• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बडा दुःखका साथ १ लाख २० हजार शब्द लेखेँ

64x64
नेपाल लाइभ शनिबार, चैत १६, २०७५  ११:०१
1140x725

नेपालमा ‘पार्किन्सन्स’ बारे धेरैलाई थाहा नै छैन। कतिपयलाई केही किताब पढेर यसको जानकारी मिलेको छ।

शनिबारको दिन थियो। पर्यटन बोर्डबाट म नयाँ बानेश्वर जाँदै थिएँ। एक जनाले दाइ आज पार्किन्सन्सको कार्यक्रम छ जाउँ न भन्नुभयो। मैले हाँसो गर्दै आज शनिबार हो, पार्किन्सन्स छैन भनिदिएँ।

पार्किन्सन्स बडा असजिलो रोग हो। एक जना डाक्टर साब सोध्दै हुनुहुन्थ्यो ‘हाउ इज योर हेल्थ मदन दाइ?’ भनेर। म भन्थे ‘नट गुड बट गुड।’

अर्थात् ठिक पनि छ, ठिक पनि छैन। हिजोआज धेरैले यो प्रश्न मलाई गर्नुहुन्छ। म सबैलाई भन्ने गर्छु– ‘हेल्थ’ राम्रो छ, शरीर राम्रो छैन।

केही दिनअघि रोल्पाको होलेरी पुगेका थियौं। जहाँ अक्षर महोत्सवको आयोजना हुँदै थियो। होलेरी भन्ने ठाउँ जहाँ कुनैबेला बमबारुदको महोत्सव हुनेगर्थ्याे। यसपटक त्यो ठाउँमा अक्षर महोत्सव हुँदैथियो। बडा ठिक लाग्यो मलाई पनि। हामी सबैजना उत्साहित पनि थियौं। त्यहाँ पनि विभिन्न विषयमा राम्रो बहस भयो।

अक्षर महोत्सव सकेपछि स्वर्गद्वारी जाने कुरा भयो। हामी गाडीमा गयौं। तर गाडीबाट ओर्लेपछि  एउटा गेट रहेछ। त्यहाँबाट स्वर्गद्वारी पुग्न ३०/४० मिनेट उकालो चढ्नुपर्ने रहेछ।

मलाई भने त्यो उकालो चढ्न आँट आइरहेको थियो। तर, अमर न्यौपाने भाइले ‘दाई घोडा ल्याउँ?’ भन्नुभयो। मैले सकेसम्म हिँडेर जाने हो भनेँ। हिँडेरै स्वर्ग पुगिन्छ भने किन नजाने?
त्यसपछि ‘स्वास्थ्य ठिक छ, शरीर गोलमाल छ’ भन्नुको सट्टा ‘स्वास्थ्य ठिक छ, शरीर पनि ठिक रहेछ’ भन्ने भयो। एक अर्थमा आफैंलाई ‘टेस्ट’ गरियो। स्वर्गद्वारी नै पुगेर आइयो भन्नसक्ने भएको छु। हिजोआज हिम्मत बढेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

फेरिपनि कोठामा बसिराख्न गाह्रो छ। हातमा बल छैन। तर आत्मबल छ। त्यहि आत्मबलले नै सक्रिय हुन सकिरहेको छु। हिजोआज त मलाई अब आत्मबल मात्रै होइन हातमै बल चाहिने भइसक्यो।

एक पाइला, आधा पाइला हिँड्न पनि गाह्रो हुँदोरहेछ, त्यो आफूलाई परेर थाहा पाएँ।

०००

एउटा जोक्स भन्छु।

एकपटक एक जना कर्मचारी आफ्नो अफिसबाट चाँडै घर पुगेछन्। हस्याङफस्याङ गर्दै घर आएका श्रीमान्लाई देखेपछि श्रीमतीले सोधिछन्– तिमी किन आज चाँडै आउनुभएको? के भयो र?

श्रीमान्‌ले भनेछन्– मेरा अफिसका सबैजना एकैपटक मरे। म भने धन्न बाँचेँ।

श्रीमतीले फेरि सोधिछन्– तिमी मात्रै कसरी बाँच्यौं त?

