• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

गढदेखि घाटसम्म

64x64
नेपाल लाइभ शनिबार, वैशाख २१, २०७६  ०६:१५
1140x725

मलाई अल्छी लाग्छ। अल्छी लाग्नु हामी अल्छीहरूका निमित्त ठूलो समस्याका रुपमा देखा परेको छ। अल्छीहरूलाई थप सहयोग होस् भन्ने धारणाले चतुर्श्लोकी रामायणजस्तो दुई वाक्य लेखासय यहींनेर छोड्दछु-
‘एउटा दिनको पछिल्लो उमेरमा म नारायणगढ बजार निस्कन्छु। नारायणी किनार पुग्छु। मेला घुम्छु दिनेशसँग र रात बाक्लो भइनसक्दै फेरि देवघाट फर्किन्छु।’

यति पढ्नुभएकोमा अल्छीहरूलाई विशेष धन्यवाद। बाँकी जान्न कौतुहल जागेमा तलसम्म पनि पुग्नुहोला।

000

निरन्तर आउने जानेलाई हेरिरहेको समयले खडा गरेको बुढो पालेजस्तो, नदी छेउमा उभिएको उस्तै बुढो बकुल्लाजस्तो, सुस्साइरहेको नदीको चर्को अशान्तिपनलाई देखेर आफूले आजसम्म शान्त बनाउन नसकेकोमा खेद गरिरहेझैं, साँझको पहेंलो घामले पहेंलोपनलाई अझ गाढा बनाउँदा जन्डिसले खुब ग्रस्त छ कि झैं, माध्यमिक, योगाचार, सौत्त्रान्तिक र वैभाषिक चारै जनालाई पढाउने समय भइसक्दा पनि दिक्षित हुन नसकेकोमा यस्तै केही सोचेर बसिरहेजस्तो, हरेक क्यामेराले आँखा झिम्क्याउँदा पनि वास्ता नगरेजस्तो, नयाँ ‘पोज’ दिन कहिल्यै नजान्ने मान्छेजस्तो सधैं एउटै पोजमा फोटा खिचाइरहेको, राम्रा-राम्रा जोडा देख्दा आफ्नो एक्लोपनलाई उपेक्षा गरिरहेको, रानीपोखरीमा बल्छी थापेर उभिएको घन्टाघरजस्तो झोक्राएको तर समयलाई बेवास्ता गरिरहेको म नारायणी किनारस्थित बुद्धको मूर्ति अगाडि एकछिन उभिएपछि दिनेश आइपुग्छ।

केही पाइला हिँडेर घुमन्तेहरुका पैतालाले टेकिँदा आफ्नो हरियोपन गुमाएको दुबोको सुकेको रङलाई ग्रहण गरेको एक चपरी जमिनमाथि हामी बस्छौं। चोकमा किनेको एक पोलिथिन बदाम फोक्दा नफोक्दै कसैले एकअर्काका हात समातेका, कोही हात समात्ने आँट नपुगेर आफ्नो साहसमा शंका गरिरहेका, कोही दीर्घ हाँसो हाँसेर यताउताको नजर तान्न सफल भएका धेरै जोडाहरु हाम्रो आँखाबाट ओझेल पर्छन्। लगत्तै एक समूह युवती कलेजको ड्रेसमा किनारको उत्तरतर्फबाट आफ्नै लामा-लामा छायालाई एउटा वजनविहीन सामान घिसारेजस्तै हामीतिरै आइपुग्छन्। एकअर्कामा खासखुस गरिरहेको आवाज चर्को हुँदै जान्छ। दिनेशले सुनिँदो पाराले आवाज निकाल्छ- 'यतामाथि नदी किनारमा कता रहेछ कलेज? सबै उतैबाट ड्रेसमा आइरहेछन् त!'

