• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रवीन्द्रका माता–पितासँग २५ मिनेटको त्याे निरस उडान

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १७, २०७५  ११:४०
1140x725

'सर, २ बजेको फ्लाइट छ, तपाईं कहाँ हो? छिटाे गर्नुस् है'

ताप्लेजुङ हेलिकाेप्टर दुर्घटनामा दिवंगत भएकाहरुकाे शव ताप्लेजुङकै सुकेटार विमानस्थलबाट काठमाडाैंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झारिँदै गरेकाे श्रव्यदृश्य सामग्री फेसबुकमार्फत लाइभ गरिरहेकाे अवस्थामा सहकर्मी विमर्श कँडेलले मलाई फाेन गरी सावधान गराए।

'म फेसबुक लाइभमा छु सर, १० मिनेटमा आइहाल्छु, गेट बाहिर पर्खिंदै गर्नुहोस् है', मैले उहाँकाे शंका निवारण गर्ने प्रयास गरें।

देशका उच्च ओहोदाका व्यक्ति मन्त्री रवीन्द्र अधिकारीसँगै अन्य ६ जनाको शव सेनाको हेलिकोप्टरबाट निकाल्दै शववाहनमा राखिँदै थियो। नेपाली सेना, नेपाल प्रहरी, हवाई प्रदायक संस्थाका कर्मचारीहरु शव व्यवस्थापनमा सघाइरहेका थिए भने त्यहाँ उपस्थित विशिष्ट व्यक्तित्व, आफन्त तथा शुभचिन्तकहरु भने साेही विक्षिप्त दृश्य हेर्दै विलापको भाव पोखिरहेकाे भान हुन्थ्यो।

केहीबेरमा शववाहनहरु ७ वटै शव लिएर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जतर्फ हुइँकिए। घडीमा १ बजेर ३५ मिनेट गइसकेकाे थियाे। म हतारिँदै विमानस्थलको आन्तरिक टर्मिलन भवनकाे गेटतर्फ लम्किए।

‘बुद्ध एयर’को टिकट बुक भइसकेपनि टिकट मसँग थिएन। सेक्युरिटी चेकिङमा पुग्नु अगावै गेटमै एक प्रहरी अफिसरले सोधे कहाँ जाने?

'पोखरा', जवाफ फर्काएँ।

nimb
nimb
Ncell 2
Ncell 2

अरु यात्रुलाई सम्झाइरहेका उनी इशारा गर्दै मेराे पनि टिकट माग्दै थिए। म हतारिँदै '२ बजेको फ्लाइट थियाे तर, साथी भित्र गइसकेको र टिकट पनि उहाँसँगै रहेकाे' प्रस्ट्याइरहेको थिएँ।

मोबाइलमा डिजिटल टिकट बोकेर भित्रबाट विमर्श आइपुगे र टिकट देखाए।

मेराे हताराे यतिबेलासम्म शान्त भइसकेकाे थियाे। 

सेक्युरिटी जाँचका लागि क्यामेरा, ल्यापटप सहितको झोला एक्सरे मेसिनमा राखें यसअघि नै सेक्युरिटी चेक गराई भित्र छिरेका मित्र विमर्श पनि पुन: चेकिङमा सामेल हुनुपर्ने भयाे।

'यसअघि नै जाँच भइसकेकाे छ। दुई पटक किन?'

जाँचमा खटिएका प्रहरी भन्दैथिए- 'जतिपटक बाहिर जानुहुन्छ त्यतिपटक चेकिङ हुन्छ।'

बुद्ध एयरको काउन्टरमा पुगेका हामीलाई त्यहाँ रहेका कर्मचारीले २ वटा ‘बोर्डिङ पास’ थमाइदिए। झाेलामा 'बोर्डिङ पास'काे ट्याग पनि लगाइदिए।

'तपाईंको फ्लाइट २ बजेको रहेछ, तर, मैले सवा १ बजेकै फ्लाइटमा सारिदिएकाे छु है। १ नम्बर गेटबाट प्रस्थान गर्नुहोला।', उनले सुझाए।

