• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भारी बोक्न पोखरा आएका प्रेम, यसरी बने पर्यटन व्यवसायी

64x64
नेपाल लाइभ शनिबार, पुस २१, २०७५  १०:१०
1140x725

पोखरा- ग्रामीण परिवेश। शिक्षा दिने विद्यालयको कमी हुनु त कथा भइहाल्यो। त्यसमाथि संखुवासभाको उपल्लो गाविस। त्यहीँ जन्मे-हुर्केका हुन्, पर्यटन व्यवसायी प्रेम राई। 

उनका उमेरका साथीभाइ टाढाको स्कुल पढ्थे। राई भने आमासँग गोठालो बनेर जंगल जान्थे। गाईबाख्राका पुच्छर समाएर गाउँगाउँ डुलिहिँड्थे, उनी। वनमा गएकै बेला चराका गीत सुन्थे। खस्दै गरेका पातपतिङ्गरका नृत्य हेर्थे र आकाशमा किरिङमिरिङ बादलको अक्षर पढ्थे। घाम पढ्थे, जून पढ्थे।

घामजूनको चाल हेरेरै समय भन्न सक्ने थारै मानिसभित्र पर्छन् उनी। घामजूनको चालमा समय थाहा पाउने जति मानिस देख्छन् वा भेट्छन्, ती सबै आफ्नैजस्तो बाल्यकाल बाँचेर आएका हुन् भन्ने लाग्छ प्रेमलाई।

साथीभाइ धमाधम स्कुल जान थालेपछि प्रेमलाई पनि स्कुल जाने रहरले च्याप्यो। आमासँग झगडा गरेरै भएपनि गाउँभन्दा टाढाको स्कुलमा पढ्न गए। पढे पनि। ८ कक्षासम्म पुगे। 

कक्षा ८ पुगेपछि पहिलो पटक अंग्रेजीका अक्षरसँग साक्षात्कार गरे उनले। संखुवासभाको सबैभन्दा विकट गाउँ तत्कालीन ताम्खुवा गाविसमा पर्छ उनको घर। गाउँभन्दा माथि अर्को गाउँ छैन। सानोमा गाउँभन्दा परको स्कुलमा २ विषय, नेपाली र अंग्रेजीमात्रै पढेका थिए। जब कक्षा ८ मा पुगे अंग्रेजी विषयमा पढे राईले।

त्यसमाथि नेपाली र गणित। त्यतिबेला आफूलाई पढ्न निकै अफ्ठेरो भएको उनी सुनाउँछन्।

अंग्रेजी शिक्षाको पहिलो पाइला
अंग्रेजी विषय, नेपाली मातृभाषाभन्दा माइलौं दुर देशको राष्ट्रिय भाषा। पढिआएको र चिनिआएको विषयभन्दा फरक। त्यसमाथि गाउँले राईको छोरो। नेपाली पनि राम्रो बोल्न नजानेको उनलाई अंग्रेजी कताकता मन नपर्ने विषय भयो।

राईलाई जे गर्दा पनि दिमागमा अंग्रेजी भूत नपसेपछि पढ्दा कक्षामै निदाउन थाले। शिक्षकले सम्झाउँदा पनि टेरेनन् । यो गर्दा पनि भएन, त्यो गर्दा पनि भएन। उपाय थियो– पढाइ नै छोड्नु। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, त्यसो गर्ने मौका नै पाएनन्।

कसैले उनलाई ‘पोखरामा भारी बोक्न काम पाइन्छ’ भन्ने सुनाइदिएछ। उनी हान्निए पोखरा। त्यसबेला उनको जेठो छोरा जन्मिइसकेको थियो। 

एकदिन कक्षामा अंग्रेजी पढाउने शिक्षक आएछन्। उनी त्यसबाट मुक्त हुने उपाय सोच्दै थिए। त्यही बेला मास्टरले अंग्रेजी भाषा जान्नुको मुख्य फाइदा विद्यार्थीलाई सुनाइदिए। शिक्षकले भनेका रहेछन्, ‘अंग्रेजी पढेपछि गोरासँग बोल्न सकिन्छ, गाइड भयो भने टन्नै पैसा कमाउन सकिन्छ।’ 

८ कक्षा पढ्दासम्म गाउँमा उनले ‘गोरा’ मान्छेको अनुहार देखेका थिएनन्। तर, अंग्रेजी विषयका शिक्षकले प्रयोग गरेको 'गोरा' शब्द र टन्नै पैसा'ले उनलाई यसरी छोयो कि उनको जिन्दगीको लक्ष्य नै फेरियो। 

