• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
पलेँटीमा धुनसहित ब्युँतियो छन्द
64x64
नेपाल लाइभ शनिबार, वैशाख १४, २०७६  १४:०६
1140x725

काठमाडौं- छन्द कविताले पछिल्लो समय सान्दर्भिकता गुमाउँदै गएको चर्चा चलिरहेकै बेला त्यसलाई गलत ठहर गर्नेगरि नयाँ पुस्ताबाटै यसको प्रखर अभिव्यक्ति प्रकट भएको छ।

आधुनिक नेपाली संगीतको पुनः उत्खनन र चर्चा गर्ने उद्देश्यका साथ डेढ दसकअघि सुरु भएको ‘पलेँटी श्रृंखला'ले आफ्नो परिचयमै शुक्रबार नयाँ आयाम थप्दै छन्द कवितामा स्वयंलाई प्रस्तुत गरेको छ। कार्यक्रममा भूषिता वशिष्ठको छन्दवाचनलाई पलेँटी संयोजक आभाषले टिमको सहयोगसहित धुनबाट सिँगारेका थिए।

लयात्मक माधुर्य र लालित्य समेटेको नेपाली छन्द कवितालाई यस विधाको अभ्यास गर्ने पारिवारिक विरासत बोकेकी भूषिताले गाएर सुनाएकी थिइन्।

कार्यक्रमको प्रारम्भमै भूषिताले उनको हुर्काइमा आमा, बुवा र फुपुले घरमा प्रयोग गर्ने छन्द कविता कसरि मिसिन पुगेको थियो भन्ने जानकारी दिएकी थिइन्। लगत्तै एकपछि अर्को विभिन्न छन्द अनि रसमा तयार भएका लयात्मक कविताहरु सुनाउँदै गर्दा भूषिताले कुनै बखत नेपाली साहित्यको मेरुदण्ड नै मानिने छन्दको पुनर्जागरण संकेत दिँदै गइन्।

शार्दूलविक्रिडित छन्दमा पं. जगन्नाथ उपाध्यायको ‘गुण रत्नमाला’बाट सुरु गरेकी भूषिताले त्यसै छन्दमा आदिकवि भानुभक्त आचार्यले तयार पारेका ‘वधु शिक्षा’ पनि सुनाइन्।

बधु शिक्षामा बुहारीलाई दासीको रुपमा प्रस्तुत गरिनुलाई व्यंग्य गर्दै सुनाएकी भूषिताले समय र सामाजिक चेतका हिसाबले आदिकवि भन्दा बेग्लै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भने उनको ‘एक सुन्दरी वेश्याप्रति’ कविताबाट अर्थ लगाएकी थिइन्। यो कविता भने पञ्चचामर छन्दमा थियो।

‘छोरी मानिस हाँस्नुलाई आदिकविले वधु शिक्षामा वेश्याको विशेषण दिएका थिए,’ भूषिताले भनिन्, ‘जबकि महाकविले चाहिँ वास्तविक हाँसो आफूले केवल वेश्यामा मात्र पाएको बताएर उही भनाइलाई फरक मोड दिए।’

भूषिता घरि शास्त्रमा प्रवेश गरेर रावणले तयार पारेको शिवताण्डव सुनाउँथिन् भने घरि आफूलाई प्रभाव पारेका छन्द कवि जयदेवको रचनाका किताब पल्टाउँथिन्।

उनले स्रग्धरा, तोटक, हरि गीता, स्रग्विणी, मन्दाक्रान्ता, भूजंगप्रयात, रथयोद्धतासमेत गरेर नौवटा फरक छन्द छनौट गरेकी थिइन्। त्यसलाई फरक फरक रसहरु समेतले अर्थ्याउँदै १७ वटा रचना प्रस्तुत गरिएको थियो।

अदिकवि र महाकविबाहेक उनले कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, भिमनिधि तिवारी र बालकृष्ण समका चर्चित शब्दहरुलाई लयका साथ सुनाएकी थिइन्।

