तिममा प्रतिवेदन बुझाएको छ। सञ्चालक समितिको बैठक बसी प्रतिवेदनमाथि छलफल गर्ने बताइए पनि बैठक अहिलेसम्म डाकिएको छैन। 

छानबिन समितिका संयोजक वाई के खनालले साधारणसभामा अनियमितताका विषयबारे सदस्यहरुले जानकारी मागेपछि समिति गठन भएको बताए। ‘क्रिटिकल बेलामा नै साधारणसभाले छानबिन समिति बनाएको हो,’ उनले भने।

साधारणसभाको माग अनुसार छानबिन समिति बनेको खनालले बताए पनि उक्त समितिलाई छानबिन समिति मान्न तयार छैनन्, सञ्चालक समितिका अध्यक्ष कृष्ण खाँण। ‘अनियमितताबारे समिति बनेकै होइन। साधारणसभामा साथीहरुले कुरा उठाउनुभयो,' उनले भने, 'जवाफ दिन त्यस दिन सम्भव नभएकाले समितिमार्फत टुंग्याउन समिति बनाइएको हो।’ 

साधारणसभामा मुख्यतः सिइओ बोहराका विषयमा धेरै प्रश्न उठेको सदस्यहरुले बताएका छन्। संस्थापक सदस्यहरुबाट अनियमितता र आचरण लगायतका विषयमा प्रश्न उठेपछि खाँणले अन्य सदस्यलाई बोल्न रोकेको एक संस्थापक सदस्यले बताए। 

केके विषयमा प्रश्न उठेको थियो त? नेपाल लाइभको प्रश्नमा अध्यक्ष खाँणले अकमकिँदै भने, 'त्यस बेला उठेका विषय भन्न मिल्दैन।’ 

बोहराको बचाउ गर्दै उनले थप भने, ‘आरोप हो, पुष्टि नभई कसरी दोषी ठहर गर्नु?’ 

Ncell 2
Ncell 2
nimb
nimb

खाँणको भनाइलाई ठाडै इन्कार गर्छन्, बैंकका पूर्वअध्यक्ष विष्णुप्रसाद पौडेल। आन्तरिक र बाह्य लेखा परीक्षकले बोहराले आर्थिक अनियमितताको ठहर गरेको उनले बताए। ‘धेरै कुरामा बेरुजु देखियो। त्रुटिहरु सुधार्ने भन्दै सञ्चालक समितिले बोहरालाई पत्र पनि काट्यो। तर, उहाँ सुधार गर्नतिर लाग्नुभएन,' उनले भने, 'राजनीतिक र सामाजिक बल प्रयोग गर्न लाग्नुभयो।’ 

सिइओ बोहरा

लेखा परीक्षणमा एक लाख ६८ हजार रुपैयाँ अनियमिता भएको देखिएपछि बोहराले राष्ट्र बैंकलाई रकम चुक्ता गरेका थिए।

बैंक स्रोतले दिएको जानकारी अनुसार खनाल संयोजक रहेको छानबिन समितिले बोहरालाई अवकाश दिनुपर्ने प्रतिवेदन अध्यक्ष खाँणलाई बुझाएको छ। तर, खाँण प्रतिवेदनप्रति असन्तुष्ट छन्। स्रोतले नेपाल लाइभलाई बताए अनुसार खाँणले छानबिन समितिका संयोजकलाई 'बोहरालाई अवकाश दिनुपर्ने प्रतिवेदन तयार किन गरेको?' भन्दै हप्काएका थिए।

बोहराको नियुक्तिले कालिकाको वित्तीय अवस्था नाजुक भएको एक पक्षको भनाइ छ भने अर्को पक्षले बोहरालाई च्यापिरहेको छ। नेपाली कांग्रेस नजिक रहेका बोहराले नेकपा र कांग्रेस नेताहरुलाई प्रभावमा पारेर पद हत्याएको एक संस्थापक सदस्यले बताए। 'उनको नियुक्ति राजनीतिक नै हो भने हुन्छ,' उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निलम्बनमा परेका थिए बोहरा
बोहरा २०७३ पुसमा प्रमुख कार्यकारी अधिकृत छनोट भएका थिए। तर, उनको नियुक्तिलाई लिएर छनोट समितिमै विवाद परेको थियो। नित्यानन्द तिवारी संयोजक रहेको छनोट समितिका अरु दुई सदस्यले असहमति जनाएका थिए। तत्कालीन समयका सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल पनि बोहराको छनोट प्रक्रियाप्रति खुसी थिएनन्। 

राष्ट्र बैंक र दलका नेताको बलमा बोहरालाई छनोट गरिएको बताइएको छ। बहुमत सदस्य अर्का प्रतिस्पर्धी अशोक आचार्यलाई छनोट गर्ने पक्षमा थिए। तर, कार्यकारी अधिकृतमा बोहरालाई कायम राख्न राजनीतिक दबाब नपरेको वर्तमान सञ्चालक समितिका अध्यक्ष खाँण दाबी गर्छन्।

संस्थामा विवाद बढ्दै गएपछि तत्कालीन अध्यक्ष पौडेल र बोहरा टाढिएका थिए। नक्कली भ्याट बिल, वैकल्पिक कर्मचारी भर्ना, आर्थिक अपारदर्शिता, सामान खरिदमा अनियमितताका विषयमा मतान्तर बढेपछि गत असोज ७ मा पौडेलले राजीनामा दिएका थिए। 

