• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

फ्ल्यासब्याकमा एउटा नाम

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १७:१४
1140x725

मनु ब्राजाकी...।

'मनु ब्राजाकीको वास्तविक नाम के हो?' मनु ब्राजाकीको वास्तविक नाम चेतमानसिंह भण्डारी हो। कतै फेरि पढ्छु, ब्राजाकीको खास नाम चेतनमान सिंह भण्डारी हो।

म र मेरो पुस्ताले सामान्य ज्ञानका प्रत्येक पुस्तकमा यो प्रश्न पढेरै हुर्किएका हौँ। लोकसेवा तयारीका लागि घरमा दाजुदिदीले किनेका सामान्य ज्ञानका हरेक पुस्तकमा ‘साहित्यकार मनु ब्राजाकीको खास नाम के हो?’ भन्ने प्रश्न अटाएकै हुन्थ्यो।

यसरी मेरो बालशुलभ मष्तिकमा कहिल्यै नभुल्ने गरी एउटा नाम अटेर बस्छ। क्रमशः समयको उकालोमा यो नामसित म पटकपटक ठोकिन पुग्छु। तर, समान्य ज्ञानले सामान्य कुरा ख्यालै गर्दैन। ब्राजाकी सरको नाम त चेतमान पो हो। बित्थामा 'न' जोडेर चेतनमान बनाइदिरहन्छ। म झोक्किरहन्छु। 

मेरा ‘वान एण्ड अन्लीे’ मामाश्रीको नाम पनि चेतराज हो। चेतमान वा चेतराज, यस्तो अनौठो स्वरको नाम पनि मेरा लागि बाल्यकालमै प्रेमिल नाम बन्न पुग्छ। आज यो लेख लेख्न बस्दा यी दुवै प्रिय नामहरू भौतिक रुपमा नभएको थाहा पाएर म केहीक्षण सोचमग्न बन्छु। एक्लो महसुस गर्छु।
००० 

कथा पढ्न सक्ने  र कथा पढ्ने बानी लागेपछि  घरमा भएका ‘मधुपर्क’ र ‘समकालीन साहित्य’का पुराना अंकमा पनि म पटकपटक मनु ब्राजाकीलाई भेट्छु। यही क्रममा मैले उनको मास्टरपिस कथा ‘तिम्री स्वास्नी र म’ पढ्न पुग्छु। म कथा बुझ्दिनँ र आफैंसित झोकिन्छु। फेरि पढ्छु फेरि बुझ्दिनँ। आखिर यति सुन्दर कथा बुझ्न मैले उमेरका उन्नाइस वसन्त पार गर्नैपर्यो। 

मनु ब्राजाकी र उनको समय मैले देख्ने कुरै भएन। उनको नाति पुस्ताको मैले उनलाई भेट्ने, कुरा गर्ने समयमा ब्राजाकी बिरामी परे। मैले अन्तवार्ता गर्ने वा फिचर लेख्ने बेलामा पनि उनी कहिले अमेरिकातिर रहे। अन्नतः मैले आफ्ना यी विलभ्ड स्टोरी टेलरलाई वान टु वान भेट्न सकिनँ। (र भेट्न नसकेकोमा खुसी नै लागेको छ।) ब्राजाकीको ‘गुरु चेला र माकुराको जालो’ कथा त मैले किताब किन्न गएकै पसलमा बसेर पढिसकेको थिएँ।

एकचोटी त दसैंको नवमीको बेला रुघा लागेर सुतेर बसिरहेको थिएँ। घरमा खसी काट्ने तयारी भरहेको थियो। मचाहिँ कोठाभित्र मनु ब्राजाकीको लामा कथाहरू पढीसक्ने ध्याउन्नमा थिएँ। एक्कासी घरमा मलाई काम नसघाएको आरोप आउँछ। र म कथाको किताब बोकेर बगैँचातिर हिँडिदिन्छु।

