• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पलेँटीमा धुनसहित ब्युँतियो छन्द

64x64
नेपाल लाइभ शनिबार, वैशाख १४, २०७६  १४:०६
1140x725

काठमाडौं- छन्द कविताले पछिल्लो समय सान्दर्भिकता गुमाउँदै गएको चर्चा चलिरहेकै बेला त्यसलाई गलत ठहर गर्नेगरि नयाँ पुस्ताबाटै यसको प्रखर अभिव्यक्ति प्रकट भएको छ।

आधुनिक नेपाली संगीतको पुनः उत्खनन र चर्चा गर्ने उद्देश्यका साथ डेढ दसकअघि सुरु भएको ‘पलेँटी श्रृंखला'ले आफ्नो परिचयमै शुक्रबार नयाँ आयाम थप्दै छन्द कवितामा स्वयंलाई प्रस्तुत गरेको छ। कार्यक्रममा भूषिता वशिष्ठको छन्दवाचनलाई पलेँटी संयोजक आभाषले टिमको सहयोगसहित धुनबाट सिँगारेका थिए।

लयात्मक माधुर्य र लालित्य समेटेको नेपाली छन्द कवितालाई यस विधाको अभ्यास गर्ने पारिवारिक विरासत बोकेकी भूषिताले गाएर सुनाएकी थिइन्।

कार्यक्रमको प्रारम्भमै भूषिताले उनको हुर्काइमा आमा, बुवा र फुपुले घरमा प्रयोग गर्ने छन्द कविता कसरि मिसिन पुगेको थियो भन्ने जानकारी दिएकी थिइन्। लगत्तै एकपछि अर्को विभिन्न छन्द अनि रसमा तयार भएका लयात्मक कविताहरु सुनाउँदै गर्दा भूषिताले कुनै बखत नेपाली साहित्यको मेरुदण्ड नै मानिने छन्दको पुनर्जागरण संकेत दिँदै गइन्।

शार्दूलविक्रिडित छन्दमा पं. जगन्नाथ उपाध्यायको ‘गुण रत्नमाला’बाट सुरु गरेकी भूषिताले त्यसै छन्दमा आदिकवि भानुभक्त आचार्यले तयार पारेका ‘वधु शिक्षा’ पनि सुनाइन्।

बधु शिक्षामा बुहारीलाई दासीको रुपमा प्रस्तुत गरिनुलाई व्यंग्य गर्दै सुनाएकी भूषिताले समय र सामाजिक चेतका हिसाबले आदिकवि भन्दा बेग्लै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भने उनको ‘एक सुन्दरी वेश्याप्रति’ कविताबाट अर्थ लगाएकी थिइन्। यो कविता भने पञ्चचामर छन्दमा थियो।

‘छोरी मानिस हाँस्नुलाई आदिकविले वधु शिक्षामा वेश्याको विशेषण दिएका थिए,’ भूषिताले भनिन्, ‘जबकि महाकविले चाहिँ वास्तविक हाँसो आफूले केवल वेश्यामा मात्र पाएको बताएर उही भनाइलाई फरक मोड दिए।’

Ncell 2
Ncell 2
nimb
nimb

भूषिता घरि शास्त्रमा प्रवेश गरेर रावणले तयार पारेको शिवताण्डव सुनाउँथिन् भने घरि आफूलाई प्रभाव पारेका छन्द कवि जयदेवको रचनाका किताब पल्टाउँथिन्।

उनले स्रग्धरा, तोटक, हरि गीता, स्रग्विणी, मन्दाक्रान्ता, भूजंगप्रयात, रथयोद्धतासमेत गरेर नौवटा फरक छन्द छनौट गरेकी थिइन्। त्यसलाई फरक फरक रसहरु समेतले अर्थ्याउँदै १७ वटा रचना प्रस्तुत गरिएको थियो।

अदिकवि र महाकविबाहेक उनले कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, भिमनिधि तिवारी र बालकृष्ण समका चर्चित शब्दहरुलाई लयका साथ सुनाएकी थिइन्।

