• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपालीप्रति कस्ताे व्यवहार गर्थे गान्धी?

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  ००:३४
1140x725

दक्षिण अफ्रिकामा २१ वर्ष बसेपछि सन् १९१५ मा महात्मा गान्धी स्वदेश फर्किए। गान्धी भारत फर्किएदेखि १९४७ सम्मको अवधिलाई भारतमा गान्धी युग भनेर चिनिन्छ। भारतमा उनले चलाएको आन्दोलन आरोह-अवरोह पार गर्दै राष्ट्रिय आन्दोलनको रुप लियो। उनकै नेतृत्वको आन्दोलनबाट भारत स्वतन्त्र पनि भयो। शस्त्रबाट मात्र परिवर्तन देखेको विश्वलाई निष्ठा सहितको आत्मबलले पनि परिवर्तन संभव छ, भनेर उनले सावित गरे।

_x000D_ _x000D_

अहिंसात्मक आन्दोलन सफल भएकै कारण आजको विश्व जगतले उनलाई स्मरण गर्ने गरेको छ। संयुक्त राष्ट्रसंघले नै उनको जन्म दिन अक्टोबर २ तारिखलाई विश्व अहिंसा दिवसका रुपमा मनाउन थालेको छ। संयुक्त राष्ट्रसंघजस्तो गरिमामय संस्थाले कुनै व्यक्ति विषेशको जन्मदिनलाई दिवसकै रुपमा मनाउने निर्णय गर्नुले त्यसको महत्व झनै बढेर गएको छ। 

_x000D_ _x000D_

गान्धीले चलाएको आन्दोलनले भारतको राजनैतिक आन्दोलनमा मात्र प्रभाव पारेको थिएन। समाजिक, आर्थिक, शैक्षिक एवं धार्मिक क्षेत्रमा पनि सो आन्दोलनको उल्लेख्य प्रभाव थियो। गान्धी नेतृत्वको सो आन्दोलनले समग्र दक्षिण एसियामा नै देशमा जागरणको सञ्चार गरेको पाइन्छ। भारतको स्वतन्त्रता आफ्नो देशमा परिवर्तन संभव छैन भन्ने आभास छिमेकी देशमा परेको थियो। तसर्थ उक्त आन्दोलनमा छिमेकी देशका नागरिकले समेत सहभागिता जनाउन थाले। उक्त तथ्यको प्रमाण नेपालका राजनीतिक क्षेत्रका अग्रजको सहभागिताले पुष्टि गरिसकेको छ। 

_x000D_ _x000D_

आन्दोलनमा सक्रिय सहभागिता जनाउने नेपाली नेपाली राजनीतिका अग्रजमा बिपी कोईराला, डिल्लीरमण रेग्मी, बटुककृष्ण भट्टराई, गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायतको नाम अग्रपंक्तिमा आउँछ। 

_x000D_ _x000D_

‘नेपाली हुँ’ भनेर गान्धीसँग पहिलो पटक भेट गर्ने नेपाली तुलसी मेहर श्रेष्ठ थिए। श्रेष्ठकै संगतबाट भारतका विभिन्न आश्रम पुगेका अन्य नेपालीले समेत गान्धीसँग भेट गर्ने अवसर पाए। 

_x000D_ _x000D_

सन् १९३० को गान्धीको अभियान दाण्डी यात्रामा सहभागी हुने दुई नेपाली महावीर गिरी र खड्ग गिरी थिए। महावीरका भाई धर्मवीर गिरी र उनकी एकल महिला कृष्णमैया गिरी। धर्मवीर गिरी र गान्धीका स्वकीय सचिव महादेव देसार्इंपुत्र नारायण भाई देसाईं सावरमतीमा गान्धीको काखमा हुर्किएका थिए। 

_x000D_ _x000D_

राजनैतिक रुपमा श्रेष्ठले भारतीय स्वतन्त्रता आन्दोलनमा प्रत्यक्ष रुपमा सहभागिता नजनाए पनि रचनात्मक सहयोग भने गरेकै थिए। विदेशी समान बहिस्कार गर्दा गान्धीलाई नेपाली कागज पुर्‍याउन उनै श्रेष्ठले गरेका थिए। विदेशी सामग्री बहिष्कार गरेका गान्धीले लेख्नका लागि नेपाली कागज प्रयोग गरे। स्वतन्त्रताको उक्त आन्दोलनमा नेपाली जनता सहभागी भएका प्रमाण यथेष्ट छन्। 

