• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विवादित अन्सारीको सपथ : संसदीय सुनुवाइको औचित्यमाथि प्रश्न

64x64
नेपाल लाइभ बिहीबार, चैत ७, २०७५  २०:२९
1140x725

गत साउन १८ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीको नाम अस्वीकृत गर्ने निर्णय गर्‍यो। 

संसदीय सुनुवाइ समितिको इतिहासमा पहिलो पटक संवैधानिक परिषद्‍ले गरेको सिफारिस अस्वीकृत भयो। नेपाली कांग्रेसका सांसदले बहिस्कार गरेको बैठकमा नेकपाका बहुमत सांसदले जोशीको नाम अस्वीकार गरेका थिए। जोशीमाथि ४ आरोप लगाउँदै समितिले अस्वीकृत गर्ने निर्णय गरेको थियो। 

सो निर्णय भएको ठीक ७ महिनापछि संवैधानिक परिषद्को सिफारिसमा परेका तर सुनुवाइ समितिमा विवादित भएर किनारा नलागेका व्यक्ति मुस्लिम आयोगको अध्यक्ष पदमा सपथ लिएका छन्। 

संघीय संसदको विशेष समितिले विवादलाई समयमा किनारा नगर्दा कानुनका छिद्रा ‘लुप होल’को फाइदा उठाउँदै समिम मियाँ अन्सारीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले सपथ गराईन्। संसदीय सुनुवाइ समितिले तोकिएको समयमा सुनुवाइ गरेको तर निर्णय भने नर्गदा उनी स्वतः मुस्लिम आयोगको अध्यक्ष हुँदै सपथ लिएका हुन्। 

नागरिकता, शैक्षिक प्रमाणपत्र तथा राजनीतिक दलको सदस्यतासम्बन्धी विवाद अन्त्य नै नभई उनी गत फागुन २५ गते अध्यक्ष पदका लागि योग्य ठहरिए। 

उनीमाथि छानबिन गर्न भन्दै समितिले समय गुजारेपछि स्वतः अध्यक्ष हुने बाटो खुला भएको थियो।

आफ्नो नागरिकता सक्कली भएको प्रमाणित गर्न नसकेका अन्सारी अर्को बाटोबाट अध्यक्ष बन्न सफल भएका हुन्।

‘संघीय संसद्‍को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५’ मा ४५ दिनभित्र निर्णय दिन नसके स्वतः अध्यक्ष हुने प्रावधानमा टेकेर उनलाई अध्यक्ष बनाइएको हो।  

nimb
nimb
Ncell 2
Ncell 2

समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदको लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्ने  नियमावलीमा उल्लेख छ। ‘उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन,’ नियमावलीमा उल्लेख छ। 

राजनीतिक दाउपेचमा संसदीय सुनुवाइ समिति 
संसदीय समितिमा सत्तापक्षका सांसदको बहुमत छ। १५ सदस्य समितिमा ४ जना नेपाली काँग्रेस र १ जना संघीय समाजवादी फोरमका सांसद छन्। 

अन्सारीको सुनुवाइ भइरहँदा समितिमा नेकपाकै सांसद पक्ष/विपक्षमा उभिएका थिए। समितिमा नेकपाका सांसद सुरेन्द्र पाण्डे, योगेश भट्टरा, अमृता थापामगर, पूर्णकुमारी सुवेदी  र शिवकुमार मण्डलले अन्सारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा प्रश्न सोधेका थिए।

उनीहरुमध्ये केहीले अन्सारीलाई अदालतबाट भविष्यमा अयोग्य हुनुभन्दा आफैं पछाडि हट्न सुझाव समेत दिएका थिए। 

तर उक्त बैठकमा प्रधानमन्त्री केपी ओली नजिक रहेका सांसद भने मौन थिए। प्रधानमन्त्री ओलीकी छोरीका रुपमा आफूलाई चिनाउने निरुदेवी पाल त अन्सारीको सुनुवाइमा नै बसिनन्। समावेशी र वित्त आयोगका अध्यक्षको सुनुवाइमा बसेकी पाल अन्सारीको सुनुवाइ सुरु भएपछि बाहिर निस्केकी थिइन्। 

नेकपाकै सांसद पार्वत गुरुङ, सुमनराज प्याकुरेल  र नन्दा चपाई पनि अन्सारीकै पक्षमा देखिएका थिए। सांसद प्याकुरेलले सुनुवाइ समितिको बैठक सुनुवाइको अनुमोदन गर्नुपर्ने पक्षमा आवाज उठाएका थिए। उनले कि अनुमोदन गरौं हैन भने  थप छानबिन गरौं भन्दै समय लम्ब्याउन माग गरे।

