• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीलाई अब एम्बुसतिर धकेलिँदै छ : डा सुरेन्द्र केसी

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  १३:०९
1140x725

पार्टी एकीकरण भएको पाँच महिना नपुग्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै गएको छ। केही दिनयता त उक्त विवादले सामाजिक सञ्जालमा छरपस्ट रुपमै प्रवेश पायो।

_x000D_ _x000D_

सरकार गठनको करिब आठ महिनाको बीचमा सबैभन्दा उच्च बिन्दुमा पुगेको नेकपाभित्रको आन्तरिक विवादलाई लिएर अनेकथरी टिका–टिप्पणीसमेत सुरु भएको छ। सरकार ढल्ने तथा पार्टी फुट्नेसम्मका आँकलनहरु सतहमा आएका छन्। नेकपाभित्र केही दिनयता देखिएको आन्तरिक विवाद र सरकार सञ्चालनका विषयमा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीसँग नेपाल लाइभकी पुष्पा केसीले गरेको अन्तर्वार्तामा आधारित आलेख:

_x000D_ _x000D_

सरकार गठनको सात महिना त्यति आशालाग्दो देखिएन। सरकारले कतिपय प्रतिवद्धता र विषयहरु बाहिर ल्याएको थियो। ती विषय र प्रतिवद्धतालाई हामीले राम्रै पनि भनेका थियौं। तर, कार्यान्वयनको सवालमा भने मुख मोडेजस्तो देखियो। त्यसकारण सरकारको प्रस्तुति चित्तबुझ्दो देखिएको छैन।

_x000D_ _x000D_

यसबीचमा सुनकाण्ड, सडकका खाल्डाखुल्डी पुर्ने, ठेकेदार, एनजिओ/आइएनजिओलाई पारदर्शी बनाउने, यातायात क्षेत्रमा रहेको सिन्डिकेटलगायत विषय जोडतोडले उठाइयो। तर, सफल भएको देखिएन। अगाडि उठाइएका कुनै पनि विषयमा सरकार सफल नहुनु स्वयम् त्यो पृष्ठभूमिका पृष्ठपोषकको आधारमा बनेको सरकार नै हो। त्यसैले त सरकारले चर्कोसँग उठाएका विषय ‘अरिङ्गालको गोलोमा हात हालेजस्तो’ भयो।

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता क्षेत्रमा हात हाल्न हुने थिएन भन्ने सोच्नुभयो। यसै कारण पनि सरकारले प्रभावकारी काम गर्न सकेको छैन। नेकपाले जनताका विषय चुनावी घोषणापत्रमा ल्यायो। सरकारमा पुगेपछि पनि जनताका सवालसँग जोडिएका मुद्धाहरु अगाडि बढाइयो। सिन्डिकेटमार्फत हामीमाथि धेरै ठूलो अपराध गरेका थिए, यातायात व्यवसायीले। यिनीहरुलाई मैले ‘सामाजिक अपराधी’ पनि भन्ने गरेको छु। यीनीहरुले हामीलाई यति नराम्रोसँग लुटे। काठमाडौंमा मात्रै खुजुरा रुपैयाँ छैन भन्ने बाहनामा दिनको ३ करोड रुपैयाँ यात्रुहरुबाट लुट्छन् भन्ने छ।

_x000D_ _x000D_
_x000D_

अहिले गृहमन्त्रीले महिला हिंसाका घटनालाई पूँजीवादमा ल्याएर जोड्नु भएको छ। महिला हिंसामा त उहाँलाई पनि अनुशासनको कारबाही भएको हो। उहाँले पूँजीवादी भएर त्यो हिंसा गर्नु भएको हो कि क्रान्तिकारी हुँदै गर्नु भएको हो? त्यो ट्याली गरिसकेपछि मात्रै यो पूँजीवाद हो कि ‘हावावाद’ हो भन्न सकिन्छ।

_x000D_
_x000D_ _x000D_

यिनीहरुले गरेको दुव्र्यवहार, दुर्वाच्य र अन्य व्यवहार त यात्रुले झन् बढी भोग्नु परेको छ। सहचालकले कसरी बोल्छन्, स्कुटी चलाइरहेकी केटीहरुलाई चालकले कसरी किच्छन्, दुर्घटनामा परेको पीडितलाई कसरी सवारी ब्याक गरेर मार्छन्, सबै हामीले देखिरहेका छौं।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

