• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'नेपाल भ्रमण वर्ष'मा चिनियाँ चासो

64x64
नेपाल लाइभ शनिबार, वैशाख ७, २०७६  ०६:३२
1140x725

नानीदेखि लागेको बानी छुटाउन साह्रै गाह्रो हुने रहेछ। जति छुटाउन खोजेपनि नहुने। कार्यक्रम स्थलमा पुग्दा १५ मिनेट ढिलै भएको थियो। त्यहीँमाथि भवनको हल पत्ता नलागेर एकछिन त विश्वविद्यालयको चक्कर लगाइयो। 

बेइजिङ फरेन ल्यांग्वेज स्टडिजमा नेपाली दूतावासले गत मार्च २५ मा ‘नेपाल चाइना रिलेसन’ नामक कार्यक्रमको आयोजना गरेको थियो। ‘नेपाल भ्रमण वर्ष-२०२० मा सबै चिनियाँलाई स्वागत छ’, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले कार्यक्रममा आफ्नो प्रस्तुति अघि बढाए।

कार्यक्रममा चिनियाँ र नेपाली युवायुवतीजम्मा भएका थिए। कार्यक्रममा उनले नेपाल र चीनको सम्बन्ध वर्षौं पुरानो भएको, अरनिको र भृकुटीले गर्दा नेपालको नाम चम्काएको जस्ता कुराहरू भन्न छुटाएनन्।चिनियाँहरूलाई नेपालको बारेमा बुझाउन, नेपाल कस्तो देश हो भन्ने बुझाउन, नेपालको संस्कृति देखाउन नेपाल सम्बन्धित फोटोहरू कार्यक्रमहलको वरिपरि सजाइएका पनि थिए। 

नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएको थियो। नेपाल-चीन सम्बन्धमा मन्जुश्री, स्रङचङ गम्पो र भृकुटी, अरनिको र कुब्लाखाँन आदिदेखि लिएर नेपालका पूर्व राजा तथा प्रधानमन्त्रीहरूसँगका भेटघाट भ्रमणहरू इतिहासका प्रमाण हुन्।

चीन र नेपालको सम्बन्ध सदियौं पुरानो हो। भृकुटीले तिब्बतका राजा गम्पोसँग विवाह गरेपछि अझै प्रगाढ भयो। उतिखेर पनि नेपाल नुनदेखि सुनसम्म तिब्बतसँग नै भर पर्नुपर्थ्यो। भृकुटी बौद्ध धर्ममा आस्था राख्ने हुनाले बिहेपछि उनले दक्ष नेवारी कालिगडहरूलाई तिब्बत लगेर बुद्धमूर्तिहरू बनाउन लगाइन्। हाल तिब्बतको पोतला दरबारमा उनका पालामा निर्मित मूर्तिहरू संग्रहित छ।चीनका मञ्जुश्रीले पनि चोभारको पानी निकास गरी काठमान्डौंमा बस्ती बसालेको किम्वदन्ती अझै पनि सुन्न सकिन्छ। यसबाट पनि नेपाल र चीनको सम्बन्धको गहिराइ नाप्न सकिन्छ।

कतिपय चिनियाँ नेताहरूले नेपालको भ्रमण गरेका छन् र नेपालका राजा र प्रधानमन्त्रीले पनि चीन भ्रमण गरेका छन्। चीनका प्रणेता माओत्सेतुङले ‘मेरो मित्र नेपाल र नेपाली जनता चिनियाँका मित्र हुन्’ भनेका थिए।

कार्यक्रममा चीनका लागि नेपाली राजदूतले च्वीयुङक्यानस्थित ग्रेटवालमा रहेको नेपाली रन्जना लिपिको फोटो, चीनमा भेटघाट गरेका नेपाली नेताहरूको तस्बिर प्रस्तुत गरे। चीनमा भएका नेपाली कालीगडले बनाएका सम्पदाहरूको पनि चर्चा गरे। यस्तो कार्यक्रममा आयोजना गरेकोमा चिनियाँ विद्यार्थीहरू खुसी व्यक्त गर्दै नेपालबारे अझै जान्न उत्सुक भए।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल विश्वमा पर्यटनका लागि उपयुक्त १० देशमध्ये एक हो। नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यहाँ विश्वकै ठूला-ठूला हिमालहरू अवस्थित छन्। पर्वतारोहण र साहसिक पर्यटन र वातावरणीय पर्यटन मुख्य आकर्षण हो। गौतम बुद्धको जन्मठाउँ लुम्बिनी विश्व सम्पदा सूचीमा पनि संगृहीत छ, जहाँ बौद्ध धर्मावलम्बीहरू आउने गर्दछन्।

