• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२ Mon, May 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ
आमा : एउटा गीतको कथा
64x64
नेपाल लाइभ शनिबार, वैशाख २१, २०७६  १५:३०
1140x725

‘पिर नगर! सपना राम्रा देख्या छन्। बाँदको छिहिरोले झलमल्ल चम्केका भगवानका मूर्तिलाई हरहर पार्‍या छन्। यसपालि भने पक्कै पास हुन्छस्।’ 

२०६१ सालको साउन महिनामा पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रवेश परीक्षा दिएर घर पुगेको थिएँ। अघिल्लो वर्ष पनि सोही प्रवेशिका परीक्षा दिएको नाम निस्केको थिएन। एक वर्ष कुरेर दिएको परीक्षा पनि सोचेजस्तो भएन।

त्यहाँमाथि इन्जिनियर पढ्ने धुनमा त्रि-चन्द्र क्याम्पसमा बिएस्सी भर्ना भएर पनि पढ्न गइनँ। बेलाबेला अनिश्चित भविष्य सम्झँदा ढक्क मुटु फुल्थ्यो। दुई वर्षअगाडि बाबाको मिर्गाैला प्रत्यारोपणमा परिवारको सबैजसो चलअचल सम्पत्ति सकिएको थियो। 

पुल्चोक क्याम्पसमा स्कलरसिप पाउनुबाहेक कुनै अर्को बाटोले मेरा सपनाहरू पूरा हुँदैनन् भन्ने तनाबबीच निकै दुःख गरेर पढेको थिएँ। तैपनि प्रतिस्पर्धीको क्षमतामा पनि भर पर्ने नतिजा! रिजल्ट आउनु अगाडिका मेरा स्वभाविक तनावका लक्षणहरूलाई आमाले अनुमान गर्न नसक्ने कुरै थिएन। मलाई दैनिकजसो सपना राम्रा देख्या छन् भनेर आश्वस्त पार्न खोज्नुहुन्थ्यो। 

सागर ज्ञवाली

दसैं आउन त्यस्तै १५/२० दिन अगाडि मेरो नाममा ट्रङ्कल (फोन) आएको समाचार घरमा आयो। त्यतिबेला पूर्वी गुल्मीका १० वटा जति गाविसको पायक पर्ने पूर्तिघाट बजारमा एउटा एसटिडी फोन थियो। भर्खर जोडिएको त्यो फोनमा फोन गर्न र रिसिभ गर्न मान्छेहरूको लाइन हुन्थ्यो।

देश-विदेशबाट फोन गरेर आफ्ना मान्छेलाई एउटा निश्चित समयमा त्यहाँ उपस्थित हुन लगाउँथे। बजार गएका मान्छेमार्फत् त्यो समाचार गाउँ पुग्थ्यो। बिहान समाचार पाएको म हुत्तिएर दिउँसै बजार पुगेँ। मेरो साथी पुन्टेले फोन गरेको रहेछ। डराइडराइ उसको घरबेटीको नम्बर डायल गर्न लगाएँ। 

एक छिनमा रिसिभरमा पुन्टेको जोसिलो आवाज आयो, ‘बधाई छ, टपरे। नाम निकालिस्।’ म उज्यालिएँ। तैपनि विश्वास नलागेर फेरि सोधेँ, ‘मेरै नाम हुने अर्को मान्छे पो हो कि?’ 

पुन्टेले झन् जोसिएर भन्यो, ‘ह्या! हामी सबैको नाम निस्केको छ। तुरुन्त काठमाडौं हिँड्। भर्ना हुने म्याद थोरै छ।’ 

Ncell 2
Ncell 2

तत्काल आमालाई सम्झेँ, ‘आमाले देखेको सपना पो त! फरक पर्ने कुरै छैन नि!'     

