काठमाडौं- महात्मा गान्धी सादगी त रहे नै, महिलासँगको सम्बन्धले उतिकै चर्चामा पनि रहे। उनीसँग नाम जोडिएका आठ महिलाका विषयमा धेरै मानिसको चासो छ। यतिमात्र होइन ती महिलासँग उनी कसरी जोडिए र उनीहरुबीच कस्तो सम्बन्ध थियो भन्ने विषयमा अाम मानिसलाई चासो हुनु स्वभाविकै पनि हो। सोही विषयमा बिबिसीले लेखेको एक आलेखः
_x000D_
_x000D_
करीव अर्ब २५ करोडभन्दा बढी जनंख्याको भीडमा एक व्यक्ति त्यस्तो छ, जसलाई भारतका हर नागरिकले जान्दछन्। जवाहरलाल नेहरु, सरदार पटेल र कस्तुरवा गान्धीलाई धेरै भारतीयले चिन्छन्। यी तीनै जना महात्मा गान्धीका निकट थिए। यी बाहेक अन्य केही व्यक्ति पनि उनका नजिक थिए, तर ती सबैलाई आम भारतीयले चिन्दैनन्। गान्धीसँग निकटको सम्बन्धमा रहेका तर आम भारतीय नागरिकले नजिकबाट नचिनेका आठ जना महिलाका बारेमा हामीले यो आलेखमा चर्चा गर्न लागेका छौं। यी महिलामा गान्धीको गहिरो प्रभाव पर्नका साथै उनीहरु गान्धीका अनुयायीसमेत बनेका थिए।
_x000D_
_x000D_
१. ब्रिटिस नागरिक मेडेलिन अर्थात् मिरा बेन
_x000D_
_x000D_

_x000D_
मेडेलिन एडमिरल ब्रिटिस नागरिक सर एडमन्ड स्लेडकी छोरी हुन्। जेहेन्दार बेलायती अधिकारीकी छोरी मेडेलिनको परिवारमा पारिवारिक अनुशासन कडा थियो। मेडेलिन जर्मन पियानो वादक एवं संगितकार विथोविनकी प्रेमिका थिइन्। यही कारण उनी फ्रान्सेली बुद्धीजीवी रोमन रौलेंडको सम्र्पकमा पुगिन्।
_x000D_
_x000D_
रोमन उनै थिए, जसले महात्मा गान्धीको जीवनीसमेत लेखेका छन्। रोमनले लेखेको गान्धीको जीवनीले निकै प्रभावित तुल्यायो। गान्धीको जीवनीले उनलाई यतिसम्म प्रभाव प¥र्यो कि उनले गान्धीकोबाहेक अन्य मानिसको बाटो आफ्नो लागि उपयुक्त नभएको निष्कर्ष निकालिन्। सुरुमा गान्धीलाई चिठी लेखेर आफू प्रभावित भएको बताइन्। उनले गान्धी आश्रममा आउन अनुमति समेत मागिन्।
_x000D_
_x000D_
गान्धी आश्रमममा आउनका लागि उनले मदिरा त्याग्नेदेखि शाकाहारी बन्नसम्म आफू तयार रहेको बताइन्। अक्टोबर १९२५ मा उनी पहिलो पटक मुम्बई हुँदै अहमदावाद पुगिन्।
_x000D_
गान्धीलाई भेट्न र छुनका लागि धेरै रोमान्चित हँुदै उनी गान्धी आश्रम पुगेकी थिइन्।
_x000D_
_x000D_
गान्धीसँगको पहिलो भेट बारेमा मेडेलिन भन्छिन् ‘जब म त्यहाँ पुगे, एक दुब्लो मानिस सेतो गद्दीबाट उठेर मतर्फ आउँदै थियो, मलाई थाहा थियो त्यो व्यक्ति अरु कोही नभई बापू हुन्् भनेर’ उनले थपिन् ‘म हर्ष र श्रद्धाले भरिइसकेकी थिएँ। त्यसबेला मैले एउटा दिव्य रोशनी मात्र देखें। म बापूको पैतालमा निहुरिए, उनले उठाउँदै भने –तिमि मेरी छोरी हौ।’
_x000D_
_x000D_
यसरी महात्मा गान्धी र मेडेलिनबीचमा एउटा अलग नाता कायम भयो। सो व्यक्ति पछि गएर मिरा बेनका नामले प्रख्यात भयो।
_x000D_
_x000D_
२. निल क्रैम कुक (१९७२–१९४५)
_x000D_
_x000D_

