पोखरा- ग्रामीण परिवेश। शिक्षा दिने विद्यालयको कमी हुनु त कथा भइहाल्यो। त्यसमाथि संखुवासभाको उपल्लो गाविस। त्यहीँ जन्मे-हुर्केका हुन्, पर्यटन व्यवसायी प्रेम राई।
उनका उमेरका साथीभाइ टाढाको स्कुल पढ्थे। राई भने आमासँग गोठालो बनेर जंगल जान्थे। गाईबाख्राका पुच्छर समाएर गाउँगाउँ डुलिहिँड्थे, उनी। वनमा गएकै बेला चराका गीत सुन्थे। खस्दै गरेका पातपतिङ्गरका नृत्य हेर्थे र आकाशमा किरिङमिरिङ बादलको अक्षर पढ्थे। घाम पढ्थे, जून पढ्थे।
घामजूनको चाल हेरेरै समय भन्न सक्ने थारै मानिसभित्र पर्छन् उनी। घामजूनको चालमा समय थाहा पाउने जति मानिस देख्छन् वा भेट्छन्, ती सबै आफ्नैजस्तो बाल्यकाल बाँचेर आएका हुन् भन्ने लाग्छ प्रेमलाई।
साथीभाइ धमाधम स्कुल जान थालेपछि प्रेमलाई पनि स्कुल जाने रहरले च्याप्यो। आमासँग झगडा गरेरै भएपनि गाउँभन्दा टाढाको स्कुलमा पढ्न गए। पढे पनि। ८ कक्षासम्म पुगे।
कक्षा ८ पुगेपछि पहिलो पटक अंग्रेजीका अक्षरसँग साक्षात्कार गरे उनले। संखुवासभाको सबैभन्दा विकट गाउँ तत्कालीन ताम्खुवा गाविसमा पर्छ उनको घर। गाउँभन्दा माथि अर्को गाउँ छैन। सानोमा गाउँभन्दा परको स्कुलमा २ विषय, नेपाली र अंग्रेजीमात्रै पढेका थिए। जब कक्षा ८ मा पुगे अंग्रेजी विषयमा पढे राईले।
त्यसमाथि नेपाली र गणित। त्यतिबेला आफूलाई पढ्न निकै अफ्ठेरो भएको उनी सुनाउँछन्।
अंग्रेजी शिक्षाको पहिलो पाइला
अंग्रेजी विषय, नेपाली मातृभाषाभन्दा माइलौं दुर देशको राष्ट्रिय भाषा। पढिआएको र चिनिआएको विषयभन्दा फरक। त्यसमाथि गाउँले राईको छोरो। नेपाली पनि राम्रो बोल्न नजानेको उनलाई अंग्रेजी कताकता मन नपर्ने विषय भयो।
राईलाई जे गर्दा पनि दिमागमा अंग्रेजी भूत नपसेपछि पढ्दा कक्षामै निदाउन थाले। शिक्षकले सम्झाउँदा पनि टेरेनन् । यो गर्दा पनि भएन, त्यो गर्दा पनि भएन। उपाय थियो– पढाइ नै छोड्नु।
तर, त्यसो गर्ने मौका नै पाएनन्।
कसैले उनलाई ‘पोखरामा भारी बोक्न काम पाइन्छ’ भन्ने सुनाइदिएछ। उनी हान्निए पोखरा। त्यसबेला उनको जेठो छोरा जन्मिइसकेको थियो।
एकदिन कक्षामा अंग्रेजी पढाउने शिक्षक आएछन्। उनी त्यसबाट मुक्त हुने उपाय सोच्दै थिए। त्यही बेला मास्टरले अंग्रेजी भाषा जान्नुको मुख्य फाइदा विद्यार्थीलाई सुनाइदिए। शिक्षकले भनेका रहेछन्, ‘अंग्रेजी पढेपछि गोरासँग बोल्न सकिन्छ, गाइड भयो भने टन्नै पैसा कमाउन सकिन्छ।’
८ कक्षा पढ्दासम्म गाउँमा उनले ‘गोरा’ मान्छेको अनुहार देखेका थिएनन्। तर, अंग्रेजी विषयका शिक्षकले प्रयोग गरेको 'गोरा' शब्द र टन्नै पैसा'ले उनलाई यसरी छोयो कि उनको जिन्दगीको लक्ष्य नै फेरियो।
त्यसपछि उनको जीवनले नयाँ मोड लियो।