इन्जिनियरिङ प्रवेश परीक्षामा राम्रै नतिजा ल्याएर क्याम्पस छिरेको ‘होनाहार विद्यार्थी’ म एकाएक तेस्रो सेमेस्टरमा फेल भएँ।

वास्तवमा तीव्र प्रतिस्पर्धाको लहडमा मैले धैर्यता नै गुमाइसकेको थिएँ। एउटै विषय सम्झन कैयौं पटक पढ्नुपर्थ्यो।

तैपनि टुक्राटाक्री मात्र सम्झना हुन्थ्यो। सधैं कक्षामा प्रथम भएको घमन्ड पुल्चोक क्याम्पसका सुरुकै दिनहरूमा चिप्लिएर थला परेको थियो। 

हारेको मानसिकता लिएर होस्टेल र क्याम्पस गर्थें। क्रमशः आत्मबल कमजोर भएपछि भगवानको पूजा आराधना गर्न मन लाग्दो रहेछ। कहिलेकाहीँ अँध्यारोमा होस्टलको छतमा गएर अरुले नदेख्ने गरी आँसु पुछ्थेँ। 

तिनताकै एकदिन आमाको ट्रङ्कल आयो, ‘तँलाई सञ्चो छैन र बाबु? सपना राम्रा देखिनँ।’ 

यी त केही प्रतिनिधि उदारहण भए। यस बीचमा घर छोडेर सहर पसेको पनि दुई दशक पुग्न लागिसकेछन्। यो दौरानमा जिन्दगीका धेरै संर्घषमा भिडेँ होला। धेरै उपलब्धि पनि पाइयो होला। कति कुरा घरमा भनिन्छ, कति भनिन्न। तर भेट हुँदा आमाले भन्नुहुन्छ, ‘सपना यस्ता देख्या थिएँ, के भएको हो र? ’

हामी चार सन्तानका जिन्दगीमा आमाको सपनाको आफ्नै मूल्य छ। गाउँमा एसएलसी पास गराउने र सहर पठाउने क्रममा म बाबा-आमाको अन्तिम सन्तान थिएँ। घरदेखि टाढा टाढा रहेका आफ्ना छोराछोरीको जिन्दगीमा के चल्दै छ? भनेर आमाले राति सुत्दा देख्ने सपनाबाट नै अनुमान लगाउनु हुन्थ्यो। अचम्म के भने आजसम्म पनि ती सपनाहरूका केही न केही अर्थ भेटिन्छ। 

म विज्ञान पढेको मान्छे। भौतिक संसारका घटनाहरूलाई कुनै प्रविधि प्रयोग नगरी मान्छेले थाहा पाउँछ भन्नलाई मसँग कुनै प्रमाण छैन। तरपनि मलाई सधैं एउटा प्रश्नले घोचिरहन्छ, 'आमाले हाम्रा दुःखसुखबारे अनुमान गर्ने गरी कसरी सपना देख्नुहुन्छ?'

सायद यो राम्ररी परिभाषित नभएको अनौठो भावनात्मक संचारको माध्यम हो। जुन आमा र आफ्ना सन्तानलाई विधाताले जन्मँदै जोडेर पठाएका हुन्छन्। 

यतिका वर्ष काठमाडौं र यसले घुमाएको यात्रामा दौडिरहँदा घर जाने समय भनेको दसैंमा मात्र टुंगो लाग्थ्यो। 

पूर्वी गुल्मीको विकट गाउँ भएपनि घर जाने भन्नेबित्तिकै संसारकै सबैभन्दा सुन्दर ठाउँमा जान लागेजस्तो भावना आउँछन्। सबैभन्दा ठुलो कुरा आमा भएको ठाउँमा जानेबेला हुन्छ। त्यसैले पो त्यो घर हुन्छ। आमा नभएको घर के घर हुन्छ र? घर जति सानो वा भव्य होस, त्यसको आत्मा भनेको आमा नै हुन्। 

मलाई निकै पहिलेदेखि नै आफ्नै आमाबारे केही लेख्न मन थियो।

तीन वर्षअघि संगीतकार गैरे सुरेसले त्यस्तै रहर पोखे, ‘मलाई हाम्री आमालाई सम्झेर गहिरो संगीत गर्न मन छ।’ 

म केही बोलिनँ। तर, धेरै दिनसम्म गैरे सुरेशका भनाइहरूले छोइरह्यो। किनभने हामी एउटै भूगोल र समुदायबाट प्रतिनिधित्व गर्थ्यौं। हाम्रा आमाहरूका कथा एउटै थिए। अनुभव उस्तै थिए। 