श्रीमान्‌ले जवाफ फर्काएछन्– म चुरोट खान बाहिर निस्किएको थिएँ। त्यहि बेला यस्तो भयो। अब उनीहरुको परिवारलाई सरकारले एक÷एक करोड दिने भएछ।

श्रीमतीले जंगिदैं भनिछन्– तिमीलाई मैले कतिचोटि भन्ने, चुरोट नखाउ भनेर।

०००

पार्किन्सन्सले अर्को एउटा अप्ठेरो परेको छ। गीत गाउन श्वास नै पुग्दैन। हेहे गर्दागर्दै घाँटी सुक्छ। श्वास रित्तिजान्छ। आज ट्र्याक ल्याएको छैन यसै गीत गाउँछु।

सबैले माया मारेर के भो तिमी छँदैछौं मलाई प्यार गर्ने
तिमीले पनि मायाँ दिन नभ्याउँदा आँशु छँदैछ मलाई स्याहार गर्ने।

मैले यो गीत श्रीमतीलाई सम्झेर लेखेको हुँ। उनी बितिन्, त्यतिबेला म साह्रै अप्ठेरोमा थिएँ। धेरैजना आर्यघाट नै आउनुभयो। घरमै आएर धेरै जनाले समवेदना र हिम्मत दिनुभयो। तपाईं सबैले मलाई आफ्नो सम्झिनुभयो। मलाई थाहा भयो जिन्दगीमा यति मान्छे कमाएको रहेछु। यति धेरै मान्छेको माया पाएँ।

अहिले लाग्छ, यो गीतमा भनिएको ‘तिमी’ तपाईंहरु सबैलाई भनेको हुँ। अब भने गीत गाउँछु।

तिमीले भन्दा धेरै माया दिने अरु पनि धेरै–धेरै छन्
तर तिम्रो मायाको महत्व मलाई बेग्लै लाग्दछ, बेग्लै लाग्दछ
तिम्रो माया बेग्लै लाग्दछ

मेरो लागि मुटु ओछ्याइराख्ने मेरा आफन्त छन्
मलाई दुख्दा निस्वार्थ आशुँ झार्ने आँखाहरु छन्
कतै मेरो नाउ डुबे सहारा तिम्रा हात छन्
तिमीबाहेक मलाई साथ दिने अरु पनि धेरै–धेरै छन्
तर तिम्रो मायाको महत्व मलाई बेग्लै लाग्दछ, बेग्लै लाग्दछ
तिम्रो माया बेग्लै लाग्दछ

यहाँ फुल्ने फूलहरु कम मनमोहक छैनन्
आकाशमा जुन हेर्छु फूलभन्दा कम छैन
फेरि म तिमीलाई हेर्छु केहीभन्दा कम छैनौं
भगवानको संरचनामा बेमतलब विषय नै छैन
तर तिम्रो मायाको महत्व मलाई बेग्लै लाग्दछ, बेग्लै लाग्दछ
तिम्रो माया बेग्लै लाग्दछ
तिमीले भन्दा धेरै माया दिने.....

०००

रमाइलो भइरहेको छ। लिटरेचर फेस्टिबलमा हामी पार्किन्सन्सको कुरा गरिरहेका छौं।

सायद मलाई पार्किन्सन्स अल्लि पहिले देखि नै थियो होला। म बिस्तारै अनि सानो स्वरमा बोल्ने, बिस्तारै हिँड्ने, बिस्तारै खाने खालको मान्छे। धेरैले मलाई कस्तो होला मदनकृष्ण, कसरी बोल्छ होला? लगायतका जिज्ञासामा मलाई भेटेपछि फरक जवाफ पाउनुभयो होला। तर, बोल्दा भने रमाइलो गरेरै बोल्थेँ। सायद त्यतिबेला देखिनै मलाई पार्किन्सन्स थियो होला। पछि बढ्दै गयो।

सुरुमा मलाई ढाड दुख्ने समस्या भयो। ‘ब्लड टिस्यू’ (रक्तनली) च्यापिएको भनेपछि त्यसको अप्रेसन गराएँ। त्यसको केही वर्षपछि हिँड्दाखेरि मलाई फेरि दुख्न थाल्यो। यो क्रम बढ्दै गयो र उपचार गराउँदा मलाई पार्किन्सन्स भएको जानकारी मिल्यो।

डाक्टरले त्यसपछि भने– तपाईंलाई अब जोसुकै डाक्टरले हेरेपनि औषधिको डोज बढाइदिने मात्रै हो। कोही अरु नै पार्किन्सन्सको औषधि खाइरहेको बिरामी मकहाँ आएपनि मैले पनि त्यहि गर्ने हो।

त्यसपछि मैले पनि औषधि खान सुरु गरेको हुँ। पछि भने पुनः टाउको र छातीको अप्रेसन गरियो र ब्याट्री राखियो।

त्यसपछिबाट आजसम्मका दिनसम्म धेरै सजिलो हुँदै आएको छ। बोली स्पष्ट हुँदैनथ्यो। तर, अहिले केही सहज छ। अनुहार निन्याउरो र रङ उडेको जस्तो भइरहन्छ। फोटो खिच्न लाग्यो निन्याउरो, रोएकोजस्तो देखिनुभयो भन्नुहुन्छ। जबरजस्ती ङिच्च पारेर हास्नुपर्ने स्थिति छ।

