• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कसरी खानु चिनियाँको ‘जुठो’!

64x64
नेपाल लाइभ शुक्रबार, चैत २२, २०७५  ०७:४५
1140x725

चीनमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जाल प्रतिबन्धित भएपछि चिनियाँमाझ वीच्याट लोकप्रिय छ। चीन आउने जो कोही विदेशीले पनि यसको प्रयोग गर्दछन्। यसबाट पैसाको कारोबार पनि सजिलैसँग गर्न सकिन्छ।

यही वीच्याटमा एउटा भिडियो भाइरल भयो। 

भिडियोमा देखिएअनुसार ४/५ जना पश्चिमाहरू चिनियाँ रेस्टुरेन्टमा जान्छन्। एउटा ठूलो गोलो घुम्ने टेबलमा वेटरले खानेकुरा भरिएका प्लेटहरू क्रमशः ल्याउँदै राखिदिन्छ। प्रत्येक प्लेटमा फरकफरक खानेकुरा हुन्छन्। टेबुल घुम्दै खानेकुरा जो जसको अघिल्तिर पुग्छ, उनीहरूले त्यही त्यही प्लेट उठाएर आफ्नो अघिल्तिर राख्छन्। प्लेटमा सिंगो माछा पर्नेले माछा मात्रै खाइरहेको हुन्छ, भात हुनेले भात मात्रै र तोफूको कराई पर्नेले चाहिँ तोफू मात्रै खाइरहेको देखिन्छ। उनीहरूलाई चिनियाँ परम्परा अनुसार सबै जना वरिपरि बसेर खानेकुरा बाँडीचुँडी खाने शैलीबारे जानकारी थिएन। शायद पश्चिमाहरूमा बाँडीचुँडी अर्थात् सेयरिङको परम्परा नभएको पो हो कि? तर चिनियाँ होटलले आफ्नै खाने परम्परा अनुरूप खानेकुरा ल्याएर टक्र्याइदियो।

चिनियाँ संस्कृतिमा नयाँ पाहुनालाई खाना खान निम्त्याउने चलन छ। त्यसैले म बेइजिङ आउनेबित्तिकै चिनियाँ आफन्तले खाना खान निमन्त्रणा दिए। होटलभित्र एउटा ठूलो गोलो टेबलमा तोफू, यौछाइ, कुङपाउ चितिङ, भात, सुप र सुन्तलाको जुस राखिएको थियो। अगाडि कचौरा, गिलास र चपस्टिक पनि थियो।

खाना खानेबेला उनै चिनियाँ आफन्तले चपस्टिकले तान्दै सबै खाना पालैपालो आफूले पनि खाँदै र मलाई पनि त्यही चपस्टिकले थप्दै गरिरहेकी थिइन्। उनको चपस्टिकबाट मेरो प्लेटमा खानेकुरा पर्ने बित्तिकै मलाई कस्तो कस्तो लाग्न थालिहाल्यो। नखानु पनि कसरी? भयो, पुग्यो भनेर छोड्ने हिम्मत पनि भएन। दिगमिग भइरहे पनि संकोचका कारण खाइरहेँ। भित्र पेटमा भने हुन्डरी नै मच्चिन थालिसकेको थियो। बान्ता नै आउला जस्तो भयो तर पनि अरूको अगाडि इज्जत त जोगाउनुपर्‍यो। त्यसमाथि कुनै पनि चिनियाँको निम्तोमा पहिलोपटक खान गएकी म। एउटै प्लेटबाट यसरी खानुपर्ला भन्ने अगाडि नै थाहा हुँदो हो त सायद निम्ता नै बहिस्कार गर्ने थिएँ होला।

मलाई अरूको जुठो खान मन लाग्दैन तर चीनमा आएदेखि चिनियाँहरूसँग खान जाँदा यसरी जुठोको सिकार भइन्छ नै। चिनियाँहरू गाईगोरू, गधा, भ्यागुता, सर्प, सुँगुरको मासु बढी रूचाउँछन्। आफ्नै अगाडि एउटै चपस्टिकले ती मासु खाएको थाहा पाएर पनि घिन नमानीकन कसरी खान सक्नु? मासु नखानेले पनि ती लसपस भएका खानेकुरा अन्जानवश खाइरहेकै हुन्छ।