Ncell 2
Ncell 2
nimb
nimb

त्यो दसैं पनि आखिर त्यसरी नै बित्छ। यसरी कथा पढ्ने मेरो मेरो अभीप्साले मनु ब्राजाकी  मेरो लागि सबैभन्दा निकटका कथाकार बन्न पुग्छन्। अनि ब्राजाकी भन्ने लयदार नाममा म आफ्नोपनको महसुस गर्न थाल्छु। साथीभाइ, साहित्य सर्कल जताततै म शानका साथ यो नाम लिएर हिँड्छु।
०००

माथिका सबै घटनाहरू मेरा स्मृति हुन्। धेरै वर्षअघिबाट जोडिँदै जोडिँदै आएका।

एक वर्षअघि–

मैले मनु ब्राजाकी बिरामी भएको बखर थाहा पाएँ। त्यही दिन फेसकबुकबाट उनी पाटन अस्पतालमा रहेको पनि थाहा पाएँ। भोलिपल्ट ब्राजाकी बिरामी भएको खबर मिडियाहरुमा आए। म पनि आफ्नो अफिस पुगेर त्यही खबर फोन गरेर बुझेँ र समाचार लेख्न थालेँ । साहित्यमा रुचि राख्ने मानिसले यो खबर छाप्नुपर्छ भन्ने कर्तव्यले मलाई हिर्काएकोले म जतिसक्दो छिटो समाचार लेख्न थालेँ। 

Xtrem

Xtrem

तर, मेरो सेक्सनका हाकिमले आक्रोशको शैलीमा भने, ‘को हो यो ब्राजाकी–स्राजाकी भनेको?’ 

अहो, यो त छाप्न नहुने समाचार पो रहेछ भनेर म चुप लागिरहेँ।

यो घटना भएको एक महिनापछिको कुरा हो। म त्यो दिन भर्खरै अफिस आइपुगेको मात्रै थिएँ। हाकिम चुपचाप बसिरहेका थिएँ। उनले फेरि गाली गर्ने हुन् कि भनेर म डराएँ। तर, उनले त मलिनो स्वरमा भने, ‘भाइ मनु ब्राजाकी त बितेछन्, सबैले मुख्य समाचारजस्तै बनाएका छन्। हामीले पनि अलि ठूलो समाचार हाल्नुपर्यो रे।’

मृत्युको खबरले मलाई त्यति ठूलो प्रहार गरेन। किनकि, यो अत्प्रत्याशित थिएन। तर, भेट्न जान नपाएकोमा भने मलाई थकथकी लागिरह्यो। मैले त्यो दिन खाना खाएको थिइनँ। बसेर लामो फिचरजस्तो बनाएँ अनि केही कवि मित्रहरू भेट्न भृकुटीमण्डप आएँ। मलाई यो दिन पनि हाकिमको बोली अचम्मकै लागिरह्यो।

ब्राजाकीको मृत्युपछि उनलाई धेरै आत्मीय साथीभाइ, शुभचिन्तक र पाठकले लेखरचना, श्रदाञ्जलीबाट सम्झिरहे। सबै मिडियाले खबरलाई सम्प्रेषित गरे।

पछि मैले त्यो अफिस छाडेँ। ती दाइ उमेरका हाकिमसँग त्यसपछि भेटेको छैन। तर, पनि स्मृतिका पर्दामा कसैले चिनेर होस् वा नचिनेर, चिनेर पनि वास्ता नगर्दै कुनै सृजनशील र प्रज्ञासम्पन्न बिरामी मानिसलाई हेयले बोलेको सम्झेर अँध्यारो महसुस गर्छु। कसैले मर्यादाको सीमा नाघेको देख्दा आफैं प्रताडित हुन्छु।
०००

बाल्यकालदेखि नै अनेका प्रसंगमा जोडिएर आउने उही प्रिय कथाकार मनु ब्राजाकीको पहिलो स्मृतिदिवसमा यो खेस्रा लेखेँ। आखिर स्मृतिका सानासाना हिर्काइले त मानिसको मस्तिष्क गतिशील बन्दोरहेछ। 

आदरणीय मनु ब्राजाकीप्रति हार्दिक श्रद्धाञ्जली! 

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्