भक्तपुर- बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ स्थित निवासमा लामो समयदेखि पक्षाघात लगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको उनकी छोरी सम्झनाले जानकारी दिइन्।
‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर’ , ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’ जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।