_x000D_ _x000D_

गान्धी र बिपीको भेट
_x000D_ गान्धी युगमा भारत प्रवासमै रहेका बेला पिता कृष्णप्रसादबाट जन्मिएका बिपी कोइरालाको बाल मस्तिष्कमा गान्धीको अमीट छाप परेको पाइन्छ। प्रवासमा रहेका नेपाली नागरिकले पनि भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण योगदान गरेका थिए। सांस्कृतिक, धार्मिक मात्र नभएर एक–अर्काे देशको स्वतन्त्रताका लागि नागरिक स्तरबाटै गरिएका योगदानले पनि नेपाल र भारतको सम्बन्ध प्रगाढ र समधुर रहन सहयोग पुगेको छ। भारतको स्वतन्त्रता आन्दोलनमा प्रत्यक्ष सहभागी हुने नेपाली अग्रजका सूचीमा बिपी कोईरालाको नाम अग्रपंक्तिमा आउँछ। बिपीको आत्मकथामा ती सबै प्रसंग वर्णन गरिएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_
_x000D_

गान्धीको नैतिक सर्मथन लिएर नेपालमा क्रान्ति गर्ने उद्देश्य लिएर कलकत्ता पुगेका कोईरालाले हातमा ग्रिनेट लिएकै बेला बिपीले गान्धी हत्याको समाचार सुन्नु पर्यो। यो प्रसंग कोईरालाको आत्मकथामा पढ्न पाईन्छ। 

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

हत्या हुनु २ दिन अघिमात्र कोईराला गान्धी समक्ष पुगेर नेपालको आन्दोलनमा सहयोग र सर्मथन माग गरेका थिए। त्यसबेला गान्धीले स्वतन्त्रताका पक्षमा हुने अहिंसात्मक आन्दोलनमा आफ्नो नैतिक सर्मथन रहने आश्वासन दिएका थिए। गान्धीको नैतिक सर्मथन लिएर नेपालमा क्रान्ति गर्ने उद्देश्य लिएर कलकत्ता पुगेका कोईरालाले हातमा ग्रिनेट लिएकै बेला बिपीले गान्धी हत्याको समाचार सुन्नु पर्यो। यो प्रसंग कोईरालाको आत्मकथामा पढ्न पाईन्छ। 

_x000D_ _x000D_

गान्धी र किसुनजीबीचको ‘मिसन’भेट 
_x000D_ सन् १९४७ तिर भारतीय स्वतन्त्रता आन्दोलनले शिखर चुम्दै थियो। त्यही समय बिपी कोईराला नेपालको जेलमा बन्दी बनाइएका थिए। विराटनगरको जुटमिल आन्दोलन क्रममा उनी पक्राउ परे। विराटनगरको जुटमील आन्दोलन भारतीय स्वतन्त्रता आन्दोलनकै प्रेरणबाट सञ्चालित थियो। राणा शासकको कठोर यातना र  प्रातडनाका कारण जेलमा कोईरालाको स्वास्थ्य दिनप्रतिदिन नाजुक बन्दै गयो।

_x000D_ _x000D_

वि.स. १९९७ काण्डपछि प्रजातन्त्रका पक्षपातीमाथि धरपकड जारी थियो। अधिकांश प्रजातन्त्रवादी नेता भारत प्रवासमै थिए। जेलमा कोईरालाको बिग्रँदो स्वास्थ्य अवस्थाले शुभचिन्तक र कार्यकर्तामा चिन्ता थपेको थियो। बिपीको रिहाईको उपाय खोजी स्वदेशबाट संभव थिएन। प्रवासमा भने त्यसको खोजी जारी थियो। तत्कालीन समयमा नेपालमा प्रधानमन्त्री पद्म शमसेर थिए। तर शासनसत्ताको रोलक्रममा ‘माथि’ रहेका राणाहरु (चन्द्र शमसेर खलक)को बोलबाला थियो। 

_x000D_ _x000D_

देशभित्रको असामान्य परिस्थितिका कारण गणेशमान सिंह पनि भारत प्रवासमै थिए। उनीसँगै थिए, नेपाली काग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजी। 

_x000D_ _x000D_

किसुनजीको हेलमेल भारतीय नेताहरुसँगै समकालीन नेपाली नेताको बढी नै थियो। जेलमा बिपीले सामना गर्नुपरेको दयनीय अवस्थाले व्याकुल बनेका सिंह र भट्टराई दुबै जना रिहा गराउने उपाय खोजी गर्दै थिए। त्यत्तिकैंमा भारतीय नेता राममनोहर लोहियासँग सम्बन्ध निर्माण गरी उपयोग गर्ने उनीहरुको सहमति भयो। राममनोहर लोहिया र बिपी अत्यन्त घनिष्ठ मित्र थिए। लोहिया कलकत्तामा पुगेका बेला सिंह र किसुनजीले भेट गरे। बिपीको अवस्थाबारे जानकारी गराए। उनलाई जेलबाट रिहा गराउन छलफल चल्यो। लोहियाले तत्काल उनको कुरामा सहमति जनाए। उनले तत्काल गान्धीलाई चिठी लेखिदिए। 