त्यसपछि उनको जीवनले नयाँ मोड लियो। 

गोरासँग बोल्न र भेट्न पाइन्छ, पैसा पनि कमाइन्छ भन्ने खुसीले नै उधुम पढ्न थाले, अंग्रेजी। अहिले सम्झन्छन्, ‘सरले ट्रेकिङ गाइड भनेपछि मनमा त्यसै केही कुरा पाएजस्तो भयो। त्यसैदिनदेखि अंग्रेजी ध्यान लगाएर पढ्न थालेँ।’ 

त्यतिबेला टेस्टसम्म पढ्ने र त्यही नै उच्च शिक्षा भन्ने अघोषितजस्तै थियो गाउँको नियम। राई पनि एसएलसी कटाउन सकेनन्। उनको उच्च शिक्षाको रहर त्यहीं टुंगियो। 

त्यसपछि बिहे गरे। छोरा जन्मियो। उनी उसैलाई हुर्काउन थाले। 

पर्यटन व्यवसायीको पहिलो पाइला 
गरिबमा पनि अति गरिब थियो राईको परिवार। त्यसमाथि बिहेवारी भइसकेपछि खर्चको आकार पनि बढ्यो। आफूलाई २ दिन पुग्ने खर्च एकदिनमै सकिन थाल्यो र एकदिन पुग्ने खर्च केही घन्टामै। तनावले उनको जिन्दगीमा बास माग्न आइपुग्यो। 

कसैले उनलाई ‘पोखरामा भारी बोक्न काम पाइन्छ’ भन्ने सुनाइदिएछ। उनी हान्निए पोखरा। त्यसबेला उनको जेठो छोरा जन्मिइसकेको थियो। 

उनी पर्यटकका भरिया बनेर मुस्ताङ पुगे, पहिलो पटक हवाईजहाज चढेर। त्यसपछिका दिनमा फाटफुट काम पाउन थाले। अंग्रेजी भाषा सिके। आफूसँग घुमेका पर्यटकलाई प्रभावित पारे।

‘पोखरा आइयो भारी बोक्न,’ उनी सम्झन्छन्, ‘पोखराको क्षेत्रमा घान्द्रुक पुगेर होटलमा काम गर्न थालेँ। भाडा माझ्दै कुइरेहरुको भारी पनि बोक्न थालेँ।’ 

यो उनको जीवनको अंक गणितमा १४ वर्षअघिको कुरा हो। 

कमाइ दिनको ६० रुपैयाँ चानचुन हुन्थ्यो। तर, उनको सपना राम्रो पथप्रदर्शक बन्ने नै थियो। ‘सानोमा सरले टुरिस्ट गाइड शब्द मेरो दिमागमा भरिदिनु भाथ्यो, म त्यही बन्न चाहन्थेँ,’ त्यतिबेला आफ्नै साथीभाइले नपत्याएको अनुभव सुनाउँछन्, ‘त्यहाँ सँगै काम गर्ने साथीभाइलाई पछि म पनि टुरिस्ट गाइड हुन्छु भन्दा मेरो अनुहार हेर्दै हाँस्थे।’

घान्द्रुक क्षेत्रमा राम्रो कमाइ नभएपछि काठमाडौं गएर कुनै ठूलो ट्रेकिङ एजेन्सीमा छिर्ने सपना पाले। आफूसँग भएका सरसामान बोकेर पोखरा  त हान्निए।

बिडम्बना! पोखरा आउँदा नआउँदै पैसा सकियो। र पोखरामै बास भयो। पोखरामा पैसा कमाउँला र काठमाडौं जाउँला भन्दै सोच्दै ट्रेकिङ एजेन्सीहरुमा भरियाको काम खोज्न थाले, कसैले पत्याएनन्। ‘कसैले काम दिएनन्, अनि कुल्ली काम गर्न थालेँ,’ उनी सुनाउँछन्, ‘कुल्ली काम गर्दा पनि दिनमा एकपटक त कुनै न कुनै ट्रेकिङ कम्पनीमा पुगेकै हुन्थेँ।’

यसरी प्रत्येक दिन ट्रेकिङ एजेन्सीका ढोकाढोका चहार्दा एकदिन पोखराकै थ्री सिस्टर्स नेपालले विश्वास गर्‍यो। उनी पर्यटकका भरिया बनेर मुस्ताङ पुगे, पहिलो पटक हवाईजहाज चढेर। त्यसपछिका दिनमा फाटफुट काम पाउन थाले। अंग्रेजी भाषा सिके। आफूसँग घुमेका पर्यटकलाई प्रभावित पारे। खुसी बनाएर नेपालबाट बिदाइ गरे। बाँकी समय कुल्फी बेचेर लेकसाइड लेकसाइड घुमे। त्यतिबेलासम्म चर्चित भरिया भइसकेका थिए, उनी।