_x000D_
गान्धीसँग जोडिएकी अर्की विदेशी महिला निला क्रैम कुक हुन्। उनलाई आश्रममा निला नागिन भनेर सबैले सम्बोधन गर्ने गर्दथे। आफूलाई भगवान् कृष्णकी गोपिनी मान्ने उनी माउन्ट आबुमा एक जना धार्मिक गुरुका साथ रहन्थिन्।
_x000D_
_x000D_
अमेरिकामा जन्मेकी निला मैसुर एक जना राजकुमारसँग प्रेममा परेकी थिइन्। सन् १९३२ मा उनले गान्धीलाई चिठी लेखेकी थिइन्। उक्त चिठीमा उनले जातीय छुवाछुतका बारेमा गान्धीको धारणा माग गरेकी थिइन्। उनीहरुबीच आदानप्रदान भएको यो पहिलो पत्र थियो।
_x000D_
_x000D_
त्यसको ठीक एक वर्षपछि १९३३ मा निलाको भेट यरवडा जेलमा गान्धीसँग भयो। त्यसपछि उनलाई गान्धीले साबरमती आश्रम पठाए।
_x000D_
_x000D_
उदार समाजमा रहँदै आएकी निलाका लागि आश्रम एकान्त र सुनसान क्षेत्र लाग्दथ्यो। उनी त्यसमा अभ्यस्त हुन संर्घष गरिरहेकी थिइन्। यहीबीच उनी एक दिन आश्रमबाट भागिन्। त्यसपछि उनी एक पटक वृन्दावनमा भेटिएकी थिइन्। त्यसको केही समयपछि उनी मुलसमान भईन् र कुरानको अनुवाद गरिन्।
_x000D_
_x000D_
३. सरलादेवी चौधरानी
_x000D_
_x000D_

_x000D_
गान्धीसँग जोडिएकी अर्की महिला हुन, प्रख्यात साहित्यकार रविन्द्रनाथ टैकरकी भतिजी सरलादेवी चौधरानी। उच्च शिक्षा हासिल गरेकी उनी संगीत र लेखनमा रुचि राख्थिन्। एक पटक लाहौर पुगेका गान्धी सरलाको घरमा बसेका थिए। यो समय त्यतिबेलाको थियो, जतिबेला सरलाका पति रामभुजदत्ता चौधरी स्वतन्त्र सेनानीको आन्दोलनमा लागेको आरोपमा जेलमा थिए।
_x000D_
_x000D_
सरला आफ्नी आध्यात्मिक पत्नी भएको भनेर गान्धीले बताउने गर्थे। उनीहरुबीचको सम्बन्ध यसबाट बुझ्न सकिन्छ, कुन रुपमा सरला गान्धीसँग मोहित थिइन् भन्ने कुरा। यही कारण सरला र उनका पतिबीचको पारिवारिक सम्बन्ध समेत सफल नभएको कुरा गान्धीले ने बताएका थिए।
_x000D_
_x000D_
गान्धी र सरलाले खादीको प्रचारका लागि भारत भ्रमण गरे। यी दुईबीचको सम्बन्ध एकजना दुईजना हुँदै गान्धी निकटका सबैले जानकारी पाएका थिए। सरला गान्धीलाई निर्देशन दिने वा हक जमाउने अवस्थामा पुगेकी थिइन्। उनको यो स्वभावपछि गान्धी उनीबाट टाढा रहन थाले। गान्धीको यो शैलीबाट निरास हुँदै उनले आफूलाई एकान्त बास बस्ने निर्णय गरिन्। हिमालयको एक गुफामा एकान्तबासमै उनको मृत्यु भयो।
_x000D_
_x000D_

