• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कठै! कृषिको पढाइ

64x64
नेपाल लाइभ बुधबार, फागुन ८, २०७५  ०८:३०
1140x725

बिहानै उठाएर मम्मीले मेरो निन्द्रा खराब गरिदिनुभो। अरे मम्मा, भर्खर ९ त बजेको हो, सुत्न दिनु न अझै एकाध घन्टा। न दैलो पोत्नुछ, न भाडा माझ्नुछ, न चिया पकाएर खुवाएर फेरि भातभान्सामा जोतिनुछ। न पानी भर्न जानुछ, न घाँस काट्न, न त दाउरा लिन नै। 

बुहारीलाई बिहानभरि सुत्ने आँट हाम्रो समाजमा अलि नआऊला। समाजले बुहारीलाई धेरैबेर सुतेको राम्रो मान्दैन। मेरो त त्यो हालत पनि छैन अहिलेलाई। अनि छिट्टै उठेर क्यार्नु मैले? पढ्नु? 

जोक नगर्नु न मम्मी। 

कृषिको विद्यार्थी पो हुँ त म। कृषिका विद्यार्थीले पनि पढ्छन् कहीँ? अरु देशमा पढ्लान्। पढाऊलान् पनि। नेपालमा चाँहि पढ्नै पर्दैन, जाँचको केही दिन अघिबाहेक। कोर्स पढाए पो पढ्नु। पास गरिदिएकै छु खुरुखुरु। पीर नगर्नु न मम्मा। 

कृषि क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा हिँड्दैछु। पढ्दैछु भन्नु भन्दा हिँड्दैछु भन्न उचित लाग्छ मलाई। हिँड्दैछु पनि कसरी भन्नु खै? ११ र १२ कक्षामा विज्ञान पढ्दाको समय, व्यस्तता। होमवर्क, प्राक्टिकल, जाँच, नोटबुक, रातोदिनको मेहनत सम्झँदा त मलाई उताको एक वर्ष यताको तीन वर्ष जस्तो लाग्छ। त्यता समय कसरी चिप्लिएर गयो, कुनै पत्तो नै पाइएन। यता एकएक सेकेन्ड गनेर वर्ष बित्छ। जाँच आउँदाका दुई महिनाबाहेक पूरै बेकामे बनेर। रित्तो, शून्य र उजाड बनेर। अमूल्य समय उपलब्धिविहीन बनेर गइरहेको खल्लो, टर्रो, अमिलो र नमिठो अनुभूत हुन्छ। दुई-चार दिन पढ्यो। भरसक नम्बर कमायो। न पुस्तकालय, न कक्षाकोठा, न व्यावहारिक अभ्यास, न केही न केही। पुराना डायरी र नोट रट्यो। भसक्कै नम्बर कमायो। पढ्ने अमूल्य समय गुमायो। कस्तो दिक्कलाग्दो जिन्दगी। 

क्याम्पस राजनीति गर्न खुल्छ। पढाउने गुरुहरुलाई निजी क्याम्पस धाएर यसो फुर्सद निस्केको बेलामा पार्ट टाइम पढाइ हुन्छ। त्यो पढाइचाहि बैकुण्ठ मानन्धरको म्याराथन दौडजस्तै हुन्छ।

वर्षमा म ६ महिना घरमै बस्छु। करिब दुई महिनाचाहिँ कलेजतिर हल्लिएर बित्छ। गर्नुपर्ने काम केही नभएपछि ९ बजेसम्म सुतेर बस्छु अनि मम्मीबाट घर खाने बेला भएकी छोरी... भन्दै कहिलेकाहीँ माया घोलिएको मिठो गाली खान्छु। यत्रो कृषि पढ्दै गरेकी छोरी, बालककालदेखि नै किताबमै घोप्टिएर पढ्ने, खाने छोरी सुतेको मात्रै देखेर आत्तिनुहुन्छ। 

घर खाने?! घर खाने भनेको सुन्दा मलाई झनक्क रिस उठ्छ। काम गरेर खाने, पढेर खाने, परेर खाने, गरेर खाने छोरी पो भन्नु। बुहार्तनवाला बुहारी बनेर घर खाने ? घर खाने कुरा छोडिदिऊँ। कृषि पढेर खाने कुरामै ध्यान केन्द्रित गर्न चाहन्छु। 

nimb
nimb
Ncell 2
Ncell 2

कृषिमा पढाइ होइन, राजनीति असाध्यै डरलाग्दोसँग घुलेको छ। कडा प्रतिस्पर्धामा नाम निकालेर ठूल्ठुला सपना साँचेर कृषि पढ्न क्याम्पस छिरेका विज्ञानका विद्यार्थीहरु भर्ना हुने बेलादेखि नै राजनीतिक खिचातानीको सिकार हुन्छन् र एकाध महिनामै मनबाट माटोको सुवास उडेका वञ्जर प्राणीजस्ता बन्छन्। क्याम्पस छिर्ने बेलामा पार्टीको नाम, देशको प्रधानमन्त्रीको नाम, राजतन्त्र, गणतन्त्र र प्रजातन्त्रको बारेमा समेत भेउ नपाएका मनभरि विज्ञान बोकेर बाँचेका निर्दोष प्राणीहरु एकाध महिनामै अनौठाअनौठा कुरा गर्ने नेतामा परिणत हुन्छन् र कृषिको पढाइ एकादेशको कथा बन्छ। वर्षमा छ महिना घरमा, दुई महिना थोत्रा नोट रटानमा। बाँकी समय राजनीतिमा।