असोज २५ मा सञ्चालक समितिले बोहरालाई निलम्बन गरी शिवराज जोशीलाई सहायक कार्यकारी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पियो। तर, बोहराको निलम्बन एक महिना पनि टिक्न सकेन। उनको निलम्बन कात्तिक १५ मै फुकुवा गरियो। सुशासन नराखेको भन्दै निलम्बन गरिएका बोहरालाई सञ्चालक समितिका बहुमत सदस्यले नै फुकुवा गर्ने निर्णय गरे। 

बोहरालाई निलम्बन गरी जोशीलाई जिम्मेवारी सुम्पिएको पत्र

निलम्बनपछि अवकाश दिनका लागि डाकिएको बैठकको समय स्मरण गर्दै पौडेलले भने, ‘साथीहरुले अवकाश नदिने भन्नुभयो। जसले निलम्बन गर्नेमा सही गरे, उनैले निलम्बन फुकुवामा सही गरेका छन्। बाह्य प्रभाव त यसमै देखिन्छ।’ पौडेलले राजीनामा दिइसकेपछि अन्तरिमकालका लागि वासु पौडेललाई सञ्चालक समितिको अध्यक्ष बनाइएको थियो।

स्पष्टीकरण सोध्ने र पुनः बहाली गर्ने कार्य अघिल्लो सञ्चालक समितिले गरेको भन्दै खाँणले आफ्नो बचाउ गरे। कर्मचारी भर्ना, खरिद प्रक्रिया, बिल भर्पाइ लगायतका अनियमितताको आरोपमा खाँणले प्रमुख अधिकृत बोहरा शतप्रतिशत निष्कलंक रहेको दाबी गरे।

मर्जको निर्णयले विवाद झनै बढ्यो
पछिल्लो समय आर्थिक अवस्था कमजोर रहेको भनिएको अर्को वित्तीय संस्थासँग कालिका मर्ज हुने भएपछि यसका संस्थापक सदस्यबीच मतान्तर बढेको छ। 

विभिन्न जिल्लामा ७० वटा शाखा रहेको कालिका र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच मर्ज हुन लागेको छ। १० जिल्लामा कार्यक्षेत्र रहेको जनसेवीसँग मर्ज प्रक्रियाप्रति सदस्यबीच नै असन्तुष्टि बढेको हो। दुई वित्तीय संस्थाबीच एक अनुपात एक रेसियो हुने गरी मर्ज गर्न लागिएको छ। 

कालिकाबाट कारबाहीमा परेर जनसेवीमा गएका कार्यकारी अधिकृत रहेको वित्तीय संस्थालाई नै मर्ज गर्न लागिएको भन्दै सदस्यहरुले आपत्ति जनाएका हुन्। कालिकाका तत्कालीन व्यवस्थापक कमल खत्रीलाई सञ्चालक समितिले बर्खास्त गरेको थियो। उनी हाल जनसेवीको कार्यकारी अधिकृत छन्। उनैलाई डेपुटी अधिकृत बनाउने गरी कालिकामा ल्याउन लागिएको स्रोतको भनाइ छ। 

सिइओविरुद्ध अख्तियारमा उजुरी
कालिकाका सिइओ बोहराले आर्थिक अनिमितता गरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ। सञ्चालक समिति र सिइओलाई विपक्षी बनाई संस्थापक सेयरधनीहरुले उजुरी दिएका हुन्।

करार कर्मचारीलाई बढी पारिश्रमिक देखाई रकम आफै बुझ्ने गरेको, नक्कली ऋणी बनाई संस्थाको रकम दुरुपयोग, कार्यालयलाई सामान खरिद गरेको शीर्षकमा नक्कली बिल पेस गरेको आरोप बोहरामाथि लगाइएको छ। 

फर्जी बिल​​​​

लगानीकर्ताको तर्फबाट अख्तियारलाई लेखिएको तीन पानाको उजुरी नेपाल लाइभलाई प्राप्त भएको छ। सिइओ  बोहराको नियुक्ति प्रचलित प्रावधानभन्दा बाहिर रहेर गरिएको उक्त उजुरीमा उल्लेख छ। ‘बोहराले पदीय दुरुपयोग गरी राष्ट्र बैंकबाट स्वीकृत आर्थिक प्रशासन नियमावली र नेपाल सरकारको कानुनविपरीत आर्थिक अनियमिता गरेका छन,' उजुरीका भनिएको छ। 

बोहराले वित्तीय संस्था, जलविद्युत आयोजनामा लगानी र अन्य प्रयोजनाका लागि रकम सापटी लिई चुक्ता गर्न आलटाल गरेको एक महिलाले बताएकी छन्। उनको अडियो नेपाल लाइभसँग सुरक्षित छ।

कालिकाको निर्देशक समितिमा खाँणसहित नित्यानन्द तिवारी, कृष्णकाजी केसी, सन्तोष श्रेष्ठ, वासु पौडेल, करुणा पोखरेल, अनुराग वाग्ले र शिवराम जोशी छन्। नयाँ अध्यक्ष बनेका खाँण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका नेता हुन्।

वित्तीय संस्था सुरु भएको पाँच वर्षसम्म लाभांश वितरण नगरेको संस्थाले पौडेल प्रवेश गरेपछि ६५ र २१ प्रतिशत शेयरधनीलाई लाभांश वितरण गरेको थियो। गत माघमा ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको थियो। 

कालिकाको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्