• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

उग्र लगानीकर्ता : के निहुँ पाउँ, कनिका बुक्याउँ 

पूँजीबजारको प्रकृति लगानीकर्ताले पनि बुझ्ने कि?
64x64
नेपाल लाइभ सोमबार, फागुन २७, २०७५  १९:५४
1140x725

काठमाडौं- नेपालको पूँजीबजार निकै संवेदनशील छ। लगानीकर्ता होस् वा नियामक नै किन नहोस्, स–साना कुराले पनि पूँजीबजारमा ठूलै असर पारेको हुन्छ। तर यो कुराको राम्रै ज्ञान भएका र बजार ‘फ्याक्टर’का राम्रो जानकारी भएका लगानीकर्ता नै आफैं उत्तेजित भएर बजार अस्थिर हुने परिस्थिति सिर्जना गर्न लागि परेका छन्।

पूँजीबजारमा नयाँ विषय प्रवेश हुने बित्तिकै त्यसको विरोध गरेर बजार अस्थिर बनाउन लगानीकर्ता नै बढी जिम्मेवार देखिन थालेका छन्। 

केही समयअघि लगानीकर्ताले पूँजीबजार सुधारका लागि भन्दै १० बुँदे माग राखेर अनसन नै सुरु गरे। आमरण अनसन बसेका लगानीकर्ता दबाब समूहले ४ दिनपछि अनसन तोडे। सरकारले आफूहरूलाई राजनीतिक दृष्टिले हेरेको भन्दै आफूहरूले अनसन तोड्नु परेको उनीहरूको भनाइ थियो। 

अनसन सुरु गर्दा उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘हामीपूँजी बजार सुधार, विस्तार र आम लगानीकर्ताको लगानी सुरक्षाको माग राख्दै अनसन बसेका हौं।' 

तर अनसन तोड्दै गर्दा सीमित लगानीकर्ता भित्रको कुण्ठा उनीहरु बाटै पोखियो। ४ दिनसम्म बसेको आमरण अनसन तोड्दैगर्दा सार्वजनिक गरिएको विज्ञप्तिमा जुन कुरा उल्लेख छ, त्यो वास्तवमै आन्तरिक कुण्ठा झल्किएको छ भन्ने बुझ्न गाह्रो छैन।

लगानीकर्ता दबाब समूहले अनसन तोड्ने बेला जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हामीले अघि सारेका १४ बुँदे माग बेवास्ता गरी उल्टै शेयरको मूल्य घटाउन अनसन बसेको, नेता बन्न अनसन बसेको, कांग्रेस, राप्रपा र राजपाका कार्यकर्ता अनसन बसेको जस्ता अनर्गल प्रचार भएका कारण हामीले अनसन तोड्नु पर्‍यो।’

आन्दोलनका लागि तम्सिने र बेलाबेला चुनौती दिइरहने कार्यमा सीमित लगानीकर्ताका अनुहारमात्र बारम्बार किन दोहोरिन्छन? यो प्रश्नको उत्तर उनीहरुकै विज्ञप्तिले छरपस्ट पारेको छ। 

केही समयअघि ब्रोकर कम्पनीहरूले पनि यस्तै नाटक मञ्चन गरे, व्यक्तिविशेषलाई लक्षित गर्दै। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरुप्रति लक्षित गर्दै कपोलकल्पित र भ्रमपूर्ण कुरा बोलेको भन्दै त्यसको सार्वजनिक विरोध गरे। कार्कीको शैलीप्रति असन्तुष्टि जनाउँदै नसच्चिए उनीविरुद्ध आन्दोलनमा जानेसम्मको धोषणा लगानीकर्ताका समूहले गरे।

nimb
nimb
Ncell 2
Ncell 2


अहिले फेरी लगानीकर्ता दवाब समूहले आन्दोलनको घोषणा गरेको छ। आफ्ना माग सरकार तथा नियमनकारी निकायले बेवास्था गरेको भन्दै ८ दिने आन्दोलनको घोषणा गरेको छ। दबाब समूहले यो आन्दोलनलाई पूँजीबजार सुधारका लागि निर्णायक आन्दोलन भएको उल्लेख गरेको छ। 