कृषि पढ्ने विद्यार्थीमाझ एउटा भनाइ चर्चित छ- चारवर्षे भ्याकेसन। 

हो हामी कृषिमा स्नातक पढ्ने नाममा चारवर्षे बिदा मनाईरहेका छौं, मनाउन विवश छौं। विज्ञानको पढाइ आफैले मात्र पढ्छु भनेर हुँदैन। फिल्डमा व्यावहारिक अभ्यास गर्नुपर्यो। तर त्यो अभ्यास क्याम्पस परिसरभरि पलाएका घाँस वर्षमा एकपटक मज्जाले काट्नुमा सीमित छ भन्दा अन्यथा नहोला। अलिअलि प्राक्टिकल हुँदै नहुने त होइन। तर जति हुनुपर्ने हो, त्यो पटक्कै हुँदैन। न प्राक्टिकल गर्ने सामान छन्, न गुरुहरुलाई प्राक्टिकल गराउने फुर्सद छ। न पढ्नेहरुलाई पढ्ने फुर्सद नै। 

म्याराथन स्टाइलमा पढाइ दर्गुछ। पढ्नेले के पढिरहेछु थाहा नभएझैं, पढाउनेले के पढाइरहेछु थाहा नभएझैं अत्यासलाग्दो तरिकाले। १५-२० दिनको कर्मकाण्ड सकिएपछि सेमेस्टर सक्किगो।

क्याम्पस राजनीति गर्न खुल्छ। पढाउने गुरुहरुलाई निजी क्याम्पस धाएर यसो फुर्सद निस्केको बेलामा पार्ट टाइम पढाइ हुन्छ। त्यो पढाइचाहि बैकुण्ठ मानन्धरको म्याराथन दौडजस्तै हुन्छ। कहिलेकाहीँ त बिहान छ बजेदेखि साँझ छ बजेसम्म। पढाएको पढायै। कुदाएको कुदायै। कुन विषय पढिरहेको छु भन्ने भेउसमेत पाइन्नँ। फर्म भर्ने बेलामा विषयको नाम शुद्ध लेख्नुपर्यो नि। त्यतिबेला यस्सो विषयको नामको झल्को पाइन्छ। तर याद हुँदैन। जाँचको अघिल्लो दिनचाहि जाँच दिने विषयको नाम राम्ररी मेसो पाइन्छ। यो हदको दारुण अवस्था अरु कुनै विषयमा छैन होला। 

एक सेमेस्टरको पढाइ भनेको लगभग छ महिना। तीन महिना त क्याम्पस पूरै सुनसान रहन्छ। चौथो महिना लागेपछि क्याम्पसको दैलो अलिअलि उघ्रेजस्तो, होस्टेलतिर अलि चहलपहल भएजस्तो, गुरुहरुको पदचाप अलिअलि सुनिएजस्तो हुन्छ। हामी ९-१० बजेसम्म घरमै सुत्ने प्राणीहरु झोलातुम्बा बोकेर बिस्तारै क्याम्पसतिर झर्न थाल्छौं, गुरुहरुको अनुहार देख्न पाइन्छ कि, केही पढ्न पाइन्छ कि, केही सुन्न पाइन्छ कि भनेर। 

पाइन्छ। किन नपाइनु? अलिदिन मैले माथि भनेझैं म्याराथन स्टाइलमा पढाइ दर्गुछ। पढ्नेले के पढिरहेछु थाहा नभएझैं, पढाउनेले के पढाइरहेछु थाहा नभएझैं अत्यासलाग्दो तरिकाले। १५-२० दिनको कर्मकाण्ड सकिएपछि सेमेस्टर सक्किगो। त्यही पढाइ पनि पार्टीका र गुटका भेला, बैठक, तालिम, प्रशिक्षण आदि अनेक नाममा हामी विद्यार्थी मिलेर खलबल पारिदिन्छौं। कहिलेकाहीँ अनेक तनाव र उपध्रो हुन्छ हामीमाझ। अनि आधारातमा होस्टलबाट निकालिएर सडकमा पुग्छौं। 

