दाङ– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरीगाउँ विमानस्थलबाट उडान भर्ने भएको छ। परिक्षण उडान सफल भएपछि निगमले पहिलो चरणमा हप्तामा दुई पटक उडान भर्नेगरी तालिका सार्वजनिक गरेको छ।
_x000D_
_x000D_
तालिका अनुसार हाललाई सातामा दुई पटक सोमबार र शुक्रबार हवाई सेवा सञ्चालन हुनेछ। दसैंपछि दैनिक सेवा सुरु गर्ने तयारी भैरहेको नेपाल वायु सेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। यात्रुको चापका आधारमा उडान सेवालाई बढाउँदै लगिने निगमले जनाएको छ। हाललाई इन्धन डिपोको समस्या समाधानका लागि काठमाडौं–भैरहवा–दाङ र दाङ–भैरहवा–काठमाडौं उडान हुने प्रवक्ता सिग्देल बताउँछन्।
_x000D_
_x000D_
‘दाङमा समस्या भनेको इन्धन डिपोको हो, इन्धन डिपो नबन्दासम्म भैरहवा हुँदै विमान उडाउने तयारी गरेका छौं,' प्रवक्ता सिग्देलले भने। अब जिल्लाबासीहरु तुलसीपुरबाट काठमाडौं वा तुलसीपुर–भैरहवा वा भैरहवा–तुलसीपुर पनि सहजै यात्रा गर्न पाउनेछन्।
_x000D_
_x000D_
यस्तो छ हवाई तालिका र भाडा
_x000D_
टिकटको व्यवस्था एयरलाइन्सले आफैं गर्ने बताइए पनि तत्काल यात्रुको सहजताको लागि भने तुलसीपुर उपमहानगरपालिले व्यवस्थापन गर्ने सहमति भएको उपमहानगरपालिकाले जनाएको छ।
_x000D_
_x000D_
दाङको टरिगाउँ विमानस्थलमा आउँदो सोमबारदेखि हवाई सेवा सुरु हुने भएपछि शुक्रबारदेखि नै टिकट बिक्रिको प्रक्रिया सुरु हुने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। ‘भोलिदेखि नै टिकट बिक्रि सुरु गर्छौं। सोमबारदेखि नियमित उडान सेवा सुरु हुन्छ।’, प्रवक्ता सिग्देलले भने।
_x000D_
_x000D_

_x000D_
_x000D_
झन्डै ९ वर्षको अन्तरालमा फेरी दाङको एक मात्रै एयरपोर्ट टरिगाउँबाट नेपाल वायु सेवा निगमले सेवा दिन थालेको हो।
_x000D_
_x000D_
सोमबार बिहान ११ः४५ मा काठमाडौंवाट उडान भर्ने र दिउसो १२ः३५ मा भैरहवा अवतरण गर्ने छ। मध्यान्ह १२ः५० मा भैरहवाबाट उडेर १ः२० मा विमान दाङमा अवतरण हुने र १ः३५ मा पुनः सोही रुट हुँदै काठमाडौं फर्किनेछ।
_x000D_
_x000D_
नेपाल वायु सेवा निगमले काठमाडौंबाट दाङको भाडा ६ हजारदेखि झन्डै १० हजार रुपैयाँसम्म निर्धारण गरेको छ। निगमका प्रवक्ता सिग्देलले दिएको जानकारी अनुसार सुरुमा टिकट काट्नेलाई सहुलियत स्वरुप ६ हजार २५ रुपैंया भाडा निर्धारण गरिएको छ भने त्यसपछि ९ हजार ६ सय ६५ रुपैंया भाडा तोकिएको छ।
_x000D_
_x000D_
तर, दाङबाट काठमाडौं जान भाडा भने केही सस्तो हुनेछ। ५ हजार ८ सय ८० रुपैंया सुरुमा टिकट काट्नेलाई र त्यसपछि ९ हजार ४ सय निर्धारण गरिएको निगमले जनाएको छ। त्यस्तै, भैरहवादेखि दाङसम्मको भाडा भने ३ हजार ३ सयदेखि ४ हजार ३ सयसम्म हुने प्रवक्ता सिग्देलले जनाए।
_x000D_
_x000D_
उडान इतिहास
_x000D_
२०११ फागुन ११ गते पहिलो पटक परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै आएको थियो।
_x000D_
_x000D_
त्यसपछि बन्द भएर २०५२ सालमा फेरि नेपाल एयरलाइन्सले उडान भरे पनि इन्धन अभाव देखाउँदै ४ महिनामै उडान बन्द गरेको थियो। २०६० मा नेपाल वायु सेवा निगम, यती र सीता एयरलाइन्सले हप्तामा एक दिन भए पनि लगातार ६ वर्षसम्म उडान भरेका थिए। विमानस्थलको स्तरोन्नति भन्दै धावन मार्गको कालोपत्रे गर्न थालेपछि विमानस्थल ४ वर्षसम्म बन्द भयो।
_x000D_
_x000D_

_x000D_
_x000D_
कालोपत्रे गर्ने काम सकिएपछि तुलसीपुर उद्योग वाणिज्य संघको पहल र समन्वयमा गोमा एयरले २०७२ सालमा ९ महिनासम्म उडान भरेको थियो। पछि यात्रु अभाव देखाउँदै गोमा एयरले सेवा बन्द गर्यो।
_x000D_
_x000D_
पछिल्लो पटक यहाँ उडान गर्दै आएको समिट एयरलाइन्सले पनि २०७५ जेष्ठपछि यात्रु र इन्धन अभावको कारण देखाउँदै उडान रोक्यो। त्यसपछि दाङ विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन।
_x000D_
_x000D_
उडान सेवाका लागि पहल
_x000D_
जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले पहिलोपटक समिट एयरसँग सम्झौता गर्यो। तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रति यात्रु ७ हजार २ सय भाडा लिने सहमति भएको थियो। सोही सहमति अनुसार २०७४ पुस १९ गते समिट एयरले पहिलोपटक दाङको टरीगाउँ विमानस्थलबाट उडान भरेको थियो।
_x000D_
_x000D_
इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु २ हजार ६ सय ८० रुपैयाँ एकतर्फी रुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको हो।
_x000D_
_x000D_
त्यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नै जिम्मेवारीमा गोमा एयरसँग सम्झौता गरी हवाई सेवा सुचारु गरेको थियो। यात्रु कम भए उद्योग वाणिज्य संघले टिकको मुल्य दिने सर्तमा गोमा एयरले उडान भरेपनि त्यो दिगो हुन सकेन।
_x000D_
_x000D_

_x000D_
_x000D_
पटक–पटक बन्द हँुदै र सञ्चालन हुँदै आएको विमानस्थल धावनमार्गको कालोपत्रेपछि नियमित हुने आशामा बसेका दाङवासीको आशा अझै पूरा भएको छैन। पछिल्लो समयमा घाँसेमैदानबाट स्तरोन्नति गरी ७ सय ६० मिटर धावन मार्ग कालोपत्रे गरिएको छ। जसका लागि ८ करोड रुपैयाँ खर्च गरिएको थियो।
_x000D_
_x000D_
विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्नुपर्ने स्थानीयवासीले माग गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।