• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अबकाे युग, विद्युतीय सवारीको युग

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  ०१:१९
1140x725

यातायातलाई विकासको मेरुदण्ड त्यसै भनिएको होइन। जुनसुकै देशको आर्थिक विकास र समृद्धिको साँचो भनेकै सुलभ, सुरक्षित र सस्तो यातायात सेवा हो। यातायात देश विकासका लागि अपरिहार्य हुँदाहुँदै पनि वातावरणमा सबैभन्दा बढी कार्वन उत्सर्जन गर्ने क्षेत्रमध्ये दोस्रोमा पर्छ यातायात। किनभने यातायातका साधन चल्ने मुख्य ऊर्जाको स्रोत खनिज तेल हो। 

_x000D_ _x000D_

संसारभर प्रयोग हुने यातायातको साधनमा विद्युतीय सवारीको अंश सानो भए पनि अहिले आएर धेरैभन्दा धेरै अटोमोबाइल कम्पनीले यस प्रकारका साधन निर्माणमा ठूलो लगानी गरेका छन्। बढ्दो विश्व तापमान वृद्धि र जलवायु परिवर्तनका डरलाग्दा परिणामलाई न्यूनीकरण गर्न स्वच्छ ऊर्जाको बढीभन्दा बढी उत्पादन र प्रयोग अनिवार्य सर्त हो। विद्युतिय परिप्रयोगका लागि संसारभर निकै ठूला प्रयत्नहरु सुरु भएका छन्।

_x000D_ _x000D_

चेतावनीकै भाषामा भन्नुपर्दा, मानव प्रजातिले पृथ्विमा कति समय राज गर्छ भन्ने कुरा पनि पृथ्वीको पर्यावरण कस्तो रहन्छ भन्नेमै निर्भर रहेको छ। फेरिंदो पृथ्वीको वातारवणसँग अनुकुलता मिलाउन नसकेरै डायनोसर जस्ता भीमकाय जनावरको साम्राज्य सकिएको हो। मानव उत्पत्तिभन्दा आगाडिका दर्जनौं प्रजाति लोप हुनुमा कुनै न कुनै रुपमा पृथ्वीको पर्यावरणसँग जोडिएको छ।

_x000D_ _x000D_

स्वच्छ ऊर्जातर्फको बहस सामान्य विश्व व्यापारको प्रसंग मात्र नभएर मानव सभ्यताको भविष्यसँग जोडिएको छ। यो तथ्यलाई संसारभर स्वीकार गरिएको छ। त्यसैले पनि हरितगृह ग्यास उत्सर्जन गर्ने खनिज तेलले चल्ने असीमित सवारी साधनको विकल्पमा विद्युतीय साधनतर्फ मोडिएको ध्यान स्वागतयोग्य र प्रशंसनीय छ। 

_x000D_ _x000D_

नेपालको अटोमोबाइलको बजार पूर्णरुपमा छिमेकी देश भारतसँग निर्भर रहेको छ। यसै पनि भारतले सन् २०३० सम्मको लक्ष्य राखेर खनिज तेलमा आधारित परिवहनलाई विद्युतीय परिवहनले प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ। उसले विद्युतीय परिवहनलाई प्राथमिकता दिन परम्परागत ऊर्जाले चल्ने परिवहनमा थप कर लगाउँदै विद्युतीय सवारीको उत्पादन र बिक्रीवितरणमा उल्लेखनीय कर छुट, अनुदान र अन्य सुविधा दिएको छ। यस अर्थमा नेपालले चाहेर या नचाहेर विद्युतीय सवारीको युगतिर जानैपर्छ।  

_x000D_ _x000D_

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको रिपोर्टलाई आधार लिने हो भने पछिल्ला पाँच वर्षमा संसारभर सानाठूला सबै प्रकारका इलेक्ट्रिक सवारी साधनको उत्पादन र बिक्री उत्साहजनक देखिन्छ। एजेन्सीका अनुसार नेपाल जस्तो देशमा सस्तो, चलाउन सजिलो, भिडभाडमा ठूला कारभन्दा सजिलै छिर्न र निस्कन सक्ने, सामान्य सञ्चालन खर्च लाग्ने हुँदा विद्युतीय सवारी प्रयोगको चलन उत्साहजनक रुपमा बढ्दै जानेछ। 