नेपाली जनता निरिह थियौं, छौं। केही गर्न सक्दैन थियौं। त्यस्तो बेला सरकारले नै यस्ता विषय बाहिर ल्यायो। जनताले पनि ठिक छ भन्दै साथ दियौं। सडकमा खाल्डाखुल्डी, धुलो, हिलोको समस्या पनि वर्षौंदेखि भोग्दै आएका थियौं। ठेकेदारले समयमै काम नगरेको र यीनकै पार्टीका मान्छे ठेकेदार भएको हुनाले यस्तो भएको भन्ने कुरा पनि थाहा थिएन। सिन्डिकेटमा यिनीहरु नै खेल्छन् भन्ने थाहा थिएन। बोर्डिङ स्कुलमा पनि यिनीहरु नै खेल्छन् भन्ने हामीलाई थाहा थिएन। कन्ट्रोलर पद चाहीं यिनीहरु आफैंलाई चाहिन्छ भन्ने अलिअलि थाहा थियो। तर, ‘कन्ट्रोलर’ पद किन यिनीहरुलाई नै चाहिन्छ भन्ने थाहा थिएन। ‘कन्ट्रोलर’को पद आफूसँग राखेर ‘सप्लायर्स’को काम गर्दा रैछन् यिनीहरु।

_x000D_ _x000D_

_x000D_ _x000D_

राजस्वमाराहरु, सिन्डिकेटरहरु, भ्रष्टाचारीहरु भन्दै गृहमन्त्री रामबहादुर थापा बोल्थे। यो लवज गृहमन्त्री बोल्दा सुहाउने लवज थिएन। तर पनि हामीले ठिक छ भनेर चुप लाग्यौं। सहयोग गर्‍यौं। पछि दलको अध्यक्षले मन्त्री पद छोड्ने हो कि, ‘सिंघम’ हुने रहर छोड्ने हो भनेपछि चुप। पार्टीका एक अध्यक्षले चुप भनेपछि एक महिना भयो गृहमन्त्री बोलेको सुनिएको छैन।

_x000D_ _x000D_
_x000D_

विद्यालय, स्वास्थ्य, यातायात, निर्माण व्यवसायीलगायतका सिन्डिकेटरहरु वस्तुतः मैले बुझ्दा सरकारमा रहेकाहरु आफैं हुन्।

_x000D_
_x000D_ _x000D_

अहिले गृहमन्त्रीले महिला हिंसाका घटनालाई पूँजीवादमा ल्याएर जोड्नु भएको छ। महिला हिंसामा त उहाँलाई पनि अनुशासनको कारबाही भएको हो। उहाँले पूँजीवादी भएर त्यो हिंसा गर्नु भएको हो कि क्रान्तिकारी हुँदै गर्नु भएको हो? त्यो ट्याली गरिसकेपछि मात्रै यो पूँजीवाद हो कि ‘हावावाद’ हो भन्न सकिन्छ। नत्र गाह्रो छ भन्न। आफूले गर्दा क्रान्तिकारी र अरुले गर्दा पूँजीवादी हुने हो भने त पूँजी कै बदनाम भयो। विकृति, विसंगति जहाँ पनि हुन्छ। तर, केलाई उहाँले पूँजीवादी भन्नुभयो मैले बुझेको छैन।

_x000D_ _x000D_

उसो त, जनताबाट निर्वाचित भएर आएको सरकार कम्युनिष्ट भन्नु नै भ्रामक हो। कसरी कम्युनिष्ट हुन्छन् यिनीहरु? कम्युनिष्ट नभएपछि गृहमन्त्रीले भनेको कुरा यहीं आएर मिल्छ, पूँजीवादी सरकार यस्तै हुन्छन्।