Xtrem

Xtrem

कार्यक्रममा उनले आफ्ना शिक्षक पिता भरतमणि भट्टराइको पटकपटक सम्झना गरेकी थिइन्। छोरीको हुर्काइमा अनेक मोडहरु आउँदा पिता भट्टराइले छन्द कविताकै माध्यमबाट उनलाई डोर्‍याउँदै लगेका सम्झनाहरुले बाबुछोरीबीच सम्बन्धको मिठो जोड प्रस्तुत गरेको थियो। भूषिताले किशोरवयमा टेक्दै गर्दाको अनुभूतिलाई उतिबेलै आफैंले छन्दमा पंक्तिबद्ध गरेकी रहिछन्। 

उनले त्यो सिर्जना ‘रजनी’पनि सुनाएकी थिइन्।

पत्रकारिता र हालसालै रंगमञ्चमा समेत आफूलाई उभ्याएर चर्चित भएकी भूषिताको यो नयाँ परिचयबाट पनि श्रोता/दर्शक मुग्ध हुन पुगे।

‘असाध्यै कर्णप्रिय लाग्यो,’ भूषिताकै पुस्ताका पत्रकार तथा लेखक लेनिन बन्जाडेको प्रतिक्रिया थियो, ‘छन्दका कविता संगीतमा बगेपछि जादु हुँदोरहेछ।’

आभाष र नेपालयसँगको संयोग जुरेपछि छन्द कविता प्रस्तुत गर्ने मञ्च पाएको उल्लेख गर्ने भूषिता यसलाई अभियानकै रुपमा लैजाने तत्काल कुनै योजना भने नरहेको सुनाउँछिन्।

‘छन्द कविता सुषुप्त भएको अवस्थामा यो हरायो भन्ने हल्ला चलिदियो,’ कार्यक्रमपछि अंग्रेजी साहित्यकी विद्यार्थी भूषिताले भनिन्, ‘छन्द हराउँदैन यसले नयाँ पुस्तामा आफूलाई ब्यूँताउछ भन्ने सन्देश दिन सफल भएकोमा खुशी लागेको छ।’

भूषिताका अनुसार अंग्रेजीमा रहेका आयंबिक र डायक्टल मिटरजस्तै नेपाली कवितामा पनि गति, ताल र लयकारीको उतार चढाव बोकेका विभिन्न छन्द र मात्रा छन्।

पुस्तकका पानामा मात्र सीमित राखेर छन्दको सौन्दर्य नखुल्ने संगीतकार आभाषको धारणा छ। ‘यो विधालाई भाका दिएर गाउन लगाउँदा सहजै प्रसारित हुनसक्छ,’ उनी भन्छन्, ‘मौलिक गायन परम्पराको अभिलेख राख्न तत्पर पलेँटीले त्यही प्रयास यसपटक गरेको हो।’ आभाषले ‘नेपाली संगीतको विकास साहित्यसँगको समागमबाटै सम्भव छ’ भन्ने गायक नारायणगोपालको धारणासमेत कार्यक्रममा स्मरण गरेका थिए।

पलेँटीका नियमित दर्शक र यस कार्यक्रमलाई छन्दसँग जोड्न खोज्ने दिवंगत नेपाली भाषासेवी कमलमणि दीक्षितको सम्झना पनि त्यस अवसरमा गरिएको थियो।

छन्दमा आधारित पलेँटीको यो प्रस्तुती शनिबार र आइतबार पनि जारी रहनेछ। सिट सुरक्षित गर्न चाहनेहरुका निम्ति पलेँटीको सामाजिक सञ्जाललगायत, नेपालय र थुप्रै डट कमले अनलाइनबाटै र टेलिफोनबाट समेत टिकट वितरणको बन्दोबस्त मिलाएको छ।

फोटो: अविरा श्रेष्ठ/नेपालय

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्