• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

९ वर्षपछि नेपाल एयरलाइन्सले दाङमा पुनः उडान भर्दै

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०७५  १०:०८
1140x725

दाङ– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरीगाउँ विमानस्थलबाट उडान भर्ने भएको छ। परिक्षण उडान सफल भएपछि निगमले पहिलो चरणमा हप्तामा दुई पटक उडान भर्नेगरी तालिका सार्वजनिक गरेको छ।

_x000D_ _x000D_

तालिका अनुसार हाललाई सातामा दुई पटक सोमबार र शुक्रबार हवाई सेवा सञ्चालन हुनेछ। दसैंपछि दैनिक सेवा सुरु गर्ने तयारी भैरहेको नेपाल वायु सेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। यात्रुको चापका आधारमा उडान सेवालाई बढाउँदै लगिने निगमले जनाएको छ। हाललाई इन्धन डिपोको समस्या समाधानका लागि काठमाडौं–भैरहवा–दाङ र दाङ–भैरहवा–काठमाडौं उडान हुने प्रवक्ता सिग्देल बताउँछन्।

_x000D_ _x000D_

‘दाङमा समस्या भनेको इन्धन डिपोको हो, इन्धन डिपो नबन्दासम्म भैरहवा हुँदै विमान उडाउने तयारी गरेका छौं,' प्रवक्ता सिग्देलले भने। अब जिल्लाबासीहरु तुलसीपुरबाट काठमाडौं वा तुलसीपुर–भैरहवा वा भैरहवा–तुलसीपुर पनि सहजै यात्रा गर्न पाउनेछन्।

_x000D_ _x000D_

यस्तो छ हवाई तालिका र भाडा
_x000D_ टिकटको व्यवस्था एयरलाइन्सले आफैं गर्ने बताइए पनि तत्काल यात्रुको सहजताको लागि भने तुलसीपुर उपमहानगरपालिले व्यवस्थापन गर्ने सहमति भएको उपमहानगरपालिकाले जनाएको छ।

_x000D_ _x000D_

दाङको टरिगाउँ विमानस्थलमा आउँदो सोमबारदेखि हवाई सेवा सुरु हुने भएपछि शुक्रबारदेखि नै टिकट बिक्रिको प्रक्रिया सुरु हुने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। ‘भोलिदेखि नै टिकट बिक्रि सुरु गर्छौं। सोमबारदेखि नियमित उडान सेवा सुरु हुन्छ।’, प्रवक्ता सिग्देलले भने।

_x000D_ _x000D_

_x000D_ _x000D_

झन्डै ९ वर्षको अन्तरालमा फेरी दाङको एक मात्रै एयरपोर्ट टरिगाउँबाट नेपाल वायु सेवा निगमले सेवा दिन थालेको हो।

_x000D_ _x000D_

सोमबार बिहान ११ः४५ मा काठमाडौंवाट उडान भर्ने र दिउसो १२ः३५ मा भैरहवा अवतरण गर्ने छ। मध्यान्ह १२ः५० मा भैरहवाबाट उडेर १ः२० मा विमान दाङमा अवतरण हुने र १ः३५ मा पुनः सोही रुट हुँदै काठमाडौं फर्किनेछ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेपाल वायु सेवा निगमले काठमाडौंबाट दाङको भाडा ६ हजारदेखि झन्डै १० हजार रुपैयाँसम्म निर्धारण गरेको छ। निगमका प्रवक्ता सिग्देलले दिएको जानकारी अनुसार सुरुमा टिकट काट्नेलाई सहुलियत स्वरुप ६ हजार २५ रुपैंया भाडा निर्धारण गरिएको छ भने त्यसपछि ९ हजार ६ सय ६५ रुपैंया भाडा तोकिएको छ। 

_x000D_ _x000D_

तर, दाङबाट काठमाडौं जान भाडा भने केही सस्तो हुनेछ। ५ हजार ८ सय ८० रुपैंया सुरुमा टिकट काट्नेलाई र त्यसपछि ९ हजार ४ सय निर्धारण गरिएको निगमले जनाएको छ। त्यस्तै, भैरहवादेखि दाङसम्मको भाडा भने ३ हजार ३ सयदेखि ४ हजार ३ सयसम्म हुने प्रवक्ता सिग्देलले जनाए।

_x000D_ _x000D_

उडान इतिहास
_x000D_ २०११ फागुन ११ गते पहिलो पटक परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै आएको थियो।

_x000D_ _x000D_

त्यसपछि बन्द भएर २०५२ सालमा फेरि नेपाल एयरलाइन्सले उडान भरे पनि इन्धन अभाव देखाउँदै ४ महिनामै उडान बन्द गरेको थियो। २०६० मा नेपाल वायु सेवा निगम, यती र सीता एयरलाइन्सले हप्तामा एक दिन भए पनि लगातार ६ वर्षसम्म उडान भरेका थिए। विमानस्थलको स्तरोन्नति भन्दै धावन मार्गको कालोपत्रे गर्न थालेपछि विमानस्थल ४ वर्षसम्म बन्द भयो।

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

कालोपत्रे गर्ने काम सकिएपछि तुलसीपुर उद्योग वाणिज्य संघको पहल र समन्वयमा गोमा एयरले २०७२ सालमा ९ महिनासम्म उडान भरेको थियो। पछि यात्रु अभाव देखाउँदै गोमा एयरले सेवा बन्द गर्‍यो।

_x000D_ _x000D_

पछिल्लो पटक यहाँ उडान गर्दै आएको समिट एयरलाइन्सले पनि २०७५ जेष्ठपछि यात्रु र इन्धन अभावको कारण देखाउँदै उडान रोक्यो। त्यसपछि दाङ विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन।

_x000D_ _x000D_

उडान सेवाका लागि पहल
_x000D_ जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले पहिलोपटक समिट एयरसँग सम्झौता गर्यो। तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रति यात्रु ७ हजार २ सय भाडा लिने सहमति भएको थियो। सोही सहमति अनुसार २०७४ पुस १९ गते समिट एयरले पहिलोपटक दाङको टरीगाउँ विमानस्थलबाट उडान भरेको थियो। 

_x000D_ _x000D_

इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु २ हजार ६ सय ८० रुपैयाँ एकतर्फी रुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको हो।

_x000D_ _x000D_

त्यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नै जिम्मेवारीमा गोमा एयरसँग सम्झौता गरी हवाई सेवा सुचारु गरेको थियो। यात्रु कम भए उद्योग वाणिज्य संघले टिकको मुल्य दिने सर्तमा गोमा एयरले उडान भरेपनि त्यो दिगो हुन सकेन।

_x000D_ _x000D_

_x000D_ _x000D_

पटक–पटक बन्द हँुदै र सञ्चालन हुँदै आएको विमानस्थल धावनमार्गको कालोपत्रेपछि नियमित हुने आशामा बसेका दाङवासीको आशा अझै पूरा भएको छैन। पछिल्लो समयमा घाँसेमैदानबाट स्तरोन्नति गरी ७ सय ६० मिटर धावन मार्ग कालोपत्रे गरिएको छ। जसका लागि ८ करोड रुपैयाँ खर्च गरिएको थियो। 

_x000D_ _x000D_

विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्नुपर्ने स्थानीयवासीले माग गर्दै आएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्