संवैधानिक परिषद्‍मा आफ्नै पार्टीका प्रधानमन्त्रीदेखि सभामुखसम्म भएर गरेको सिफारिस उल्टाउने सम्भावना नदेखेपछि सुनुवाइ समितिले म्याद गुजार्ने बाटो अवलम्बन गरेको थियो। 

गलत नजिर स्थापित
संसदीय सुनुवाइ २०६२ सालको जनआन्दोलनपछि नेपालमा भित्रिएको हो। २०६३ सालको अन्तरिम संविधानमा यसलाई राखिएको थियो। संवैधानिक  निकायमा नियुक्त हुने र राजदूत हुने व्यक्तिलाई जनताप्रति उत्तरदायी बनाउने र विवादित व्यक्तिलाई नछान्ने लक्ष्यसहित यो व्यवस्था राखिएको थियो। तर यो व्यवस्थामा गलत नजिर दुई तिहाइको बहुमत भएको सरकारको पालामा सुरु भएको छ। 

संसद्‍लाई आफूले आदेश दिन नसक्ने भन्दै आएका केपी शर्मा ओलीको समयमा विवादित व्यक्तलाई संवैधानिक निकायको अध्यक्ष  पदमा सपथ खुवाइएको छ। 

यो नजिरको आधारमा भविष्यमा सिफारिस हुने व्यक्तिहरु सजह रुपमा छिर्ने आधार निर्माण हुने देखिन्छ। कुनै पनि व्यक्ति विवादित भएर सुनुवाइबाट अस्वीकृत हुने अवस्था सिर्जना भएमा लामो समयसम्म निर्णय नगरी कानुनी छिद्र उपयोग यो नजिरले स्थापित गरेको छ। त्यसबेला अन्सारी योग्य हुने अर्को व्यक्ति अयोग्य हुने भनी प्रश्न उठाउन सकिने छैन।

यस्ता थिए अन्सारीका विवाद
अन्सारीको सिफारिसपछि उनी विरुद्ध ४ थान उजुरी संसदीय सुनुवाइ समितिमा दर्ता भए।  

शैक्षिक प्रमाणपत्र अपुग, १४ वर्षपछि ‘इक्युभ्यालेन्ट’
आयोगको अध्यक्षका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तोकिएको छ। उनले भारतको बोधगयास्थित मगध विश्वविद्यालयबाट सन् २००४ मा स्नातक गरेको शैक्षिक प्रमाणपत्र बुझाएका छन्। तर, एसएलसी र आइए कुन स्कुल वा क्याम्पसबाट गरे सो कुरा खुलाएका छैनन्।

बायोडाटामा समेत उल्लेख नगरेको विषयलाई एउटा छानबिनको विषय बनाइएको छ भने स्नातकको प्रमाणपत्रमाथि पनि आशंका गरिएको छ।

सन् २००४ मै भारतको मगध विश्वविद्यालयबाट स्नातक गरेका उनले यसको 'इक्युभ्यालेन्ट' भने २०७५ साल कात्तिक ३० गते मात्रै त्रिभुवन विश्वविद्यालयमा गराएका छन्।

उक्त शैक्षिक प्रमाणपत्र आयोगको अध्यक्ष हुनकै लागि बनाइएको हुन सक्ने आशंका समेत गरिएको छ। समितिमा सवाल उठेको छ, ‘उनले १४ वर्षपछि इक्युभ्यालेन्ट किन गराए? अध्यक्ष हुनकै लागि उक्त प्रमाणपत्र बनाइएको त होइन?’

स्नातकको शैक्षिक प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालयले इक्युभ्यालेन्ट गरिसकेको हुनाले समितिले छानबिनको विषय बनाउन उपयुक्त ठानेन। तर, एसएलसी र आइएको प्रमाणपत्र भने मगाएको छ। यसका लागि संवैधानिक परिषदलाई पत्र लेख्ने निर्णय गरिएको छ। 

नागरिकतामा पनि शंका
अन्सारीले २०५५ पुस २२ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएका छन्। उनले वंशजका आधारमा लिएको नागरिकतामा काठमाडौं महानगरपालिका-९ जन्मस्थान उल्लेख गरेका छन्। २०३३ सालमा जन्मिएका उनले किन ढिलो गरी नागरिकता लिए भन्नेबारे पनि उजुरीकर्ताले सवाल उठाएका थिए। 

