काठमाडौं– डोनियल मालेनको ह्याट्रिकप्रेरित प्रदर्शनमा रोमाले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सानदार सुरुआत गरेको छ।
सोमबार राति भएको खेलमा रोमाले फियोरेन्टिनालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलो खेलमै प्रभावशाली जित दर्ता गरेको हो।
रोमाका लागि मालेनले तीन गोल गरे। उनले पाउलो डिबालाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै खेलको २७औं, ५२औं र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
मालेनको ह्याट्रिकपछि रोमाले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो। खेल सकिँन चार मिनेट बाँकी रहँदा निकोलो पिसिलीले चौथो गोल थप्दै टोलीको जित ४–० ले सुनिश्चित गरे।
यस जितसँगै रोमाले सिरी ‘ए’ को नयाँ सिजनमा तीन अंक हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।