केही थान कलेज ड्रेसकर्मी हाँस्दै आँखाबाट टाढा पुग्छन्। आखिर यो सब कामकै लागि न हो, यसकारण म आफैं पनि कर्मी लाग्छ। 

नदीको पल्लो किनारमा महोत्सव चलिरहेछ। चर्को-चर्को आवाज निकाल्दै बगिरहेको नारायणी किनार पनि सजीव बनेको छ। सायद नारायणी नदी महोत्सवमा घन्किएको आवाज सित्तैमा हामीमाझ आएको रुचाउँदैन। रत जोड-जोडले सुस्साउँदै बगिरहेछ। आफ्नै आँगनमा महोत्सव हुन दिएकोले पनि उ आयोजक हो र उ पनि टिकटको पक्षमा उभिएको, ए साँच्चै बगिरहेको छ।

धेरै दिन भइसक्यो महोत्सव लागेको, तर म अझै गएको छैन। दिनेश धेरैपटक गइसक्यो। दिदीहरू पनि गइसकेछन्। मलाई नमज्जा लागेर आयो। कसैले ‘हिँड् जाम्’ सम्म पनि भनेनन्। म भित्रभित्रै अर्कै कोही नभएजस्तो महसुस गरेर बस्छु।

Ncell 2
Ncell 2
nimb
nimb

घाम रातो अनुहार बनाएर नारायणी पुलमुनि डुब्नै आँट्यो। एकछिनमा डुब्यो पनि। मैले यो सब हेरि बसें। लाग्यो- अस्ताउन बहुत सजिलो छ। यहीँ नारायणी पुलमुनि अस्ताउन सकिँदो रहेछ। उदाउनका लागि त यस्ता नारायणी पुल हजार तर्नुपर्छ होला। तर, म त मैन न हुँ। कसैलाई अँध्यारो भए म उदाउन सक्छु। कसैलाई निद्रा लागे म अस्ताउन पनि सक्छु। नभए म रातभर उदाइरहन सक्छु, कोही रातभर निदाइरहन पनि सक्छ।
मैले आवाज निकालेर घाम निभेको भागतिर हेरेर भन्छु- 'साथीहरूले चितवन, नवलपरासीलगायत जिल्लाका सबै युवती र आधा जति त ‘आइमाई’लाई पनि महोत्सव घुमाइसके। तर, मलाई ‘हिँड् जाम्’ सम्म पनि भनेनन्। साँच्चिकै एक्लो छु यार म!'

नारायणी पुलमुनि घामपछि अब अस्ताउने गुण दिनेशको अनुहारमा छल्कियो। निमेषभरमै दिनेशको अनुहारमा घाम अस्ताउँछ। मलाई हेरिरहन्छ एकछिन र भन्छ, ‘हिँड महोत्सव जाम्। यो उमेरमा पनि महोत्सव जान म नै चाहिनुपर्ने तँलाई। साच्चिकै एक्लो रैछस् तँ।’

चार जोर जति खुट्टाहरू बाटोमा हिंडिरहेका तमाम खुट्टाहरूलाई बाटो दिँदै आफूले पनि त्यही बाटोको किनारै-किनार नारायणी पुलमाथि पुगिसक्छन्। नारायणी एउटा डरलाग्दो आवाजका साथमा छिटो-छिटो बग्नमा आतुर रहेको महसुस हुन्छ। मैले दिनेशलाई जिस्क्याउने उद्देश्य राखेर भन्छु, ‘तँलाई कस्तो-कस्तो लागेको छैन?’

दिनेश - किन?

Xtrem

Xtrem

म - सँधै केटीसँग हिँड्ने गरेको तँ, आज मसँग हिँडिरहेको छस् नि त।

उ रिसाउन सक्दैन किनकी उ मेरो साथी दिनेश हो। उ नरिसाइरहन पनि सक्दैन, उ पनि मान्छे हो। सायद उ आफूलाई कुनै द्वन्द्वमा राखिरहेछ। यो समयमा उसले हरेक शब्द अड्कलेर मात्रै बोल्नुपर्नेछ। म उसका हर कुनै शब्द टिपेर होच्याउन सक्छु, हर कुनै शब्दलाई बेवास्ता गरिदिन सक्छु।

भारी ट्रकको आगमनले पुल एक झोक्का चितवनतिर हल्लिँदै जान्छ। ट्रक चितवन पुग्नु र हामी नवलपरासी पुग्नु सायद संयोग मात्रै न थियो होला। सडकबाट थोरै ओराला सिँढी खोज्दै पैतला तलतल जान्छन्।

भिडले कुल्चेर बाटोलाई पैतालाको अभ्यस्त बनाइरहेको छ। साँझ राम्रोसँग पर्न चाहन्छ। बिस्तारै अँध्यारो बाक्लिँदै जान खोज्छ। जसलाई कसैले रोक्न सक्दैन र छिटो-छिटो जान्छ। सायद जान्छ र मान्छेहरू रोक्न खोज्दैनन्।