_x000D_
_x000D_
४. सरोजानी नायडु
_x000D_
नायडु भारतीय राष्ट्रिय कांग्रेसकी पहिलो महिला अध्यक्ष हुन्। गान्धीको गिरफ्तारीपछि सत्याग्रह अगुवाई गर्ने जिम्मा सरोजानीको जिम्मेवारीमा आएको थियो। गान्धीसँग उनको पहिलो भेट लन्डनमा भएको थियो।
_x000D_
_x000D_
उनीहरुबीचको पहिलो भेटका सम्बन्धमा सरोजिनीको भनाई यस्तो छ– ‘एक होचो व्यक्ति जसको टाउकोमा रौं थिएन। जमीनमा कम्बल ओड्ने यो व्यक्ति जैतुनका तेलमा झानिएको गोलभेडा खाइरहेको थियो। दुनियामा प्रख्यात यी नेता मेरो सामु देख्दा म खुशीले हासिँरहेकी थिएँ। त्यही बेला उनले आँखा उठाए र मलाई सोधे ‘तपाई पक्कै मिसेस नायडू हुनुपर्दछ,’। यति श्रद्धाहीन अरु को हुन सक्छ, आउनुस मेरो साथ बाँडेर खाऔं।’ जवाफमा उनले आदरसाथ भनिन् ‘यो के तरिका हो? यसरी गान्धी र सरोजिनी र गान्धीको सम्बन्ध सुरु भएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
५. राजकुमारी अमृत कौर
_x000D_
शाही परिवारमा जन्मेर हुर्के पनि अमृत कौर आश्रम बस्न गान्धीसँग पुगेकी थिइन्। पंजाबको कपुरथलाका राजा सर हरनाम सिंहकी छोरी उनी आश्रममा गान्धीकी अनुयायी भएकी थिइन्। राजकुमारी कौरको शिक्षादीक्षा बेलायत अध्ययन गरेकी उनलाई गान्धीको सत्याग्रहमा खटिएका प्रमुख पात्रमध्ये एक थिइन्।
_x000D_
_x000D_
१९३४ मा पहिलो पटक कौर र गान्धीबीच भेट भएको थियो। गान्धी र कौरपनि पत्र लेखेर नै एक आपसमा सम्मोहित भएका थिए। यसबीचमा सयकडौं चिठी लेखेका थिए। १९४२ मा भारत छोडो आन्दोलनमा कौर जेल परिन्। पछि स्वतन्त्र भारतकी स्वास्थ्यमन्त्री समेत बनेकी थिइन् उनी। राजकुमारी कौरलाई खतको लेखन शुरुवात ‘मेरी प्यारी और बागी’बाट गर्थे। अन्त्यमा म तानाशाह लेखेर अन्त्य गर्थे।
_x000D_
_x000D_

_x000D_
_x000D_
६. डा सुशीला नप्यर
_x000D_
प्यारेलाकी बहिनी सुशीला हुन्। महादेव देसाईंपछि सचिव बनेका प्यारेला पञ्जावी परिवारका पहिला व्यक्ति थिए। आमाको विरोधका बीच दाजुबहिनी गान्धीको पक्षमा उभिएका थिए। तर केही समयपछि उनीहरुकी आमा आफ्नो विगतलाई छाडेर गान्धीकी पक्का सर्मथक थिइन्। चिकित्साशास्त्रको पढाई पूरा गरेपछि सुशीला गान्धीकी नीजि चिकित्सक नियुक्त भएकी थिइन्। अधिकांश समय गान्धी आफ्नो हात सुशीलाको काँधमा राखेर हिड्ने गर्दथे। भारत छोडो आन्दोलनको समयमा उनी कस्तुरबाबा गान्धीको साथमा मुम्बईमा पक्राउ समेत परेकी थिइन्। गान्धीको अन्तिम समयमा सुशीला नै साथ रहेकी थिइन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
७. आभा गान्धी
_x000D_
आभा गान्धी जन्मले बंगली थिइन्। आभाको विवाह परपोते कनु गान्धीसँग भएको थियो। गान्धीको प्रार्थना सभामा उनी गाना गाउने काम गर्थिन र पति कनु फोटोग्राफर थिए। १९४० मा कनुले महात्मा गान्धीको धेरै तस्बिर खिचेका थिए। हिन्दू–मुसलमानको दंगा भएको समयमा नोआखालीमा आभा महात्मा गान्धीसँग बसेकी थिइन्। गान्धी शान्ति फैलाउने प्रयासमा थिए। नाथुराम गोड्सेले गोली प्रहार गर्दा आभा गान्धीसँगै थिइन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
८. मनु गान्धी
_x000D_
गान्धीपथमा सहयात्री बनेकामध्ये मनु सबैभन्दा कम उमेरकी मानिन्छिन्। उनी सानै उमेरमा गान्धीको समीपमा आएकी थिइन्। मनु महात्मा गान्धीकी नातेदार समेत थिइन्। गान्धी मनुलाई आफ्नो पोती (नातिनी ) मान्थ्ये। नोआखालीका समयमा आभाबाहेक मनु नै ती पात्र थिइन्, जसले बापूको बुढो शरीर काँध थामेर हिडेकी थिइन्। जुन बाटोमा गान्धीका विरोधीले मलमुत्र हालेका थिए त्यसमा झाडु लगाएर सफा गर्नेमा मनु र आभी थिए। कस्तुरवाको अन्तिम दिनमा सेवा गर्नेमा पनि मनुको नाम आउँछ। मनुको डायरीमा गान्धीको अन्तिम समय कसरी बित्यो भन्ने विवरण उल्लेख भएकाले पनि उनी कति नजिक थिइन् भन्ने बुझ्न सकिन्थ्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
बिबिसी हिन्दीबाट साभार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।