कर्मचारीकाे भनाइ सुन्नेबित्तिकै मलाई हेक्का भइसकेकाे थियाे कि विमान ताेकिएकाे समयमा उड्नेछैन। अघिल्लाे फ्लाइटमै हाम्राे टिकट मर्ज गरिदिएकाे अवस्थामा डिले भएकाे थाहा पाउन कुनै मुश्किल परेन।

 गेट नम्बर १ मा पुग्याैं। सिमराकाे फ्लाइट लामाे समयदेखि किन डिले भइरहेकाे छ भनि यात्रुहरु ताकेता गरिरहेका थिए। सुरुमा हामी पनि अलमलमा पर्याैं। कतै यी सबै यात्रु पाेखरा जाने त हाेइनन्। केही अघि बढेपछि एक कर्मचारी हामी माझमा आए र कहाँकाे भनि साेधे?

पाेखरा हाे भनेपछि उनले हामीलाई भित्र पस्ने अनुमति दिए। अलमलमै परेकी जस्ताे लाग्ने एक युवती पनि हामीपश्चात् धावनमार्गतिर लाग्ने बसतर्फ अघि बढिन्। १० मिनेटपछि मात्र बस गुड्यो।

बुद्ध एयरकाे 'एटिआर ७२' विमान धावन मार्गमा तयारी अवस्थामा थियाे। बसकाे गेट त खाेलियाे तर झर्ने अनुमति दिइएन। विमान नजिकै क्रु मेम्बर सवार एक भ्यान आएर रोकियो। जसमा सवार थिए विमानका क्याप्टेन मनिस बस्नेत एन्ड कम्पनी।

सवा १ बजेको फ्लाइट भनेर हतारिँदै विमानस्थल छिरेको म सवा २ सम्म पनि विमान भित्र छिर्न पाएकै थिइनँ। मनमा हतारो थियो र बैचैनी पनि। धापनमार्गकाे चहलपहल नियाल्न थालें। अन्तरिक उडानका अन्य विमानहरुको आवतजावतको आवाजले बेला-बेला ध्यान खिचिरहेकाे तानिरहेकाे थियो।

यतिकैमा उनै क्याप्टेन बस्नेत ‘एटिआर ७२’ को पंखा हातले घुमाउँदै विमानको चारैतिर नियाल्न थाले। कस्तो प्रकारको चेकजाँच हाे याे? मनमा प्रश्न उठ्यो।

'प्राविधिक परीक्षण हुनुपर्छ', विमर्श र म मुखामुख गर्दै फिँस्स हास्याैं। बसकाे ढाेकानेर उभिएका हामी चालककाे निर्देशन पाउसाथ विमानतर्फ अघि बढ्याैं। विमान चढ्नुअघि केही सेल्फी  खिच्याैं। यसलाई केही अरुले पनि सिकाे गरे। प्राय: सामाजिक सञ्जालका भित्ताहरुमा यात्राका क्रममा अरुले पोस्ट्याउने सेल्फिमोडका विम्बहरुले मलाई झक्झक्याउनु पनि स्वभाविकै थियो।

केही राेमाञ्चक अनुभव र केही अपसोस, विमान उड्नुअघि नै मन कताकता उडिसकेकाे थियाे। किनकी हवाई यात्रा मेरा लागि राेमाञ्चाक अनुभव थियाे सायद कम यात्राकाे अनुभव बटुलेकाे भएर पनि हाेला। तर, जुनकर्म र उद्देश्यका लागि हिडेको थिँए, त्यो  भने पक्कै मन रमाउने खालकाे थिएन।

नमस्कार!

एयर हाेस्टेसकाे आवाज सुनेपछि झस्किएँ। उसाे त मलाई याे प्रकृया नियमित हाे भन्ने थाहा नभएकाे हाेइन।

स्नेही आवाज अनि शरीरभरि छरेकाे अत्तरको बासनाले मेरो ध्यान भंग गरिदियाे। सिट नम्बर ‘११ ए’ र ‘११ बी’ मा गएर बस्याैं।