महोत्सवको प्रवेशद्वार नजिकै पुगिसक्छन् हाम्रा खुट्टा र टक्क उभिन्छन्। दिनेशले अगाडि फर्किएकै अवस्थामा टाउको पछाडि घुमाउँछ, हेर्छ र गएर टिकट लिएर आउँछ। भित्र जानेहरूको भन्दा बहुत धेरै भिड छ बाहिरिनेहरूको। टिकट लिइसकेपछि द्वारमा पुग्छौं हामी। जहाँ सयाैं टिकटहरू च्यातिएर जमिनको छातीमा लटरम्म फलेजस्ता देखिएका छन्।

नारायणी किनारबाट आइरहेको सुस्त हावाको गतिले एउटा टिकटको आधा टुक्रा उडाएर अलिक पर लैजान्छ, जहाँ पहिलेदेखि नै अर्को आधा टुक्रा छ। खोइ कुन्नी कस्तो एउटा चित्र कोरिन्छ त्यहाँनेर, म अर्थ बुझ्न सक्दिनँ। टिकटको टुक्रा उडाउने हावाले चिसोपन मेरो हृदयमा लगेर छोडिदिन्छ।

दिनेशले ‘छ‍ोरो आइजा’ भनिसकेपछि झस्किन्छु। उ भित्र छिरिसकेछ। उसको हातको टिकट द्वारमा उभिएको व्यक्तिले च्यातिसकेछ। म अलिक छिटो हिँडेर उसलाई भेट्टाउँछु। महोत्सवका स्टलहरू सुरु हुन्छन्। एउटा कपडाको पसल अगाडि उभिरहेकी युवतीलाई सोध्छ दिनेशले, ‘महोत्सव लागेको कहाँ हो नि?’ युवती हाँस्छे। हामी पनि हाँस्दै अगाडि बढ्छौं।

मन नलागेरै प्रत्येक स्टल अगाडिबाट हाम्रा पैताला हिंड्छन्। एउटा पट्यारलाग्दो फेरो बाटो घुमेर हामी मञ्च अगाडि पुग्छौं। शिव परियारले मञ्चबाट ‘हातमाथि’ भनिरहेका छन्। मञ्चअघि आवालवृद्धवनिताले हात माथिमाथ मच्चाउँदै अझ स्वादमा बेपत्ताले नाचिरहेछन्। मनोरञ्जन र खेलका साधन बन्द भइसकेछन्। सायद बन्द नभएको हुन्थे भने म दिनेशलाई बाल उद्दानतर्फ देखाउँदै भन्थें होला, ‘चर्खेपिङजस्तो तेजले घुमिरहेको समयलाई, समयले हरेक मान्छेलाई माथि पुराएर उस्तै गतिमा तल झारेको कुरा, मुटु हातमा समातेर गरेका जिन्दगीका यात्रा।’

ब्रेकडान्स चलिरहेको हुन्थ्यो भनें भन्ने थिएँ, ‘जीवन कता जान्छ, कता घुम्छ थाहा हुँदैन, जिन्दगीले कहाँ पुर्‍याउँछ, समयको छालले कुन बगरमा हुत्याइदिन्छ भनेर।’

'थ्री सिक्स्टी गेम' चलिरहेको हुन्थ्यो भने बुझाइदिने थिएँ, ‘माथि पुर्‍याएर कसरी तल फर्काएर कहालिलाग्दो अवस्थामा छोड्छन् आफ्नाले!’

मिक्किमाउस खेलिरहेका हुन्थे भने बच्चाहरू, म सजिलै देखाउनसक्ने थिएँ उसलाई कि कोही कसरी उफ्रिरहेछ मुटुमा।

सायद निष्कर्ष वाक्य यहि हुन्थ्यो होला- जिन्दगी गेम हो। हारजितको पाटो एकातिर, मनोरञ्जनको पाटो एकातिर। तर, यसका लागि साहस जरुरी छ।

000

त,

कति साहस हुन्छ मान्छेमा है। ममा भने एक टुक्रा साहस पनि रहेनछ। एक वर्ष जति पहिले हो क्यारे। एउटी मान्छेले प्रेम प्रस्ताव राख्छे मसँग। म झसङ्ग हुन्छु। म हाँस्छु मात्रै। केही समयपछि उही मान्छे बिहेको प्रस्ताव राख्छे। यो बेला त म हाँस्न पनि सक्दिनँ। फेरि केही समयमै उसैले बिहेमा बोलाउँछे पनि। थाहा छैन अब उसले ‘भान्जाको भात ख्वाइमा आउनु’ भन्छे भन्दिनँ। तर, म उसको साहसदेखि भयभित छु। बिहे गर्नु पनि त आफैंमा साहसको कुरा हो नि।