तबला बजाउनेको औंला भाँचियो भने तबला बजाउन सक्दैन, त्यस्तै कलाकारको ‘एक्सप्रेसन’ नै नभएपछि कसरी कला देखाउने? त्यसकारण अहिले सेकेन्ड गेरमा जिन्दगी चलिरहेको छ। हल्का रफ्तारमा।

०००

‘महको म’ लेख्नेबेला मलाई पार्किन्सन्स थियो, श्रीमतीाई क्यान्सर। हात काँपेर कलम नै समाउने स्थिति थिएन। बडा दुःखका साथ १ लाख २० हजार शब्द लेखें। त्यतिबेला म निक्कै संवेदनशील समय काटिरहेको थिएँ। भनिन्छ नि– भवगान जब देता हे तो छप्पर फाडकर देता है। मलाई पनि छप्पर फाडकर नै दिएको थियो त्योबेला। रत त्यो पुस्तक लेख्न सकें।

केही दिनअघि एक कार्यक्रममा भारतबाट एक जना डाक्टरसाबसँग भेट भयो। उहाँलाई पनि पार्किन्सन्स भएको रहेछ। उहाँले कस्तो छ भनेर सोध्दा मैले भनेको थिएँ– आई ह्याभ अ पार्किन्सन्स एन्ड आई एम इन्जोइंग पार्किन्सन्स।

पार्किन्सन्सले रचनात्मकता बढाउँछ भन्छन्, तर ‘मेमोरी’ पनि उत्तिकै ‘लस’ हुँदो रहेछ।

मलाई लाग्छ हरेक मानिस ‘हेल्थ कन्सस’ हुनैपर्छ। अहिले मानवको सरदर आयु पनि बढिरहेको छ। समयक्रमसँगै विज्ञानले धेरै फड्को मारेको छ। मानिस आफैंले आहारविहारमा ध्यान दिनुपर्ने रहेछ भन्ने बोध गर्दै गएका छन्। यो अवस्थामा अरु केही नगरेपनि दिनमा कम्तिमा ५ सय मिटर भने हिँड्नैपर्छ। दौडनैपर्छ।

केही समय पहिले प्रेसरको औषधि खान थालेको हुँ। प्रेसरको औषधि खान थालेपछि दौडिन हुँदैन भन्ने सुनेको थिएँ। त्यही क्रममा शिक्षण अस्पतालका एक जना डाक्टरसाबले भेटमा सोध्नुभयो– कत्तिको दौडिने गरेका छौ?

मैले भनेको थिएँ– प्रेसरको औषधि खान थालेपछि त दौडिन छोडिदिएँ।

उहाँले कसले भनेको भन्दै मलाई ‘प्रेसरको औषधि खानी अनि दौडिनी’ भन्दै सुझाउनुभयो। अहिले पनि यहि कोशिषमा हुन्छु। अहिले ठिकै छ। म ‘योङ’ पनि देखिएको छु। यहाँ हुनुभएकामध्ये खगेन्द्र संग्रौला दाई मभन्दा धेरै जेठोजस्तो लाग्छ। अरु सबै त मेरै उमेरकोझैं लाग्छ।

०००

शरीरका सबै अंगहरुका आ–आफ्नै काम छन्। आँखा, नाक, कान, कलेजो, फोक्सो, आन्द्रा, भुँडीसबैको उत्तिकै महत्व छ। सरकारले यो सबै अंगको उपचारका लागि उत्तिकै ध्यान देओस्, निःशुल्कै गरोस् भन्ने चाहन्छु म त।

स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो। मान्छे भएर जन्मिएसकेपछि हामी धेरैभन्दा धेरै समय बाँच्नुपर्छ। स्वस्थ भएर, निरोगी भएर बाँच्नुपर्छ। हरेक दिन ‘मर्निङ वाक’ गर्नुहोस्। हरेक वर्ष पूर्ण स्वास्थ्य परीक्षण गर्नुहोस्।

र फेरि भन्छु, मर्निङ वाक गर्नु ठूलो औषधि रहेछ, बिहान अबेरसम्म सुत्दाखेरि आलस्य लागेर मरेको जस्तो अनुभूति हुने रहेछ। तर मर्निङ वाक जाँदाखेरि बाँचेको जस्तो आनन्द आउने रहेछ। यसकारण सबै आफ्नो स्वास्थ्यप्रति जागरुक बनौं।

(चितवनको सौराहामा जारी दोस्रो मेडिकल लिटरेचर मेलाको उद्घाटन र ‘स्वस्थ हुनुको मूल्य’ सत्रमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले राखेको विचारको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्