_x000D_ _x000D_

भारतको उदारण लिएर हेर्दा हाल विद्युतीय सवारीमा प्रतिकिलोमिटर यात्राको औसत खर्च नेपाली रुपैयाँ ४० पैसा मात्र पर्छ र यसको गति पनि औसत ४० किलोमिटर प्रतिघण्टा हुन आउँछ। डिजेल र पेट्रोलसँग तुलना गर्दा यो निकै सस्तो मूल्य हो। यद्यपि नेपालका सडकमा खाल्डाखुल्डी धेरै भएको हुँदा यो मूल्य अलिकति बढी हुन आउँछ। तर सञ्चालन खर्चको हिसाबले आजको दिनमा नेपालमा इलेक्ट्रिक सवारी चलाउनु बुद्धिमानी हुन्छ । 

_x000D_ _x000D_

सन् २०१७ मा मात्र इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड, भारतले ४ हजार वटा इलेक्ट्रिकल सवारी चार्जिङ स्टेसन जडान गर्‍यो। इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड भारतको सरकारी कम्पनी हो, जसले ऊर्जा दक्षताका विविध आयाममा काम गर्दैआएको छ। नेपालमा पनि क्रमशः विद्युतीय परिवहनबारे चासो बढ्दै गएको छ। भर्खरै सम्पन्न नाडा अटो सोमा पनि यस प्रकारका सवारी साधनमा निकै चासो व्यक्त भएको देखियो। सार्वजनिक रुपमा चार्जिङ स्टेसन नभएकोले सवारी धनीले घरमै सवारीसाधन चार्ज गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

जब इनर्जी इफिसियन्सी सर्भिस लिमिटेडको प्रसंग आउँछ, भारतमा यो कम्पनीले प्राप्त गरेका सफलता देख्दा डाहा लाग्छ। ‘भारत उजाला’ कार्यक्रमबााट मात्र वार्षिक ३५ सय मिलियन युनिट वचत गरेको छ र ग्रीडबाट करिब ७ हजार हजार मेघावाटको पिक विद्युत माग घटाएको छ। त्योबाहेक ऊर्जा दक्ष पंखा, एअर कुलर, सडक बत्ति भवन आदिबाट सबैका लागि नमुना हुनेगरी ऊर्जा दक्षतामा गजबका परिणाम निस्केका छन्। कृषि क्षेत्रमा ऊर्जा माग व्यवस्थापन, स्मार्ट मिटर, सोलारमा आधारित कृषि ऊर्जा माग व्यवस्थापन, कोजेनेरेसन र विद्युतीय सवारी प्रवद्र्धनमा यो कम्पनीले उदाहरणीय काम गरेको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपालका सन्दर्भमा भने काठमाडौं जस्ता सहरमा किन विद्युतीय सवारी चाहिन्छ भनेर चर्चा गर्नु पनि असान्दर्भिक भइसकेको छ। किनभने समय धेरै अगाडि बढिसकेको छ। परम्परागत ऊर्जाले चल्ने कार र अन्य मध्यम आकारका सवारी साधन रोक्नुपर्ने समय नजिकिइसकेकोछ। बढ्दो जनसंख्यासँगै बढेका सवारी साधनको भिडले गर्दा काठमाडांै जस्ता सहरको वायु निकै प्रदूषित भएको छ।

_x000D_ _x000D_

विश्वका ठूला सहरहरुको आकार हेरेर तुलना गर्दा त काठमाडौ साइलकल सिटीको लागि उपयुक्त सहर हो। सहरको वायु प्रदुषण वैरागलाग्दो भएर मात्र पनि धेरै मान्छेले कार र मोटरहरुमा यात्रा गर्न रुचाउँछन्। नत्र क्षेत्रफलको हिसाबले काठमाडौंमा साइकलबाट यात्रा गरेर पनि धेरैजसो ठाउँमा आउनजान सकिन्छ। तर साइकल लिएर हिंड्ने छुट्टै लेन छैन। काठमाडौं जस्ता सहरको सार्वजनिक यातायातलाई यस्तै छोड्ने हो भने छोटै समयमा मुखमा माक्स र आँखा जोगाउने चस्मा विनाको मान्छे सडकमा नभेटिने दिन आउनेछ।

Xtrem

Xtrem
_x000D_ _x000D_

ऊर्जा दक्षताको कोणबाट हेर्ने हो भने पनि विद्युतीय सवारी सबैभन्दा ऊर्जादक्ष सवारी साधन हो। प्रतिकिलोमिटर एकजना व्यक्ति यात्रा गर्दा विद्युतीय सवारी साधनले सबैभन्दा कम ऊर्जामा यो काम गर्न सक्छन्।  