यता मेरो कोठाको ह्याङ्गरमा वर्षौंदेखि झुन्ड्याएको पुरानो कोट जो कसैको शरीरमा नझुन्डिएको धेरै भो, जस्तो जिन्दगी टक्टक्याउँदा पनि एक कण साहस उडेन।

हो एक कण साहस पनि उडेन।

...तर

एकदिन उडेरै आएको खामभित्र एउटा बिहेको कार्ड देखा पर्छ माधव दाजुका अघि। निमन्त्रणा उही मान्छेले पठाएकी थिई जसको बिहे थियो। जसलाई माधव दाजुले बेपत्तासँग प्रेम गर्थे। म अभ्यस्तकालिक क्रिया प्रयोग गर्छु। यस्तो बेला खोइ के गर्नुपर्छ, गर्छन्, त्यो माधव दाजैले आफैं जानुन्। पछि दाजु बिहेमा पनि गए। म सोच्दिनँ माधव दाजुका अगाडि आकाश खस्यो खसेन भनेर। यदि खसेको भए आफूलाई कसरी होसमा राखे होलान्। कसरी देखा मात्रै पर्न सके होलान् मण्डपको छेउछाउ। मलाई दाजुको साहस देखेर आज पनि कहाली लाग्छ।

मलाई थाहा छैन त्यहाँ के बित्यो र के बितेन। यत्ति थाहा छ साँझ दाजुका कोठामा पुग्दा सुदेव दाजुले भनिरहेका थिए, ‘माधव जत्ति राम्रो त रहेनछ उ।’ एउटा ख्याउटे हाँसो हाँसेका थिए दाजु, जुन हाँसो अनुहारमा जबर्जस्ती टाँसेजस्तो देखिएको थियो। मान्छेले चित्त बुझाउने अनेक उपाय खोज्छ। स-साना प्वाल खोजेर बस्छ। तर, कहिलेकाहीं त बहुत अफ्ठेरो पर्छ चित्त बुझाउन। हर कुनै कुरा देखाउँदा पनि मान्दैन चित्तले।

आत्महत्यारुपी मार्गको धमिलो निकास यहीँनेरबाट देखिन सुरु गर्छ होला सायद।

जति हाँस्ने प्रयास गरे पनि आँखाका चेपबाट पीडाले नियालिरहेको थियो। मैले चुपचाप हेरिरहेको थिएँ अनुहारमा बत्ती निभेको। दुई भोका मान्छेले एकअर्काको भोक बुझे पनि भोक मेटाउन भने सक्दारहेनछन्। म चुपचाप हेरिरहेको थिएँ दाजुको अनुहारमा। मलाई कुन्नि के भएछ र सोधिमागेछु, ‘कस्तो भो बिहे?’

अघिनैबाट निभ्न आँटेको दियोजस्तो दाजुको अनुहार झ्याप्प निभ्छ।

000

अकस्मात बत्ति जानाले मञ्चमा शिव परियारले ‘हातमाथि हातमाथि’ भन्न रोकिन्छ। नाचिरहेका पनि रोकिन्छन्। अँध्यारो बाक्लो भएर देखापर्छ अकस्मात। सायद महोत्सवको झिलिमिलिले सब गायब थियो अघि। मलाई घडी हेर्ने फुर्सद नि पुग्दैन। म हतारिँदै भन्छु, ‘हिँड्, निस्कौं अब। मलाई देवघाट पुग्नुछ।’

हामी प्रवेशद्वार नपुग्दै बिजुली आइपुग्छ। एउटा ठूलो होहल्लाले बातावरणलाई सजीव तुल्याउँछ। हामी हिँडेको बाटोलाई पछि छोड्दै पुल कटेर 'ब्रिज क्याफे'निर आइपुग्छौं।

ब्रिज क्याफे हाम्रो एउटा गन्तव्य जस्तो भइसकेको छ। उसले कति छिट्टै एउटा परिचय बनाइसकेको छ। ‘ब्रिज क्याफेमा छु’ भनिसकेपछि अर्को कुनै ‘लोकेसन’ दिनु नपर्ने भइसकेको छ हामीलाई पनि। त्यो क्याफेमा सुरुमा म क्याफे मालिकले लगाएको माला देखेर गएको थिएँ, जुन माला ओशोको थियो।