_x000D_ _x000D_

विगतमा माओवादीले जनजाति, महिला, दलितलगायतलाई महत्वाकांक्षा जगाए जसरी सरकारले पनि महत्वाकांक्षा जगाइदियो। जुन, अहिलेसम्म पूरा भएको छैन। सिन्डिकेट अन्त्य गर्ने सरकारको पहलले हामी खुसी भयौं। मैले ३५ वर्ष कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पढाएँ। कति दुःख गरेर, ठेलिएर, पेलिएर त्यहाँसम्मको यात्रा गर्थें। म बसेर यात्रा गर्न पाउने भएपछि मैले जति दुःख गरें, पछाडिको पिंढी व्यवस्थित तवरबाट कीर्तिपुर यात्रा गर्न पाउने भए भन्ने कुराले मलाई सन्तुष्टि दिन्थ्यो। तर, सिन्डिकेट उस्तैगरी अगाडि मात्र बढेन, दसैंको मौका पारेर हिजो जुन सिन्डिकेटको नाममा सरकारले बदनाम गरेको थियो, त्यसको बदला १० प्रतिशत भाडा बढाएर लिए।

_x000D_ _x000D_

सिन्डिकेटवाला व्यवसायी नै सरकारको रिमोट लिएर बसेको हुनाले उनीहरुको कमिटीमा यो विषय उठेको हुनुपर्छ। उसैपनि संसदीय प्रणालीको सरकार पूँजीपतिहरुको सञ्चालक समिति हो भनिन्छ। पूँजीपतिहरुको लेनदेन कहाँ मिलेन त्यसपछि एउटा प्रतिक्रियाको रुपमा मात्रै यो अगाडि आएको हो।

_x000D_ _x000D_
_x000D_

मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीले राख्नुभएका मन्त्री अाफ्नाे जिम्मेवारीप्रति प्रतिवद्ध नभएजस्तो पनि देखियो। मन्त्रीहरुको कार्यक्षमता र शैली कमजोर तथा अभिव्यक्तिका दृष्टिले पनि अराजक र छाडा देखिन्छ। यावत् कुराले प्रधानमन्त्रीलाई विचलित बनाएको जस्तो देखिन्छ। किनभने स्वास्थ्य पनि धेरै नै प्रतिकुल छ प्रधानमन्त्रीको। उहाँ अहिले धेरै खेलाडीको ट्रयापमा हुनुहुन्छ।

_x000D_
_x000D_ _x000D_

विद्यालय, स्वास्थ्य, यातायात, निर्माण व्यवसायीलगायतका सिन्डिकेटरहरु वस्तुतः मैले बुझ्दा सरकारमा रहेकाहरु आफैं हुन्।

_x000D_ _x000D_

सिन्डिकेटको पक्षमा नबुझेर साथ दियौं। सामाजिक सञ्जालमार्फत सबैले साथ दिए। जसरी सार्वजनिक सवारीको यात्रामा जसरी ‘भित्र जा भित्र जा’ भनेर ठेल्थे, ठिक त्यसैगरी यिनी (यातायात व्यवसायी) हरुलाई पनि जेलमा ठेल्नुपर्छ भन्ने आक्रोश सामाजिक सञ्जालमा आएको थियो। हामीलाई २०औं वर्षसम्म सवारी साधनमा कोचेका थिए भनेर सरकारलाई साथ दियौं। तर, सरकार आफैं पछाडि हट्यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

नयाँ मुलुकी ऐनमा पनि डाक्टर, व्यवसायी सबैले सरकारलाई ‘ब्याक’ गराए। अहिले त सरकार निरिह जस्तो भएको छ। भन्थे, भनिरहेका पनि छन् – ‘हामी दुई तिहाईको सरकार, कम्युनिष्ट सरकार।’ अनि के यस्तै हुन्छ त कम्युनिष्ट सरकार? जनताको आम सरोकारका विषयमा खेलबाड गर्नेलाई त ठोकिदिन्छ कम्युनिष्ट सरकारले।

_x000D_ _x000D_
_x000D_

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई शक्तिशाली बनाउन पार्टी एकता गरेको मेरो भित्री मनले भन्दैन। अब, उहाँलाई एम्बुसतिर धकेलिँदै छ​ भन्ने अनुभूति हुँदै गएको छ।