अन्सारीका पिता भारतीय भएको र उनले बारा जिल्लाका एक मुस्लिम परिवारलाई बाबु बनाई नागरिकता लिएको भन्नेबारे छानबिन हुनुपर्नेमा त्यसलाई कायमै राखेर उनी अध्यक्ष पदमा पुगेका छन्। 

नेकपामा केन्द्रीय सदस्य कायमै 
अन्सारी  संवैधानिक परिषदको सिफारिसमा पर्दासम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रहेको निर्वाचन आयोगले सुनुवाइ समितिमा पठाएको विवरणमा उल्लेख थियो। उनी सुनुवाइ समितिमा आईपुग्दा निर्वाचन आयोगमा रहेको केन्द्रीय सदस्यको सूचीमा ३७४औं नम्बरमा नाम थियो। 

मुस्लिम आयोग ऐन २०७४ को दफा ३ को (ग) मा आयोगको अध्यक्ष तथा सदस्य नियुक्ति हुँदा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने उल्लेख छ। तर यस विषयमा छानबिन नै नगरी ऐनको बर्खिलाप हुने गरी उनले नियुक्ति लिएका छन्। 

जसले गर्दा कुनै पनि समयमा उनी विरुद्ध अदालतमा चुनौती पेस हुने बाटो कायमै रहेको छ। 

तर यी विवादवाट बच्न पार्टीबाट नाम हटाउन लगाई समितिमा विवरण पेस गरिएको थियो। समितिले नचिन्ने पार्टीबाट पत्र आउनु समितिमाथिको हस्तक्षेप थियो। तर त्यस विषयमा छानबिन नै नगरी समितिले लम्ब्याउने काम मात्र गर्दै अन्सारीलाई सिफारिस हुने बाटो खोल्यो। 

माघ २६ गते संवैधानिक समितिले अन्सारीलगायत विभिन्न आयोगको अध्यक्षमा नाम सिफारिस गरेको थियो। 

यसरी विवाद समाधान गर्ने जिम्मेवारीबाट सभापति लक्ष्मणलाल कर्ण पनि भागेका थिए। म्याद केही बाँकी रहेको समयमा समितिको बैठक नडाकेर कर्णले अन्सारीलाई घुमाउँरो बाटोबाट अध्यक्ष बन्न सघाएको देखिन्छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गरेको उक्त बैठकमा समिति सभापतिले विवाद समाधान गर्नेभन्दा प्रधानमन्त्री ओलीको निर्देशन अनुसार बैठक लम्बाउने काम गर्दा अन्सारीबारेमा समितिले निर्णय गर्न नसकेको नेकपाकै सांसदको आरोप छ। सरकारकै सहयात्री दल संघीय समाजवादीका नेता कर्णले पार्टी र सरकारको सन्तुलन कायम राख्न यस्तो गरेको आरोप उनीहरुको छ। तर कर्णले समितिको कुनै गल्ती नभएको टिप्पणी गरेका छन्। 

संसदीय समितिको काम सुनुवाइ गर्ने र त्यसमा कुनै कमी नहुने गरी गरेको तर कानुनी व्यवस्थाका कारण उनी नियुक्त भएको भन्दै उनी पन्छिए। कर्णले आफूलाई बचाउ गरेपनि यो प्रकरणले संसदीय सुनुवाइको औचित्यमाथि भने प्रश्न उठाएको छ। विवादित व्यक्तिको विवाद समाधान नै नभई नियुक्त हुन्छन् भने सुनुवाइ किन गर्नु? यो प्रश्न भने  तेर्सिएको छ। 

आगामी दिनमा पनि यही नजिरले काम गरे जो सुकै पनि यिनै कानुनी दुलाबाट छिर्नेछन्। यसले उक्त सुनुवाई समितिको औचित्यमाथि प्रश्न उठाउने छ। संवैधानिक आयोगको काममाथि पनि प्रश्न उठ्ने छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष पदमा लोकमानसिंह कार्कीले नियुक्तपछि जुन विवाद सिर्जना भएर आयोगको काममाथि नै प्रतिप्रश्न गर्नपर्ने अवस्था सिर्जना भयो अन्सारी प्रकरणले पनि मुस्लिम आयोगको भविष्यमाथि त्यस्तो अवस्था नहोस्।

यो पनि पढ्नुहोस्ः

मुस्लिम आयोगमा प्रस्तावित अध्यक्ष अन्सारीमाथि समितिले निष्पक्ष छानबिन गर्ला?

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्