_x000D_ _x000D_

नेपाल विद्युत प्राधिकरणको प्रक्षेपणले पनि एकाध वर्षभित्र नेपालको राष्ट्रिय प्रसारण लाइनमा वर्षको आधा महिना समग्र देशको विद्युत मागभन्दा बढी बिजुली आउने आकलन छ। कतिपयले क्रमशः नेपालमा विद्युत उत्पादन बढ्दै जाँदा भारतमा विद्युतको माग अत्याधिक हुने र नेपालबाट भारतमा बिजुली बेच्न सकिने तर्क गरेका छन्।

_x000D_ _x000D_

विश्व/क्षेत्रीय ऊर्जा बजारको सामान्य अध्ययनले पनि यो कुरालाई पुष्टि गर्दैन। यसै पनि अहिले बिहारबाहेक एकदुई राज्यमाबाहेक भारतका कुनै पनि राज्यमा लोडसेडिङ छैन। त्यसमाथि नेपालको हाइड्रोपावरबाट उत्पादित ऊर्जाभन्दा भारतमा निकै सस्तोमा बिजुली किनबेच हुन्छ। त्यसकारण भारत नेपालको बिजुलीको बजार हो भन्ने कुनै विश्वस्त आधार छैन।

_x000D_ _x000D_

नेपालले क्षेत्रीय स्तरमा विद्युत व्यापार गर्नसक्ने कुरा पनि आएका छन्। यसरी विद्युत व्यापार भएको अवस्थामा पनि नेपाल विद्युत बेचेर धनी हुन सक्दैन। नेपालमा बन्दै गरेका जलविद्युतको लागत, जलवायु परिवर्तनले नदीहरुमा पारेको प्रभाव आदि तथ्य केलाउँदा पनि यो विषय प्रष्ट हुन्छ। समग्रमा नेपालले आफ्नो विद्युत उत्पादनको खपत देशभित्र नै हुनेगरी तयारी नगर्दा निकट भविष्यमै विद्युत बजारको अभाव हुने कुरा प्रष्ट छ। यसको लागि नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत माग र उत्पादनको प्रक्षेपण हेरे पुग्छ। 

_x000D_ _x000D_

तत्काल नेपालमा ऊर्जा खपत बढाउनसक्ने भनेको खाना पकाउने ऊर्जाको रुपमा विद्युतको परिप्रयोग, विद्युतीय सवारीको बढीभन्दा बढी प्रयोग र तिव्र औद्योगिकीकरण हुन्। जसमा विद्युतीय सवारीको प्रयोगको विकल्प सजिलो, बढी प्रभावकारी, सस्तो र बहुआयामिक हुनसक्छ। 

_x000D_ _x000D_

नेपालजस्तो विकासोन्मुख देशमा विद्युतीय सवारीको प्रवर्धनमा केही चुनौती भने पक्कै छन्। मुख्यतः राज्यबाट नीतिगत रुपमा सहजीकरण आवश्यक छ। हाल काठमाडौंमा विद्युतीय सवारी चढिरहेका व्यक्तिका अनुभवहरु पनि खासै उत्साहजनक छैनन्। किनभने सडकमा खाल्डाखुल्डी छन्। भिडभाडमा, खाल्डाखुल्डीमा, ग्रेड नमिलेको सडकमा आवश्यकताभन्दा बढी ब्रेक लिनुपर्ने हुँदा यसको क्षमता चाडै ह्रास हुँदै जान्छ भने ऊर्जा जम्मा गरेर राखेको ब्याट्री पनि चाँडो डिस्चार्ज हुन्छ । त्यसमाथि आफ्नै घरमाबाहेक अन्य ठाउँमा यस्ता साधन चार्ज गर्ने स्टेसन छैनन्। त्यसैले लामो यात्राका लागि विद्युतीय सवारी धेरैको रोजाइमा पर्दैन।

_x000D_ _x000D_

त्यसैले सहरका खाली ठाउँमा सोलार पिभीका सानासाना फार्म बनाउने, त्यसलाई नेट मिटरिङमार्फत ग्रिडमा जोड्ने र त्योमुनि विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन बनाउन पनि सकिन्छ। यो सामान्य प्रविधि हो। हरेक अफिसका छतमा सोलार राखेर भुईंमा दुईतीन वटा विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउन सकिन्छ। अथवा सोलार नराखेर ग्रिडको बिजुली मात्र प्रयोग गरेर पनि चार्जिङ स्टेसन बनाउन सकिन्छ। जहाँ २ पांग्रे्रे, ३ पांग्रे वा ठूला आकारका विद्युतीय सवारी चार्ज हुन सकुन्। 

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्