हामीसँग कैयौंपटक आमाले मेलामा जाँदा आफ्नो भागमा परेको खाजाको रोटी पटुकीमा बाँधेर ल्याएर खान दिएका सम्झना थिए। बिरामी हुँदा घन्टौं परका गाउँमा उनीहरूको पिठ्युँमा बसेर ज्योतिषकोमा लगेका अनुभव थिए।

हामी दुवैसँग काठमाडौंमा पढ्न बस्दा आमाले बाख्रा बेचेर पठाएका पैसाले घरभाडा तिरेका कथा थिए। 

एक दिन बाइकमा हिँड्दा एउटा लाइन फुर्यो। साँझपख गैरे सुरेश मेसेज गरेँ। 

'खै कसरी सुन्छिन् मलाई दुख्छ यहाँ, त्यहाँ उनी रुन्छिन्, 
म जहाँ भए नि, घर त त्यहीँ हो, जहाँ मेरी आमा हुन्छिन्।'

तत्काल गैरे सुरेशको रिप्लाइ आयो, ‘यो गीतलाई तुरुन्त कम्प्लिट गरेर भोलि साँझ मलाई भेट्नु।’ 

इन्जिनियरिङ क्याम्पस छिर्दा सोझासाझा देखिने मेरा धेरै केटा साथीहरूको पढाइ सकिँदासम्म बाँकी जीन्दगीमा गरिखाने सर्टिफिकेट मात्र थिएन, सँगै गर्लफ्रेन्ड पनि बनिसकेका थिए।

उस्तै उस्तै उमेर समूहमा प्रेम गर्नेहरूलाई तुरुन्त बिहे गर्ने प्रेसर थियो। मेरा रुम पार्टनर थिए- रामु। जसले इन्जिनियरिङ सकिँदाको वर्ष नै बिहे गर्ने हिम्मत गरे। त्यही अवसरमा बुटवलको एउटा पार्टी प्यालेसको आँखा रसाउने सम्झनाले म अहिले पनि भावुक हुन्छु। 

भव्य पार्टी प्यालेसमा हामी सयौं जन्ती र निम्तालुले मन परेका परिकार खाइरहँदा एउटी ‘मगन्ते महिला′ ढोकामा बसेर टुलुटुलु हेर्दै थिइन्। स्वभाविक झुत्रे थिइन्। दु:खका पहाड चढ्दा चढ्दै उनका आँखा गहिरिएका थिए।

 मैले धेरै बेर उनलाई नियालिरहें। मानिसको अनुहारको भावले पनि मान्छेको मनोकांक्षा बताइरहेकोे हुन्छ। उनलाई हेरेरै मैले यत्ति भन्न सक्थेँ, ‘कसैले खानेकुरा दिए हुन्थ्यो भन्ने चाहन्छिन्। तर, आफैंले तत्काल खाइहालुँ भन्ने हतारो छैन।’ 

उनलाई तत्काल कुर्सीमा बसालेर एक पेट मज्जाले खुवाउने मन थियो मलाई। फेरि तथाकथित इज्जतको अङ्कुसले पछाडि तान्यो, ‘धत्! जन्ती भएर माइतीले दिएको पार्टीमा माग्नेलाई खान बसाउने?’

छ्या! मान्छे मान्छेको बीचमा मान्छेले यस्तो अमानवीय पर्खाल खडा गरेको छ, त्यो पनि इज्जतको नाममा। निकैबेर आँखा जुधेपछि मैले हिम्मत गरेर उनको छेउ पुगें, ‘दिदी! आउनुस्, खाना खाऔं।’ 

उनले भनिन्, ‘बरु लैजान पाए हुन्थो।’ 

मैले प्लाष्टिकको झोला खोजें। भए जति खानेकुरा त्यसैमा एकपछि अर्को गरी थपेँ। कसैले दख्छ कि भनेर हतारहतार उनलाई थमाएँ। 

उनले भनिन्, ‘मेरा दुई जना बच्चा छन्। बिरामी छन्। भोकै पालभित्र छन्। पहाडमा पहिरोले घरबारी बगाएर यहाँ आएको।’