स्वामीहरूसँग हात मिलाए लगत्तै हामी छुट्टिन्छौं त्यहाँबाट पनि। मलाई जसरी हुन्छ देवघाट पुग्नुछ कोठामा। दिनेशले आफ्नो कोठामा लैजान सक्दो प्रयास गर्छ। सक्दैन। म म्याजिक चढ्छु। आँपटारी झर्छु। बस भेट्ने कुनै सम्भावना बाँकी थिएन। म यस्सै बाटो छेउमा उभिन्छु। हिँडेर जान मसँग साहस छैन। केही समय पहिले बागेश्वरीनिरको जङ्गलमा भेटिएको बाघले त्यो साहस पुछपाछ पारेर, अझ भनौं निथारेर खोसेको थियो मबाट।

साढे आठ बजेतिर एउटा बाइक आउँछ। म रोक्न संकेत गर्दै हात उठाउँछु। एउटा जवान केटोले बाइक रोक्छ। जो कोही मान्छे जङ्गलको बाटो रातिको समयमा लिफ्ट दिन मान्दैनन्। खतरा हुनसक्छ। उसले रोक्छ। म बाइकको पछाडि बस्छु। बाइक गुड्छ।

म त्रसित मानसिकताले ग्रसित हुन्छु। बीच जङ्गलमा लगेर केही गरिहाल्यो भनें? खल्ती छाम्छु। एउटा मोबाइल छ। साथमा दुई सय जति रुपैयाँ पनि होला। ‘लगे यत्ति त लैजाला’ सोच्छु। फेरि सोच्छु ‘एक थान जिन्दगी छ। पुरानो नोटजस्तो कच्याककुचुक पारेर बाटो छेउबाट तल फालिदियो भनें?’

जङ्गलको बीचमा बाइकले झ्याप्प ब्रेक लगाएपछि त मेरो मुटु निस्केर बाटो पारी पुग्छ। कति छिट्टै आमालाई सम्झिसकेछु मैले त। सधैं ‘हेट यू’ लेख्थें। आज ‘लभ यू’ लेख्नु पर्दोरहेछ उसलाई। अन्तिम रहेछ। म सोचिसक्छु। अगाडिबाट बाटो काटेर मृग जोडसँग माथितिर लाग्छ। माथि पुग्ने बेलासम्म उसका खुट्टाले टेक्दा भूइँमा झरेका रुखका सुकेका पातहरुको खस्र्याकखुस्रुक आवाज आइरहन्छ। बिस्तारै बाइक गुड्छ।

मुटु बाटो पारीबाट यथास्थितिमा आएर बस्छ। केही समयमै देवघाट बसपार्क ओर्लिन्छु म। र धन्यवादको अनुवादस्वरुप हात जोडेर नमस्ते गर्छु। उ बाइकबाट ओर्लेर डोर्‍याएर पुल कट्छ। मैले नाम पनि सोधेनछु उसको। अँध्यारो थियो अनुहार पनि प्रष्ट देखिएन।

यस्तै हुन्छन् कुनै यात्रा। कोसँग यात्रा गरियो पनि थाहा हुँदैन।

000

देवघाटको झोलुङ्गे पुल मस्तसँग सुतेको छ। उसका वारिपारी अंगरक्षकजस्ता दुई ठूला खम्बा खडा छन्, जसले पुललाई मस्तसँग निदाउन निर्वाध सहयोग गरेका छन्। अजङ्गको छ पुल। दुई/चार जना मात्रै हिँड्दा त पुलले थाहा पनि पाउँदैन। सय/डेढ सय जना हिंडे भने मात्रै हल्लिन्छ अलिकति। सुतिरहेको मान्छे अर्को कुना फर्केर सुतेजस्तो मात्रै हुन्छ त्यो हल्लाई पनि।

थाहा छैन कति पटक तरें यो पुल। लेखाजोखा राख्ने कुरा पनि भएन। तर, धेरै सम्झना भइरहने कुराहरू गाँसिएका छन् यो पुलसँग। पहिलोपटक डराइडराई पुल तरेकोदेखि लिएर अघि दिउँसो बजार जाँदा एउटी युवतीसँग ठोक्किएकोसम्म। त्यो युवतीले कस्तो मजाले ‘ओ सरी’ भनेकी थिई। जुन आवाजले मलाई एकपटक जबर्जस्ती पछाडि फर्किएर उसलाई हेर्न बाध्य तुल्याएको थियो।