केही दिनको अत्यासलाग्दो पढाइपछि सुरु हुन्छ आन्तरिक परिक्षा, प्राक्टिकल, फाइनल परीक्षा र भाइभाको अर्को अत्यासलाग्दो उपक्रम। पढाइ जे जस्तो भए पनि जाँचचाहिँ जाँच जस्तै हुन्छ। कडा र तगडा। पढ्ने कुराचाहिँ 'नाइन्टिन फाउन्टिन'का नोटबुक हुन्छ। त्यही नोटका पुराना डाटालाई नेटमा खोज्दै अपडेट गर्दै जसोतसो रातदिन रटान मारेपछि जाँच राम्रो बन्छ। पढाइको माहोल जति नै भद्रगोल भए पनि थोरै समयमा धेरै पढ्न सक्ने, खट्न सक्ने मेहनती विद्यार्थीका कारण कृषिको रिजल्ट प्राय: सबैको राम्रो आउँछ। मैले पनि जाँचमा चाहिँ सधैं राम्रो गरिरहेकी छु। यति भएपछि गुरुहरु पनि खुसी, अभिभावक पनि खुसी, हामी पनि किचिक्क खुसी। यो खुसीसँग देशको समग्र कृषि विकासको खुसी र कृषकको खुसी र देशको समृद्धिको खुसीचाहिँ दिनदिनै भत्किरहेको अमिलो अनुभूति हुन्छ। 

न पढाइ, न लेखाइ। न पढ्ने माहोल, न पढाउने माहोल। न प्राक्टिकल नै। कृषिको पढाइ आकाशे खेतीजस्तै चलिरहेको छ। भर्ना गर्ने बेलामा कडाइ गरिएकाले थोरै पढेर धेरै सजिलै पार लगाउन सक्ने विद्यार्थी भएका कारण नेपालको कृषिको पढाइ राम्रो छ भन्ने भ्रम परिरहेको छ।

कृषिको पढाइ 'वान नाइट फाइट'मा सीमित भइरहेको छ। अर्थात् जाँच दिनुभन्दा एक रातअगाडि जसले जति रट्न, घोट्न, पढ्न र बुझ्न सक्यो उही राम्रो। त्यो रात पढाइको लत्तो चिप्लियो भने बिग्रियो। प्राक्टिकल बडो अचम्मको हुन्छ। न कृषक बुझ्नुछ, न माटो, न बीउबिजन, न बिषादी, न किटाणु। थोत्रा प्राक्टिकलका ढड्डा सारेर सिंगो रात बिताए पनि प्राक्टिकल तयार हुन्छ। प्राक्टिकलका ढड्डा राम्रा बनाउने ज्ञान हामीले ११ र १२ पढ्दा राम्ररी सिक्न पाएका थियौं। त्यही ज्ञान बेचेर राम्रा अक्षर, राम्रा चित्रले ढड्डा भरेर बुझाएपछि प्राक्टिकलको खड्गो टर्छ। अनि भाइभा बेहोर्नुपर्छ लाइन लागेर। लाइन लाग्नेको हालत राहत थाप्नेको जस्तै हुन्छ। भाइभामा सोधिने प्रश्नहरु निकै गह्रुँगा हुन्छन्। तर हामी त्यस्ता सैद्धान्तिक र वैज्ञानिक प्रश्नलाई पनि नेता स्टाइलमा, भाषण स्टाइलमा झेल्न बेस्सरी सिपालु भइसकेका छौं। नेता स्टाइलमा प्राध्यापकसामु भाषण दिएर भाइभा पार लाग्छ। यो हालतमा पढाइ पार लाग्ने भएपछि ९ बजेसम्म नसुतेर भो? 

न पढाइ, न लेखाइ। न पढ्ने माहोल, न पढाउने माहोल। न प्राक्टिकल नै। कृषिको पढाइ आकाशे खेतीजस्तै चलिरहेको छ। भर्ना गर्ने बेलामा कडाइ गरिएकाले थोरै पढेर धेरै सजिलै पार लगाउन सक्ने विद्यार्थी भएका कारण नेपालको कृषिको पढाइ राम्रो छ भन्ने भ्रम परिरहेको छ। मौका पाउनासाथ राम्रो उन्नति-प्रगति गर्न सक्ने यो जनशक्तिलाई वर्षभरि रातोदिन पढाइमा घोटाउन सके, जोताउन सके, पुस्तकालयमा अल्झाउन सके, फिल्डमा खटाउन सके, कृषकसँग, मल, बिउबिजन, औजार र उपकरणसँग घुलमिल गराउन सके कृषिको पढाइले नेपालको कृषि विकासमा राम्रो योगदान दिन सक्ने थियो। त्यसो नहुनुमा विद्यार्थी, शिक्षक, अभिभावक, विश्वविद्यालय र राजनीतिक दल सबैको साझा दोष छ। हामी त पढ्ने कुनै मौका नै नपाईकन कृषिविद् बन्ने भयौं। हामी पछाडिका भाइबहिनीको पढाइमा यसरी घुनपुत्ला नलागोस्। 

(रेजिना त्रिभुवन विश्वविद्यालयमा कृषि विज्ञान विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।)

प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्