गोरासँग बोल्न र भेट्न पाइन्छ, पैसा पनि कमाइन्छ भन्ने खुसीले नै उधुम पढ्न थाले, अंग्रेजी। अहिले सम्झन्छन्, ‘सरले ट्रेकिङ गाइड भनेपछि मनमा त्यसै केही कुरा पाएजस्तो भयो। त्यसैदिनदेखि अंग्रेजी ध्यान लगाएर पढ्न थालेँ।’
त्यतिबेला टेस्टसम्म पढ्ने र त्यही नै उच्च शिक्षा भन्ने अघोषितजस्तै थियो गाउँको नियम। राई पनि एसएलसी कटाउन सकेनन्। उनको उच्च शिक्षाको रहर त्यहीं टुंगियो।
त्यसपछि बिहे गरे। छोरा जन्मियो। उनी उसैलाई हुर्काउन थाले।
पर्यटन व्यवसायीको पहिलो पाइला
गरिबमा पनि अति गरिब थियो राईको परिवार। त्यसमाथि बिहेवारी भइसकेपछि खर्चको आकार पनि बढ्यो। आफूलाई २ दिन पुग्ने खर्च एकदिनमै सकिन थाल्यो र एकदिन पुग्ने खर्च केही घन्टामै। तनावले उनको जिन्दगीमा बास माग्न आइपुग्यो।
कसैले उनलाई ‘पोखरामा भारी बोक्न काम पाइन्छ’ भन्ने सुनाइदिएछ। उनी हान्निए पोखरा। त्यसबेला उनको जेठो छोरा जन्मिइसकेको थियो।
उनी पर्यटकका भरिया बनेर मुस्ताङ पुगे, पहिलो पटक हवाईजहाज चढेर। त्यसपछिका दिनमा फाटफुट काम पाउन थाले। अंग्रेजी भाषा सिके। आफूसँग घुमेका पर्यटकलाई प्रभावित पारे।
‘पोखरा आइयो भारी बोक्न,’ उनी सम्झन्छन्, ‘पोखराको क्षेत्रमा घान्द्रुक पुगेर होटलमा काम गर्न थालेँ। भाडा माझ्दै कुइरेहरुको भारी पनि बोक्न थालेँ।’
यो उनको जीवनको अंक गणितमा १४ वर्षअघिको कुरा हो।
कमाइ दिनको ६० रुपैयाँ चानचुन हुन्थ्यो। तर, उनको सपना राम्रो पथप्रदर्शक बन्ने नै थियो। ‘सानोमा सरले टुरिस्ट गाइड शब्द मेरो दिमागमा भरिदिनु भाथ्यो, म त्यही बन्न चाहन्थेँ,’ त्यतिबेला आफ्नै साथीभाइले नपत्याएको अनुभव सुनाउँछन्, ‘त्यहाँ सँगै काम गर्ने साथीभाइलाई पछि म पनि टुरिस्ट गाइड हुन्छु भन्दा मेरो अनुहार हेर्दै हाँस्थे।’
घान्द्रुक क्षेत्रमा राम्रो कमाइ नभएपछि काठमाडौं गएर कुनै ठूलो ट्रेकिङ एजेन्सीमा छिर्ने सपना पाले। आफूसँग भएका सरसामान बोकेर पोखरा त हान्निए।
बिडम्बना! पोखरा आउँदा नआउँदै पैसा सकियो। र पोखरामै बास भयो। पोखरामा पैसा कमाउँला र काठमाडौं जाउँला भन्दै सोच्दै ट्रेकिङ एजेन्सीहरुमा भरियाको काम खोज्न थाले, कसैले पत्याएनन्। ‘कसैले काम दिएनन्, अनि कुल्ली काम गर्न थालेँ,’ उनी सुनाउँछन्, ‘कुल्ली काम गर्दा पनि दिनमा एकपटक त कुनै न कुनै ट्रेकिङ कम्पनीमा पुगेकै हुन्थेँ।’
यसरी प्रत्येक दिन ट्रेकिङ एजेन्सीका ढोकाढोका चहार्दा एकदिन पोखराकै थ्री सिस्टर्स नेपालले विश्वास गर्यो। उनी पर्यटकका भरिया बनेर मुस्ताङ पुगे, पहिलो पटक हवाईजहाज चढेर। त्यसपछिका दिनमा फाटफुट काम पाउन थाले। अंग्रेजी भाषा सिके। आफूसँग घुमेका पर्यटकलाई प्रभावित पारे। खुसी बनाएर नेपालबाट बिदाइ गरे। बाँकी समय कुल्फी बेचेर लेकसाइड लेकसाइड घुमे। त्यतिबेलासम्म चर्चित भरिया भइसकेका थिए, उनी।