कार्यक्रममा उनले आफ्ना शिक्षक पिता भरतमणि भट्टराइको पटकपटक सम्झना गरेकी थिइन्। छोरीको हुर्काइमा अनेक मोडहरु आउँदा पिता भट्टराइले छन्द कविताकै माध्यमबाट उनलाई डोर्‍याउँदै लगेका सम्झनाहरुले बाबुछोरीबीच सम्बन्धको मिठो जोड प्रस्तुत गरेको थियो। भूषिताले किशोरवयमा टेक्दै गर्दाको अनुभूतिलाई उतिबेलै आफैंले छन्दमा पंक्तिबद्ध गरेकी रहिछन्। 

उनले त्यो सिर्जना ‘रजनी’पनि सुनाएकी थिइन्।

पत्रकारिता र हालसालै रंगमञ्चमा समेत आफूलाई उभ्याएर चर्चित भएकी भूषिताको यो नयाँ परिचयबाट पनि श्रोता/दर्शक मुग्ध हुन पुगे।

‘असाध्यै कर्णप्रिय लाग्यो,’ भूषिताकै पुस्ताका पत्रकार तथा लेखक लेनिन बन्जाडेको प्रतिक्रिया थियो, ‘छन्दका कविता संगीतमा बगेपछि जादु हुँदोरहेछ।’

आभाष र नेपालयसँगको संयोग जुरेपछि छन्द कविता प्रस्तुत गर्ने मञ्च पाएको उल्लेख गर्ने भूषिता यसलाई अभियानकै रुपमा लैजाने तत्काल कुनै योजना भने नरहेको सुनाउँछिन्।

‘छन्द कविता सुषुप्त भएको अवस्थामा यो हरायो भन्ने हल्ला चलिदियो,’ कार्यक्रमपछि अंग्रेजी साहित्यकी विद्यार्थी भूषिताले भनिन्, ‘छन्द हराउँदैन यसले नयाँ पुस्तामा आफूलाई ब्यूँताउछ भन्ने सन्देश दिन सफल भएकोमा खुशी लागेको छ।’

भूषिताका अनुसार अंग्रेजीमा रहेका आयंबिक र डायक्टल मिटरजस्तै नेपाली कवितामा पनि गति, ताल र लयकारीको उतार चढाव बोकेका विभिन्न छन्द र मात्रा छन्।

पुस्तकका पानामा मात्र सीमित राखेर छन्दको सौन्दर्य नखुल्ने संगीतकार आभाषको धारणा छ। ‘यो विधालाई भाका दिएर गाउन लगाउँदा सहजै प्रसारित हुनसक्छ,’ उनी भन्छन्, ‘मौलिक गायन परम्पराको अभिलेख राख्न तत्पर पलेँटीले त्यही प्रयास यसपटक गरेको हो।’ आभाषले ‘नेपाली संगीतको विकास साहित्यसँगको समागमबाटै सम्भव छ’ भन्ने गायक नारायणगोपालको धारणासमेत कार्यक्रममा स्मरण गरेका थिए।

पलेँटीका नियमित दर्शक र यस कार्यक्रमलाई छन्दसँग जोड्न खोज्ने दिवंगत नेपाली भाषासेवी कमलमणि दीक्षितको सम्झना पनि त्यस अवसरमा गरिएको थियो।

छन्दमा आधारित पलेँटीको यो प्रस्तुती शनिबार र आइतबार पनि जारी रहनेछ। सिट सुरक्षित गर्न चाहनेहरुका निम्ति पलेँटीको सामाजिक सञ्जाललगायत, नेपालय र थुप्रै डट कमले अनलाइनबाटै र टेलिफोनबाट समेत टिकट वितरणको बन्दोबस्त मिलाएको छ।

फोटो: अविरा श्रेष्ठ/नेपालय

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्