उनी यति भन्दै फटाफट पछाडि फर्केर बाटो लागिन्। म अवाक् बनेर हेरिरहें। 

बिहे सकिएर काठमाडौं फर्कँदा मैले बाटोभरि तिनै दिदीलाई सम्झिरहें। भोक त उनलाई पनि थियो होला। मैले थप अर्को प्लाष्टिकमा पनि खाना दिन सक्थेँ होला। ती बच्चाहरूले भरे बेलुकी के खालान्? दिदी आफूले के खाएर छाक टारिन् होला? बच्चाहरूको पेट भर्न  बिचरी भोकै हिँडिन्! मनमा यस्तै तर्कनाहरू खेलिरहे।

गैरे सुरेशलाई गीतको 'स्थायी' पठाएको साँझ मैले एउटा अन्तरा पनि पठाएँ। जसको गर्भमा बुटवलमा भेटिएकी तिनै दिदी थिइन्।

'मेरो पेट भर्न, आँत न्यानो गर्न, भोकै रहने बरु कष्ट सहने, 
सदा मेरा खुसीहरूमा निःस्वार्थ मुस्कुराउने मेरी प्रिय जननी, 
आफू रमाएरै दुःखको सागरमा, मेरै प्रगतिको सपना बुन्छिन्, 
खै कसरी सुन्छिन्?'

इन्जिनियरिङ सकेपछिका केही वर्ष म र केही साथी रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनसँग काम गर्‍यौं।

गुल्मीका धेरै गाविसमा सबैभन्दा पहिले इन्टरनेट पुर्‍याउने हामी थियौं। यद्यपि, त्यसलाई दिर्घकालीन रुपमा चलाउन सकिएन। त्यसको पछुतो आज पनि छ। 

हामी इन्टरनेटमार्फत् समाजको कायापलट गर्ने योजना बोकेर बस्तीबस्ती पुग्थ्यौं। इन्टरनेटसँगै  इ-लाइब्रेरी, इ-लर्निङ, इ-फार्मिङ, टेलिमेडिसिन आदि गाउँहरूमा पुग्नेछ। यी आधुनिक चेतनाले गाउँ फेरिन कति बेर लाग्छ र? यस्तै सोच्थ्यौं।

म्याग्दी जिल्लाको मोहरेबाट फालेको इन्टरनेट वाइफाई तरङ्गलाई लुम्पेकमा छोपेर गुल्मीमा पुर्याएका थियौं। त्यसको लागि डाँडोमा टावर बनाउन रुद्रबेनीबाट उकालो चड्दै थियौं। रुद्रबेनी करिब करिब गुल्मीको सबैभन्दा होचो भू-भाग हो भने लुम्पेक गुल्मीको दोश्रो अग्लो डाँडो।

भर्खर डोजरले खनेर बनाएको बाटोमा बेला बेला जिप कुद्थे।  तर, हामोलाइ मौका जुरेन। त्यो भीमकाय पहाड पैतालाले नाप्दै उक्लँदै गर्दा एउटी दिदी भेटिइन्। 

परिवारलाई खाने कुराको जोहो गर्न बेसी झरिरहेकी थिइन्। पिठ्युँभरि मकैको बोरा थियो। पैतालामा चप्पल थिएनन्। नाङ्गो पैतालाले हिँड्दा हिँड्दा पैतालाको छेउ फुटेका थिएँ। छाला बाक्लो र बलियो थियो। उनको पछाडि एउटा १० वर्षको बच्चा पनि सानो सानो बोराको भारी बोकेर नै आमालाइ पछ्याउँदै थियो।

'जेठो छोरो पैसा कमाउछु सानैमा बम्बै गएको थियो। वर्ष दिनसम्म पनि कहाँ छ? के गर्छ? भन्ने खबर नै भएन। पछि पो खबर आयो, इनारमा खसेर बित्यो भनेर।' 

कस्तो भए होला बरा!