सरकारले ‘नेपाल भ्रमण वर्ष’को तयारीका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। आउँदो २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य बोकेको छ। यसअघि पनि सन् १९९८ मा ५ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल’ र सन् २०११ मा १० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाएको थियो।

नेपाल सरकारले २०२० मा २ वटा अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र लुम्बिनीमा बनाउने र ३३०-२०० को हाराहारीमा पर्यटक बस राख्ने योजना बनाएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा १.२ मिलियन पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यसमध्ये ५ लाख चिनियाँ पर्यटक थिए।नेपाल आउने अधिकांश पर्यटकमध्ये छिमेकी देश भारत र चीन रहेका छन्।सन् २०१७ को तुलनामा सन् २०१८ मा चिनियाँ पर्यटक ३५.३५ प्रतिशतका दरले वृद्धि भएको थियो।

हुन त अन्य देशमा रहेका नेपाली दूतावासहरूले आ-आफ्नै तरिकाले नेपालको पर्यटनको प्रवर्द्धन गरिरहेका होलान्। चिनियाँ पर्यटक बढाउन र नेपाल चिनाउन बेइजिङस्थित नेपाली दूतावासले सक्दो प्रयास गरिरहेको छ। २ वर्षदेखि फरेन ल्यांग्वेज स्टडिज युनिभर्सिटीमा नेपाली भाषाको अध्ययन अध्यापन भइरहेको छ। राजदूतको प्रस्तुतिपछि उत्साहित भएका नेपाली भाषा अध्ययनरत चिनियाँ विद्यार्थीहरूले आस्था तामाङ मास्केको ‘घामको सानो टुक्रा’ गीत पनि गाएर सुनाइदिए। 

कार्यक्रममा नेपालको संस्कृति झल्काउन कुमारी नृत्य, तामाङ सेलो र मारूनी नाच देखाइएको थियो। दूतावासका मिनिस्टर सुशील लम्सालले नेपाली नृत्यको मौलिकता तथा सांस्कृतिक इतिहासबारेमा पनि जानकारी दिए। 

नेपालमा जति धेरै पर्यटन बढाउन सक्यो उति नै देशको अर्थतन्त्र समृद्ध हुन्छ। तर, पर्यटक बढाउन औपचारिक कार्यक्रम मात्रैको आयोजना पर्याप्त होइन। पर्यटकहरूको सुविधाका लागि कतिको प्रयास गरिएको छ? उनीहरूको प्रतिक्रिया बुझ्नु र सोही अनुरूप सुधार गर्दै जानु पनि जरूरी कुरा हो। नेपाल गएका केही चिनियाँ पर्यटकहरूको गुनासामा प्रमुख त यातायातको असुविधा नै थियो।

जबसम्म पर्यटकको सुविधा र सुरक्षालाई ध्यानमा राखिँदैन तबसम्म नेपालको पर्यटकीय छाप राम्रो बस्दैन। पर्यटकमा राम्रो सन्देश गयो भने यस्ता कार्यक्रम नगरीकनै नेपाली पर्यटनको विज्ञापन हुँदै जानेछ। 

चिनियाँ पर्यटकप्रति जतिसक्दो सकारात्मक प्रभाव पार्न सकियो भने यसले आगामी दिनमा पनि धनी बन्दै गएका चिनियाँ पर्यटकको ठूलो हिस्सा नेपालमा भित्र्याउन सकिनेछ। अनि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै पर्यटन क्षेत्रबाट देशको आय दोब्बर बनाउन सकिनेछ।

'नेपाल भ्रमण वर्ष, २०२०' लाई सफल बनाउन सरोकारवाला सबै निकायहरू लागेमा भ्रमण वर्ष सफल हुनेछ र प्रधानमन्त्रीकै शब्दमा झन्डै १० लाख नेपालीले रोजगारी पाउनेछन्।

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्