_x000D_
_x000D_ _x000D_

जनता त कोही कोरियामा भाडा माझिरहेका छन्, कोही हुम्लामा भारी बोकिरहेका छन्। कति दिदीबहिनीहरुलाई यौन बजारमा धकेलिरहेका छन्। आँशुमा डुबेका होलान्। जनता कहाँ छन् र यो देशमा? यो त टाठा–बाँठाहरुको खेल हो, जनता त जहाँको त्यहीं छन्। हामीलाई फरक परेको छैन। अहिले मनपर्दो वातावरण भएको भए प्रतिफल म पाउँथें होला। राम्रो बाटोमा हिड्न पाउँथें होला। राम्रो गाडीको सुविधा पाउँथें होला। त्यो मेरा लागि एक खेल मात्रै हो। भारी बोक्नेलाई के फरक परेको छ र? झन् ठूलो भारी बोकिरहेका होलान् उनीहरु।

_x000D_ _x000D_

प्रधानमन्त्री ओलीले स्वप्नशीलताको कुरा खुब गर्नुभएको थियो। त्यो स्वप्नशीलता र वास्तविकता एक अर्कामा ‘म्याच’ नगरेको हुनसक्छ। राज्यका साधनस्रोत कति छन्? त्यसमा उहाँले सही आँकलन गर्न नकेको पनि हो। अर्को, मन्त्रिपरिषद्‍मा उहाँले राख्नुभएका मन्त्री अाफ्नाे जिम्मेवारीप्रति प्रतिवद्ध नभएजस्तो पनि देखियो। मन्त्रीहरुको कार्यक्षमता र शैली कमजोर तथा अभिव्यक्तिका दृष्टिले पनि अराजक र छाडा देखिन्छ। यावत् कुराले प्रधानमन्त्रीलाई विचलित बनाएको जस्तो देखिन्छ। किनभने स्वास्थ्य पनि धेरै नै प्रतिकुल छ प्रधानमन्त्रीको। उहाँ अहिले धेरै खेलाडीको ट्रयापमा हुनुहुन्छ।

_x000D_ _x000D_
_x000D_

प्रतिपक्ष सुतेर बसेको छ। नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल संसदको रोस्टममै गएर मेरो देश डुब्न लाग्यो भनेर बोलेका छन्। हामीले के बोल्नु पर्‍यो अब? हामीले रेखा थापाको विषयमा कुराकानी गरौं। राजनीतिक विषयमा कुरा गर्न छोडिदिऊँ जस्तो लाग्न थालेको छ।

_x000D_
_x000D_ _x000D_

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई शक्तिशाली बनाउन पार्टी एकता गरेको मेरो भित्री मनले भन्दैन। अब, उहाँलाई एम्बुसतिर धकेलिँदै छ भन्ने अनुभूति हुँदै गएको छ। त्यसैले केही समययता, यति बढी अकर्मण्यता आएको पछिल्ला सूचकलाई हेरेर भन्न सकिन्छ।

_x000D_ _x000D_

दुवै नेताले भारत–चीनको भ्रमण गर्नुभयो। भ्रमण गर्नुअघि त राजदूत नियुक्ति पो गर्नुपर्दथ्यो। कार्यपद्धति नै थाहा छैन की?

_x000D_ _x000D_

कुनै प्रधानमन्त्रीले ‘बाटोमा खाल्डाखुल्डी परे मैले पारेको हो र?’ भन्न मिल्छ? खासमा सञ्चारमन्त्री र प्रधानमन्त्रीको बोली ठ्याक्कै मिलेको छ। त्यसैले कहीं प्रधानमन्त्रीकै प्रभाव यिनीहरुलाई पनि परेको त होइन भन्ने देखिन्छ। इतिहासले मन्त्रीहरु कमजोर भन्दै खोजेर हिड्दैन। यसको जवाफदेही प्रधानमन्त्री नै हुनुपर्छ। उपयुक्त भएन भने त्यसलाई फेर्न सकिन्छ।

_x000D_ _x000D_
_x000D_

अहिले देखिएको विवाद ‘रियल’ हो भने विगतमा जसरी राजनीतिक पार्टी फुटेका थिए, त्यही इतिहास दोहोरिने छ।

_x000D_
_x000D_ _x000D_

प्रतिपक्ष सुतेर बसेको छ। नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल संसदको रोस्टममै गएर मेरो देश डुब्न लाग्यो भनेर बोलेका छन्। हामीले के बोल्नु पर्‍यो अब? हामीले रेखा थापाको विषयमा कुराकानी गरौं। राजनीतिक विषयमा कुरा गर्न छोडिदिऊँ जस्तो लाग्न थालेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