फडिन्द्र गुरुजीले ‘देवघाटबाट जाँदा केही सिकेर जाओ, आफूलाई केही बनाएर जाओ। नत्र यहाँ पढाइ सकिएपछि आश्रम छोडेर जाँदा पुलमा पुगेर अब कहाँ जाने होला भनेर सोच्नुपर्ला च्यापुमा हात राखेर’ भनेको बहुत सम्झिन्छु। केवल सम्झिन्छु मात्रै। अझै केही हुन सकेको छैन। दिनेशसँग झरी परिरहेको समयमा छाता ओढेर अबेर राति पुलको बीच भागमा बसेको सम्झिन्छु। नवराज दाजुसँग साँझपख पुलको बीच भागमा आउने-जानेलाई पूर्ण बेवास्ता गर्दै पलेँटी कसेर ध्यान गरेको सम्झिन्छु।

सम्झिन्छु हतारमा हिंडिरहदा छेउको तारमा अल्छेर कमिज च्यातिएको। सम्झिन्छु पुल तरिरहँदा हावाले धोती माथि-माथि उडाउन खोज्दा अगाडि आइरहेकी युवती देखेर अनुहारमा लाज फलेको। सम्झिएर भावुक हुन्छु। भावुक भएर फेरि सम्झिन्छु।

000

आजकल पुलको बीच भागमा एउटा थप ताल्चा झुन्डिएको छ। पहिले दुई वटा स-साना ताल्चा मसिनो लठ्ठाको हातमा आफ्नो हात अड्काएर अग्लो केटो र होची केटी ‘डेटिङ’ बसिरहेजस्तो बसिरहेका थिए। आजकल थप नयाँ ताल्चा लगाइएको छ। कसले किन लगायो होला ताल्चा त्यहाँ म एक सिरेठो चिसो सोचिबस्छु।

पुल तरेर उकालो सिँढीहरू चढ्न थाल्छु म। अकस्मात छाती फुलेर आउँछ। कुन्नी किन मलाई ती सिँढी उक्लिन यस्तो विधि धौ लाग्छ। कुन दिन यी सिँढी चढ्दा-चढ्दै पुक्लुक्क ढल्छु म।

लामो-लामो श्वास तानेर आश्रमको द्वारनिर पुग्छु। थोरै गेट खोलेर हेर्छु भित्र। उस्तो डराइहाल्नु पर्ने कोही मान्छे देख्दिनँ। सरासर कोठामा पुगेर लुगा फेर्छु। छोटो गम्छा बेर्छु। बिजुली रहेनछ। चिसोको खोजीमा बार्दलीमा निस्किएर बाटोतिर हेरिबस्छु।

बाटोमा कसैको पाइतला घिस्रिरहेको आवाज आउँछ। अँध्यारो हुनाले मान्छे देख्दिनँ। एकछिनमा मान्छे रोकिन्छ बाटोमा। उता तल उकालोबाट मोटरसाइकल आउनाले मोटरसाइकलको उज्यालो माथि-माथि रेखाजस्तो बनाएर चलायमान देखिन्छ। छिट्टै मोटरसाइकल सिधा बाटोमा आइपुग्छ र उज्यालो लमतन्न सुतेको बाटोभरि पोखिन्छ। बाटोमा मान्छे उभिरहेकै छ।

मोटरसाइकल नजिक-नजिक आउनाले उसको छाँया लामो-लामो बनेर बाटोमा तेर्सिन्छ। म देख्छु त्यो मान्छेले पिसाब फेरिरहेको छ। बिना संकोच उ यतिबेला आफ्नै छाँयामा पिसाब फेरिरहेछ। मोटरसाइकलको ह्वारररर आवाज आउँछ। मोटरसाइकल मान्छेलाई छोडेर अगाडि जान्छ। त्यत्तिकैमा मान्छेको छाँया पनि झ्याप्प निभ्छ। फेरि एकछिनमा पैतलाका आवाजले बाटोको मौनतालाई च्यात्छन्।

अँध्यारो भने अझै सकुशल रहिरहन्छ अबेरसम्म।

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्