सन् २००८ तिर उनले ‘प्रेम राई ट्रेक्स’ नामको वेबसाइट र जिमेल खोले। तर, प्रयोग गरेनन्। आफ्नै काममा व्यस्त भए। नेपालमा उनीसँग घुमेका पर्यटकले फेरि उनलाई नै खोज्न थालेछन् इन्टरनेटमा। उनी भेटिए। एकदिन उनले जिमेलमा मेल आएको देखे। सिंगापुरको एउटा जोडीको जिमेल थियो त्यो। सम्झन्छन्, ‘तिमीसँग घुम्न चाहन्छौं कतिमा प्याकेज दिन्छौ? भनेर सोधेका रहेछन्। बाहिरको रेट १० डलर रहेछ। मैले १५ डलर मागेँ।’ त्यतिबेला जानेकथेको सबै अंग्रेजी प्रयोग गरेर रिप्लाई दिएको सुनाउँछन्, उनी।
उनले नयाँ पदमार्गको खोज गर्दै पर्यटकलाई कसरी नेपालमै धेरै दिन राख्न सकिन्छ भन्ने विषयमा किताब पनि लेखे ‘ट्रेकिङ द अन्नपूर्ण सर्किट।’ किताब पर्यटकबीच चर्चा पायो।
हप्तादिन बितिसक्दा पनि मेलको रिप्लाई आएन। निराश भए उनी। तर, अर्को हप्ता मेल आयो। लेखिएको थियो, ‘सरी प्रेम यू आर सो एक्सपेन्सिभ देन अर्दर। वी फाउन्ड अर्डर।’ त्यसपछि उनले जानेको अंग्रेजी शब्द थ्यांक यू भनेर शुभकामनासहितको मेल रिप्लाई गरे। केही दिनपछि फेरि मेल आयो । उनीहरु प्रेमसँगै घुम्ने जिद्दी गरे र बदलामा प्याकेज मूल्य मिलाउन भने।
‘मैले मिलाउन सक्दिनँ। तपाईंहरु आफैं भन्नुस्, कतिमा जाने? भनेँ,’ उनी व्यवसायको पहिलो अनुभव सुनाउँछन्, ‘उनीहरुले १५ डलरबाट १२ डलरमा जान्छौं भने। मैले नमान्ने कुरै थिएन।’
उनीहरुलाई पूरै सन्तुष्टि दिएर पठाए सिंगापुर। त्यसपछि उनीहरुले नै प्रेम राईलाई पर्यटक मिलाइदिन थाले। अफिस नखोलेर नै भकाभक व्यापार गर्न थालेपछि बीचमा अन्य पर्यटन व्यवसायीको चेपुवामा पनि परे।
तर, हिम्मत हारेनन्। लाइसेन्स निकाले। कम्पनी नै दर्ता गरे। श्रीमतीलाई स्पाको तालिममा पठाए। र, उनी पर्यटकसँग डाँडाकाँडा घुमिरहे। त्यसबीचमा उनले नयाँ पदमार्गको खोज गर्दै पर्यटकलाई कसरी नेपालमै धेरै दिन राख्न सकिन्छ भन्ने विषयमा किताब पनि लेखे ‘ट्रेकिङ द अन्नपूर्ण सर्किट।’ किताब पर्यटकबीच चर्चा पायो। अहिले किताबको चौथो संस्करण तयार गरिरहेको सुनाउँछन् उनी।
अहिले उनको आफ्नै ट्रेकिङ एजेन्सी छ, मालिक बनेका छन्। २५ जनालाई प्रत्यक्ष रोजगार दिएका छन्। बेलाबेला एक्लै घुम्न निस्कन्छन्, नयाँ ट्रेकिङ ट्रायल खोज गरिरहन्छन्।
‘पछि लालुपाते पदमार्ग खोल्ने तयारीमा छु,’ उनी सुनाउँछन्, ‘यत्ति भएपछि विदेशमा साना गमलामा देखेको पर्यटकले जंगलभरि रातै फुलेको देखे भने अचम्मित हुन्छन्, अनि नेपालमा उनीहरुको बसाइ लम्बिन्छ।’
पर्यटकलाई आधुनिकभन्दा नेपाली मौलिकता देखाउन सके खुसी हुने उनको सूत्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।