एक जना भारतीय मित्र अनामिका साकाहारी हुन्। आफू कतै घुम्न गएको बेला एउटै टेबलमा चिनियाँसँग खानु पर्ने भएकाले आफ्नै घरबाट खानेकुरा प्याक गरेर हिँड्नुपर्ने बाध्यता छ। मासु नभएको खाना पर्खियो भने त भोकै पर्ने सम्भावना हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

चीनमा एकैसाथ एउटै भाँडोबाट खानेकुरा खायो भने एक-अर्कालाई बुझ्न सक्ने र भावनात्मक सम्बन्धको विकास हुन्छ भन्ने मान्यता छ। यो चीनको परम्परागत चलन हो। हाम्रोतिर पनि जुठो खानाले माया बढ्छ भन्ने भनाइ त छ। त्यसैले त बिहेमा बेहुलाको जुठो बेहुलीलाई खान लगाइन्छ। कुनै रीतिरिवाज त चिनियाँ र नेपालीको पनि मिल्दोजुल्दो हुँदो रहेछ।

चीनमा समानताको वकालत गर्नका लागि हुनुपर्छ, सबै जनाले सहभोज गर्ने गरेको। नयाँ पुस्ता परिवर्तनकामी भए पनि चीनको पुरानो पुस्तामा भने उही रूढिवाढी परम्पराको अवशेष बाँकी नै छ। कुनैकुनै प्रान्तमा घरमा पाहुना आउँदा पुरूषहरू पाहुनासँग बसेर खाने र घरका महिलाहरू उनीहरूले खाएर उठेपछि खाने चलन बाँकी नै छ।

चिनियाँ खाना संसारमै प्रसिद्ध छ। यहाँ प्रान्तैपिच्छे खानाको विशेषता छ। चिनियाँ खाना पश्चिमा खानाभन्दा भिन्दै स्वादको छ। यहाँको खानाका धेरै परिकार र स्वाद पाइन्छ। चिनियाँहरू खानाको पारखी हुने भएकाले यहाँ धेरै खानाको आविष्कार भएको हो। खानाको पारखीहरू चीन आउँदा जिब्रो फटकारी थरीथरीका स्वाद चाख्ने गर्दछन्।

चीनको खानाले सांस्कृतिक परम्परा पनि बोकेको छ। चिनियाँको एउटा भान्सामा अनेकन पाककलाहरू झल्किएको देख्न सकिन्छ। खानाको निर्माण र विकासको लागि विशेष क्षेत्रको गुण, हावापानी, रीतिरिवाज, शैलीको संयोजनको हुनुपर्दछ।

आज संसारका जुन कुनामा चिनियाँहरू पुगेका छन्, उनीहरूले आफ्नो देशको खानपान, कला संस्कृतिलाई फैलाइरहेका छन्।

चीनको बसाइ अझै लम्बियो भने कति चिनियाँको जुठो खानुपर्ने होला! सम्झेरै दिक्क लाग्छ। जुठो खाने परम्पराले मात्र एकताको भावनाको विकास होला र? त्यसमा स्वच्छता रोगव्याधीका कुरा पनि जोड्नुपर्छ होला नि। हाम्रो समाजमा सानाठूला, जातपात भनेर भेदभाव गरिन्छ र जुठो खानु खुवाउनुलाई गम्भीर विषय ठानिन्छ। अझ श्रीमतीको जुठो खायो भने श्रीमानको आयु घट्छ भन्छन् समाजमा। आर्थिक विकास र सुखद् जीवनसँगै चिनियाँहरूको औसत आयु नै बढिरहेको छ भने जुठो खानाले आयु घट्छ भन्ने कुरा नै झुटो हुन सक्छ। 

नेपालमा जुठोको जति मान्यता छ, पश्चिमा र चीनमा पनि रहेनछ सायद। त्यसैले त उनीहरूको शब्दकोशमा ‘जुठो’ भन्ने शब्द नै रहेनछ। 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्