ती दिदीले बरबर्ती आँसु झारिरहिन्। मसँग सम्झाउन पनि कुनै शब्द थिएनन्। 

'हामी सार्की थरी हौं। सानो सानो बारीबाहेक गरी खाने जिमिन छैन। मेरो छोरो हँसिलो थियो, फुर्तीफार्ती थियो। यत्ति चाँडै नजा भनेको टेरेन।'

धेरै बेरसम्म दिदी नथामिएपछि म पनि निःशब्द भएँ। दुई वर्षअघिको घटना पलपलमा सम्झना आउँथ्यो र दिदीलाई रुवाएर जान्थ्यो। 

त्यही भावलाई गीतमा समेट्ने प्रयास गरेँ। 

ममताको यो करुणामयी दृश्य म जीवनभर भुल्न सक्दिनँ। 
मैले यो गीत लेखिरहदा कैयौं पल्ट यी दुस्खी आमालाई सम्झिरहें। 

क्रमशः समय बढेर धेरै अगाडि गयो। मेरो आफ्नै सानोतिनो परिचय बन्दै गयो। हुँदा हुँदा यो सारा दुनियाँ नै मेरो अन्जुलीभरिको हो भन्ने सम्मको जोस आउँछ। तर, पनि आमाले भने सधैं उस्तै कुरा गर्नुहुन्छ। 

‘खान दु:ख नकाटे। सञ्चो बिसन्चोको ख्याल गरेस्।’

मेरा कतिपय साथीहरू छन्। जसले लामो समयसम्म आमाको काखको न्यानो अनुभुति गर्न पाएनन्। उनीहरूसँग आफ्नी आमाले फैलाएका अमूल्य प्यारका हातहरूका धमिला सम्झनाहरू छन्। भौतिक रुपमा यो संसारमा आमा नभए पनि उनका सपनाहरू यथार्थ बनाउन संघषरत छन्। 

मेरा धेरै साथी देश बाहिर छन्। उनीहरू भन्छन्, ‘आफ्नो घर सम्झँदा सबैले सबैभन्दा पहिले सम्झने त आमा नै हो।' 

आमा गीतको दास्रो अन्तरा गैरे सुरेश र म दुई जना मिलेर यिनै भावना समेट्न खोजेका हौं। 

'जति दुर हुँ म, अनुभुत हुन्छन, उनकै मायाका तिनै रङ्गहरू, 
उनि सङ्गै नभए पनि म बाँच्छु लिएर उनकै खुसी उमङ्गहरू, 
थाहा छैन केही उनी मेरै लागि किन यति धेरै पिर लिन्छिन्? 
खै कसरी सुन्छिन्?' 

गैरे सुरेशसँग हार्मोनियममा बसेर धुन निकाल्दा होस् वा सचिन सिंहसँग बाजाहरूको संयोजन गर्दा होस् कि त स्वरुपराज दाइको जादुमयी स्वरमा गीत रेकर्ड गर्ने समय होस्, हामी सधैं भावुक बनिरह्यौं।

त्यहाँ पिठ्युमा बच्चा बोकेर गिट्टी कुट्ने आमाहरूलाई सम्झियौं। 

त्यहाँ सडकको हृदयम पाइपभित्र बस्ने थलो बनाएर स्कुल जान हिँडेकी छोरीलाई टाई लगाइरहेकी आमालाई सम्झियौं। हामीले प्रसव वेदनापछि जन्मिएको बच्चा देखेर मुहारभरि गुलाब फुलाएकी आमाको चर्चा गर्यौ।

जीवनका विभिन्न मोडहरूमा भेटिएका आमाहरूका त्याग र समर्पणले गहिरो जीवनबोध गराउँछन्। लाग्छ, कुची चलाउन जान्दथे भने यी दृश्यहरूलाई मैले कति जीवन्त बनाउँथे होला? 

तर, पनि मैले यी महान् आत्माहरूलाई समर्पण गरेर एउटा गीत बनाएँ। यसैमा सानोतिनो सन्तोष छ।

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य
गर्मी बढेसँगै सर्पको बिगबिगी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य आइतबार, वैशाख २८, २०८२
गर्मी बढेसँगै सर्पको बिगबिगी आइतबार, वैशाख २८, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
युक्रेनलाई सिधा वार्ताको लागि रुसी राष्ट्रपति पुटिनको आह्वान आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्