यात्रु चढ्नेक्रम अझै सकिएको थिएन। 'बिहान हिउँ परेर कपडा बढी लगाएर आइयाे, अहिले भने गर्मी भयाे, एसी चलाउँ न?', हामीभन्दा २ सिट अघि बसेका एक युवाले भने। केही यात्रु पत्रिका पढ्नमा व्यस्त भए। कोही भने किन ‘डिले’ भएकाे भन्दै प्रश्न गरिरहेका थिए। हामी दुबैले भने यी सब दृश्य नियालिरहेका थियाैं।

विमान चढेकाे पनि १५ भन्दा बढी समय भइसकेकाे थियाे। अझै कति समय लाग्ने हो भन्दै हामी खासखुस गरिरहेका थियौं।

त्यतिकैमा गल्याङमल्याङ आवाज सुनियाे। के रहेछ भनेर फर्केर हेर्दा ७/८ जनाको टोली एकै पटक विमानमा छिर्दै थिए। एक वृद्धलाई पिठ्युँमा बोकेर हामी भएतिर आउँदै थिए एक व्यक्ति। पछिपछि केही महिलाहरु अर्की भावविह्वल एक महिलालाई सम्हालिरहेका थिए। पिडा, वेदना र भावविह्वल अनुहार तथा हुँक्क-हुँक्कको हृदायविदारक कर्कस आवाज, विमानभित्रकाे माहाेल एकाएक शान्त बन्याे। सन्नाटा छायो।

त्याे कर्कस आवाज खासमा अरु कसैको नभएर उनै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीकाे रहेछ। उनीहरुकाे बारेमा विमर्शले भनेपछि मात्रै थाहा पाएँ केहीबेरमा।

बिहीबार दिवंगत मन्त्री अधिकारीकाे शव शुक्रबार गृहनगर पोखरा ल्याइने भएपछि उनीहरु हामी सवार विमानमै गृहनगर फर्किन लागेका रहेछन्। संयोगले हाम्रो उद्देश्य र साेसँग जाेडिएका प्रमुख पात्रलाई एउटै फ्लाइट जुरेको रहेछ। रिपाेर्टिङका लागि पाेखराका मित्रहरु त्रुपक, अमृत सुवेदी, विकास मगरलगायतका मित्रलाई कल गरिरहेका विमर्श र मेरा लागि हाम्राे उद्देश्य प्राप्तिमा थप सहजता आएकाे महसुस भयाे।

मन्त्री अधिकारीका बुबाआमालाई हामीभन्दा ४ सिट अगाडि दुबैतर्फ राखिएकाे थियाे। उहाँहरुकाे साथमा एक-एक जना सहयाेगी बसेर आड दिइरहेका थिए। सायद परिवारका सदस्य हुनुपर्छ।

अघिसम्म विमान किन डिले भनेर प्रश्न गरिरहेकाे म यतिबेला भने अझै भएकाे भएपनि हुने भन्नेसम्मकाे मनस्थितिमा पुगेँ।

करीब २ः५५ को समयमा विमान चल्न सुरु गर्‍याे र धावन मार्गमा केही अघि बढेपछि फ्लाइटका लागि पालाे क्युमा बस्याे। यसबीचमा एयरहोस्टेसहरु यात्रुलाई सुरक्षा कसरी अपलाउने भन्ने सुझाउँदै थिए।

भलै विमानमा सार्वजनिक सवारीमा जस्तै लाउड स्पिकरमा गीत बजाइँदैन। कता-कता मलाई भने लागिरह्याे, यतिबेला सुरक्षा सावधानीका उपाय सुन्नु छैन। बरु एउटै आवाज सुनियाेस्-

मर्ने कसैलाई रहर हुँदैन, तर नमरेकाे प्रहर हुँदैन

भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन

(गजल- डा कृष्णहरि बराल, संगीत- गैरे सुरेश स्वर- प्रेम परियार)

अवस्था थियो नै त्यस्तै। मन्त्री अधिकारीका बुबाआमाको पुत्र शोकको भावभंगीमाले न मलाई विमानका गतिविधिमा रस पस्यो, नत धर्ती छाेडेर आकासमा सयर गर्दाकाे उत्साहले नै छोयो। मन एकाेहाेराे हुनथाल्याे। विमर्शसँग पनि संवाद टुट्याे। 