अहिले देखिएको विवाद ‘रियल’ हो भने विगतमा जसरी राजनीतिक पार्टी फुटेका थिए, त्यही इतिहास दोहोरिने छ। धेरै सम्भावना पदको लागि गरिएको बार्गेनिङ जस्तो देखिन्छ। यिनीहरु पदखोर तत्व भएकाले केपी ओली फर्केर आएपछि मुखमा पदले कोचिदिन्छन्। मेरो आँकलनमा सबैजना चुप लाग्नेछन्।

_x000D_ _x000D_
_x000D_

नेकपाभित्र अहिले देखिएको रडाको प्रचण्डको भारत भ्रमणपछिको प्रतिक्रिया हुनुपर्छ।

_x000D_
_x000D_ _x000D_

तर, हालको नेकपा आन्तरिक विवाद प्रचण्डको चीन र भारत भ्रमणपछिको प्रतिक्रिया हो भन्ने पनि छ। सामाजिक सञ्जालमा चैतदेखि प्रचण्डले ‘म प्रधानमन्त्री हुँदैछु’ भन्दै हिडेका छन् भन्ने पनि आइरहेको छ। त्यसको पूर्वाभ्यासको रुपमा यो रडाको मच्चाइएको हो भने त पार्टी फुट्छ। अहिले देखिएको शीर्ष नेताहरुको विदेश भ्रमण पनि स्वभाविक छैन। प्रधानमन्त्री पार्टी अध्यक्ष हुँदाहुँदै समान हैसियतको अर्को नेताले यसरी भ्रमण गर्नु अत्यन्त अस्वभाविक छ। यसले गर्दा संसयको स्थिति खडा गरिदिने, पार्टीभित्र विभाजन, ध्रुविकरणको स्थिति निर्माण गर्दै अन्ततः नेपालको राजनीतिलाई बिगार्ने र देश नै सिध्याउने खेल जानेर/नजानेर यहाँभित्र भइरहेको छ।

_x000D_ _x000D_

मैले त सुरुदेखि नै पार्टी एकता हुँदैन भनेको थिए। यो त प्राविधिक एकता थियो। यात यो एकता हुनै सक्दैन थियो। भयो भने टिक्न सक्दैन थियो। टिकेपनि परिणाम दिन सक्दैन्थ्यो, भन्ने मेरो धारणा थियो। अंकगणित मुख्य विषय होइन। मुख्य त वैचारिक, सैद्धान्तिक र आत्मगत एकता भयो भने मात्रै पार्टी एकता हुन्छ भन्ने तर्क मेरो थियो। यो पूर्व अनुमानित थियो। अस्वभाविक होइन स्वभाविक थियो।

_x000D_ _x000D_
_x000D_

मैले पार्टी एकिकरण नै अस्वभाविक भनेको हुनाले नेकपाको भविष्य नै देख्दिन। तर, नेपालका राजनीतिक नेताहरु ‘मिलिजुली बसौं, बाँडिचुँडी खाऔं’ भन्ने प्रवृतिका छन्।

_x000D_
_x000D_ _x000D_

अहिले नेकपाभित्रको विवादको यथार्थ नजिक प्रादेशिक संरचनाको निर्माण गर्दा माधव नेपाल पक्षलाई उचित स्थान दिइएन, उचित भागबन्डा र हिस्सेदारी दिइएन भन्ने छ। तर, गहिराईमा प्रचण्डमा रडाको मच्चाउने प्रवृति विगतदेखि नै रहँदै आएको छ। अहिले देखिएको रडाको पनि प्रचण्डको भारत भ्रमणपछिको प्रतिक्रिया हुनुपर्छ।

_x000D_ _x000D_

मैले पार्टी एकिकरण नै अस्वभाविक भनेको हुनाले नेकपाको भविष्य नै देख्दिन। तर, नेपालका राजनीतिक नेताहरु ‘मिलिजुली बसौं, बाँडिचुँडी खाऔं’ भन्ने प्रवृतिका छन्। कसले के मागिरहेको छ, त्यसको व्यवस्थापन गर्नसक्ने सम्भावनानै म प्रवल देख्छु। केपी ओली फर्केर आउँछन्। यीनीहरुका मुखमा एक–दुई वटा पद कोचिदिन्छन्। अनि सबै चुपचाप हुन्छन्।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी आइतबार, साउन १०, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्