सन् २००८ तिर उनले ‘प्रेम राई ट्रेक्स’ नामको वेबसाइट र जिमेल खोले। तर, प्रयोग गरेनन्। आफ्नै काममा व्यस्त भए। नेपालमा उनीसँग घुमेका पर्यटकले फेरि उनलाई नै खोज्न थालेछन् इन्टरनेटमा। उनी भेटिए। एकदिन उनले जिमेलमा मेल आएको देखे। सिंगापुरको एउटा जोडीको जिमेल थियो त्यो। सम्झन्छन्, ‘तिमीसँग घुम्न चाहन्छौं कतिमा प्याकेज दिन्छौ? भनेर सोधेका रहेछन्। बाहिरको रेट १० डलर रहेछ। मैले १५ डलर मागेँ।’ त्यतिबेला जानेकथेको सबै अंग्रेजी प्रयोग गरेर रिप्लाई दिएको सुनाउँछन्, उनी।

उनले नयाँ पदमार्गको खोज गर्दै पर्यटकलाई कसरी नेपालमै धेरै दिन राख्न सकिन्छ भन्ने विषयमा किताब पनि लेखे ‘ट्रेकिङ द अन्नपूर्ण सर्किट।’ किताब पर्यटकबीच चर्चा पायो।

हप्तादिन बितिसक्दा पनि मेलको रिप्लाई आएन। निराश भए उनी। तर, अर्को हप्ता मेल आयो। लेखिएको थियो, ‘सरी प्रेम यू आर सो एक्सपेन्सिभ देन अर्दर। वी फाउन्ड अर्डर।’ त्यसपछि उनले जानेको अंग्रेजी शब्द थ्यांक यू भनेर शुभकामनासहितको मेल रिप्लाई गरे। केही दिनपछि फेरि मेल आयो । उनीहरु प्रेमसँगै घुम्ने जिद्दी गरे र बदलामा प्याकेज मूल्य मिलाउन भने। 

‘मैले मिलाउन सक्दिनँ। तपाईंहरु आफैं भन्नुस्, कतिमा जाने? भनेँ,’ उनी व्यवसायको पहिलो अनुभव सुनाउँछन्, ‘उनीहरुले १५ डलरबाट १२ डलरमा जान्छौं भने। मैले नमान्ने कुरै थिएन।’ 

उनीहरुलाई पूरै सन्तुष्टि दिएर पठाए सिंगापुर। त्यसपछि उनीहरुले नै प्रेम राईलाई पर्यटक मिलाइदिन थाले। अफिस नखोलेर नै भकाभक व्यापार गर्न थालेपछि बीचमा अन्य पर्यटन व्यवसायीको चेपुवामा पनि परे।

तर, हिम्मत हारेनन्। लाइसेन्स निकाले। कम्पनी नै दर्ता गरे। श्रीमतीलाई स्पाको तालिममा पठाए। र, उनी पर्यटकसँग डाँडाकाँडा घुमिरहे। त्यसबीचमा उनले नयाँ पदमार्गको खोज गर्दै पर्यटकलाई कसरी नेपालमै धेरै दिन राख्न सकिन्छ भन्ने विषयमा किताब पनि लेखे ‘ट्रेकिङ द अन्नपूर्ण सर्किट।’ किताब पर्यटकबीच चर्चा पायो। अहिले किताबको चौथो संस्करण तयार गरिरहेको सुनाउँछन् उनी।

अहिले उनको आफ्नै ट्रेकिङ एजेन्सी छ, मालिक बनेका छन्। २५ जनालाई प्रत्यक्ष रोजगार दिएका छन्। बेलाबेला एक्लै घुम्न निस्कन्छन्, नयाँ ट्रेकिङ ट्रायल खोज गरिरहन्छन्।

‘पछि लालुपाते पदमार्ग खोल्ने तयारीमा छु,’ उनी सुनाउँछन्, ‘यत्ति भएपछि विदेशमा साना गमलामा देखेको पर्यटकले जंगलभरि रातै फुलेको देखे भने अचम्मित हुन्छन्, अनि नेपालमा उनीहरुको बसाइ लम्बिन्छ।’

पर्यटकलाई आधुनिकभन्दा नेपाली मौलिकता देखाउन सके खुसी हुने उनको सूत्र छ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्