अन्य आफन्तका सुन्निएका आँखाका डिलहरुले पारिवारिक विछोडको वेदनालाई विमानभरी एक तमासले हिर्कारह्यो। अघिल्लो दिनको हवाई दुर्घटना र न्युज डेस्ककाे भीड र हतारबीचकै सन्नाटा मनमा याद आइरह्याे। त्यसभन्दा बढी एउटा अजंगकाे प्रश्न मेरा सामू रिंग्न थाल्याे- उडिरहेकाे विमान अचानक खस्दाकाे त्याे निमेषभरकाे समयमा दिवंगत ७ जनाकाे मनमा के खेलिरहेकाे थियाे हाेला?

३ बजेर २ मिनेटको समयमा पालाे आयाे। धावनमार्गमा विमानले गति बढायाे। वरिपरि पार्किङमा राखिएका अन्य विमान हेर्दाहेर्दै 'एटिआर ७२' ले धर्ती छाेड्याे। 

२५ मिनेटको समय थाेरै लाग्याे तर, १२ हजार ५ सय फिटको उचाई मेरा लागि थाेरै लागेन। डर र आशंका र राेमाञ्चकता एकैसाथ मनमा दगुर्न थाल्याे।

मेरा आँखा झ्याल बाहिर गए। काठमाडौं सहर बिस्तारै ओझेलिँदै गयाे। कंक्रिटकाे जंगलकाे सट्टा हरियाे वननै नजरमा पर्दैगयाे। आकाशमा कुहिरोका थुम्काहरुमा विमान लुकामारी गर्दैथियाे। 

त्याे २५ मिनेट मलाई मिश्रित अनुभव भयाे तर बुवा आमा र अधिकारी परिवारका लागि भने मात्रै गरुँगाे अनुभव भइरहेकाे सहजै अनुमान लगाउन सकिन्थ्याे।

विमान पाेखराकाे आकास हुँदै धर्तीमा ओर्लियाे।

केहीबेर अघिसम्म अँगालाेमा राखेर आड दिइरहेका उनै सहयाेगीले मन्त्री अधिकारीका बुबाआमालाई भावविह्वल अवस्थामै विमान बाहिर निकाले। उभिन गाह्रो भइरहेको थियो, आफन्तहरु साहारा दिइरहेका थिए। हुक्क-हुक्क स्वर सुनिइरहिएकै थियो। यता आफुलाई पनि मन थाम्न हम्मे-हम्मे भइरहेकाे थियो। तर, संकोच नमानी पत्रकारिताको धर्म निभाउन थाल्याै‌।

निलाे ज्याकेट, हरियाे रङकाे हाइनेक र पाइन्ट लगाएका ईन्द्र प्रसाद र राताे रङकाे पछ्याैरा, कलेजी स्वेटर र साडीमा रहेकी आमा लक्ष्मी अधिकारीलाई विमानस्थलमा तयारी अवस्थामा रखिएका छुट्टाछुट्टै सवारीमा राखियाे र पाेखरा-५, मालेपाटनस्थित आफ्नै निवासतर्फ लगियाे। केहीबेरकाे अलमलपछि हामी पनि उतैतर्फ लाग्याैं।

मालेपाटनस्थित विजुली अफिसअगाडि 'अक्षर मन्टेस्वरी’ जाने दिशा देखाइएकाे गल्लितर्फ हामी अगाडि बढ्याैं। करीब १ सय मिटर दूरी पार गरेपछि बाटाेछेउमा लस्करै पार्किङ गरिएका गाडीहरु, साेकाे व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी पनि देखिए। मानिसकाे भिडभएतिरै हामी पनि साेझिँयाै। हामीलाई मन्त्री अधिकारीकाे घर चिन्न मुश्किल भइरहेकाे थियाे। 

त्यहाँ पुग्दा परिवारजन, आफन्त, नेता कार्यकर्ता र शुभचिन्तकहरु सबै जम्मा भइसकेका थिए, साेकाकुल माहाेल थियाे तर मात्र रवीन्द्र अधिकारी थिएनन्।

त्यसपछि यहाँ क्लिक गर्नुहाेस्।

प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्