तर, मागको फेरिहस्त हेर्ने हो भने पछिल्लो समय लगानीकर्ताहरू बजार सुधार गर्नेतर्फभन्दा पनि व्यक्ति विशेषलाई निशाना साँध्न लक्षित हुन थालेको देखिन्छ। 

लगानीकर्ता समूहका निशानाको केन्द्रमा छन् अर्थमन्त्री डा. युवराज खतिवडा र धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की। उनीहरुकै शब्दमा यी दूई व्यक्ति पूँजीबजार घटाउन लागिपरेका र लगानीकर्ताका सबैभन्दा ठुला शत्रु हुन्। 

सामान्य शर्तका लागि असामान्य आन्दोलन
शेयर लगानीकर्ता दबाब समूहले पछिल्लो पटक फागुन २७ गते सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमहरु हेर्दा असामान्य लाग्छन्। उनीहरुले घोषणा गरेको आन्दोलन कार्यक्रमअनुसार चैत ९ गते पुँजीबजार विरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने, १० गते बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष र कार्यकारीको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते बोर्डमा तालाबन्दी गर्ने, १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपालको पूँजीबजारको बारेमा अवगत गराउन विवरणपत्र बुझाउने, १५ गते विदेशी पाहुनासँग छलफल गर्ने र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने रहेका छन्।

आफ्ना केही माग सम्बोधन भएको स्वीकार गरेको लगानीकर्ता दबाब समूहले बाँकी माग पूरा गर्न आन्दोलनमा नै किन जानु पर्‍यो? सबै माग एकैचोटि पूरा गर्न नियामकलाई पनि व्यवहारिक कठिनाई हुनसक्छ। आजको भोलि नै नतिजा खोज्नु कति उपयुक्त होला? 

स्थायी लेखा नंम्बर (पान)देखि किन अत्तालिए लगानीकर्ताका समूह? 
बैशाख १ गतेदेखि पूँजीबजारका लगानीकर्ताका लागि स्थायी लेखा नम्बर अनिवार्य गर्ने सरकारको निर्णयलाई लगानीकर्ताले सिधा चुनौती दिएका छन्। दबाब समूहले स्थायी लेखा नंम्बरको औचित्य पुष्टि नभएको भन्दै त्यसलाई स्वेच्छिक बनाउनुपर्ने माग राखेको छ। पानका विषयमा लगानीकर्तामा अझै द्विवधा छ। तर सरकारले लगाएको नियमलाई नै मान्दैनौं भन्न सुहाउँदैन कि?

पान लागू गर्दा सरकारका पक्षबाट पनि केही कमजोरी पक्कै भएका छन्। जस्तो कि पान किन आवस्यक छ भन्ने कुरामा नै लगानीकर्ता अन्यौलमा छन्। यो बुझाउने काम सरकार र नियामक निकायको हो। सरकार र नियामक निकायले नै स्पष्ट गरिदिनुपर्छ। 

लगानीकर्तालाई त्यसका बारेमा बुझाउनुपर्छ। उपयोगिता नबुझाईदिँदा समस्या देखिएको हो। सरकारले पानको कुरा ल्यायो तर लागू गर्न सकेन। यसको समीक्षा गर्न सरकार चुकेकै हो।

लामो समयदेखि पूँजीबजार सूचक नेप्से १ हजार १ सय देखि १ हजार ३ सयको हाराहारीमा रुमल्लिरहेको छ। सामान्यतया माग र आपूर्तिको सिद्धान्तमा आधारित नेप्से बजारमा बेलाबेला सरकार र नियामक निकायले उठाएका कदमबाट प्रभावित भई अस्थिर हुने गरेको छ। 

पूँजीबजारसँग सम्बन्धित जुनसुकै क्षेत्रले गरेका निर्णयहरुले बजारमा असर गर्छ। निरन्तर ओरालो लाग्दै आएको नेप्सेका विषयले पछिल्लो समय लगानीकर्ता नै बढी उत्तेजित हुने गरेका छन्। त्यसको असर पनि पूँजीबजारमा नै पर्ने देखिएको छ, नकारात्मक। यसकारण संवेदनशील बजारको प्रकृति लगानीकर्ताले पनि बुझ्ने कि?

यो पनिः
लगानीकर्ताको आवरणमा राजनीति, समर्थनमा पुगे दलका नेता

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्