_x000D_ _x000D_

पश्चिम बंगालमा हिन्दू–मुस्लिम दंगा जारी थियो। दंगास्थल नोआखलीका लागि गान्धी दिल्लीबाट रवाना भएर कलकत्ताको बेलियाघाटा भन्ने स्थानमा मुकाम गरेका थिए। केही समयका लागि उनको मुकाम त्यही नै थियो। हजारौं अनुयायीसहित गान्धी त्यँहा पुगेका थिए। तत्कालीन समयमा गान्धी जँहा पुग्थे, त्यँहा मानिसको भीड हुन्थ्यो। किनकि, गान्धी ‘भारत छोडो’ आन्दोलनका सारथी थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

सिंह र किसुनजीका लागि गान्धीसम्म पुग्ने सबैभन्दा भरपर्दाे माध्यम बन्यो लोहियाको पत्र। त्यसपछि दुबै जना अगस्ट महिनाको दोस्रो साता मिसन उद्देश्यका साथ गान्धीसँग भेटघाटका लागि बेलियाघाट पुगे। 

_x000D_ _x000D_

बिपी भारत छोडो आन्दोलनका बन्दी पनि थिए। सन् १९४२ देखि ४५ सम्मबन्दी भएर रिहा भएका थिए उनी। त्यसपछि नेपालमा प्रजातन्त्र प्राप्तीको उद्देश्य लिएर फर्किएका थिए। कोइराला भारतको आन्दोलनमा बन्दी भएको र पटनामै बस्ने गरेकोसम्म गान्धीलाई ‘अपडेट’ रहेछ। सिंह र किसुनजीले उनको रिहाईका लागि आग्रह गर्दा कोइराला पटनामा बस्ने गरेसम्मको अपडेट गान्धीले सुनाएछन्। कोइरालाका बारेमा गान्धीको अपडेटले गर्दा कुराकानी अघि बढाउन कुनै अप्ठ्यारो परेन। गान्धीसमक्ष उनीहरुले कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराए। साथै रिहाईको लागि एउटा पत्रको आग्रह समेत गरे।
_x000D_  
_x000D_ उनीहरुको आग्रहलाई स्वीकार गर्दैंं गान्धीले सोधेछन्- ‘मैले कसलाई के लेखिदिनु पर्‍यो, महाराजलाई वा प्रधानमन्त्रीलाई?’ भेटघाटले निरन्तरता पाईरहेको थियो। तर उता अन्तरिम प्रधानमन्त्री जवाहरलाल नेहरुले कोइरालाको रिहाईका लागि तार गरिसकेका रहेछन्। 

_x000D_ _x000D_

किसुनजीका अनुसार त्यसबीचमा गान्धीले बिपीको रिहाइका लागि निकै चासो दिएका थिए। भेटघाटलाई निरन्तरता दिए। 

_x000D_ _x000D_
_x000D_

किसुनजीका अनुसार आभाले पनि लाजले भुतुक्क हुँदै आफ्नो वाणी सुधार गर्दै हो, ‘नेपाल से’ भनिन्। त्यसपछि मात्र ‘म (किसुनजी) र सिंहजीले, गान्धीको निवासस्थल प्रवेश पायौं।’

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

भट्टराई र सिंहले गान्धीसँग भेट गर्दाको रमाइलो पक्ष पनि रहेछ। त्यहाँ भएको भेट र संवाद आफैमा रोचकमात्रै छैन, ऐतिहासिक पनि छ। पहिलो पटक किसुनजी र सिंह बेलियाघाट पुगेर गान्धी निवासस्थलमा सेविका आभा गान्धी थिइन्। दुईजना पुगेर केही कुराकानी गरेपछि गान्धीसँग भेट गर्न आएको सूचना दिँदा ‘भोपाल से आए हुअ‍े वापु के पास आईए’ भनेर गान्धीलाई जानकारी दिइएको रहेछ। तर उनीहरुको समूहमा भोपालका प्रतिनिधि कोही पनि थिएन्। भोपालको प्रतिनिधि कोही नभएपछि ‘नेपाल से होगा’ भनेर सच्चाइदिएका थिए रे, किसुनजीले। 

_x000D_ _x000D_

किसुनजीका अनुसार आभाले पनि लाजले भुतुक्क हुँदै आफ्नो वाणी सुधार गर्दै हो, ‘नेपाल से’ भनिन्। त्यसपछि मात्र ‘म (किसुनजी) र सिंहजीले, गान्धीको निवासस्थल प्रवेश पायौं।’

_x000D_ _x000D_

किसुनजीका लागि गान्धीको सौम्य मुस्कानको त्यो दर्शन तेस्रो पटक भएपनि सिंहको पहिलो थियो। त्यसबखत गान्धीसंग पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री सोहराबर्दी पनि रहेछन्। उनी गान्धीका उदार अनुयायी थिए। सिंह र किसुनजीले गान्धीलाई लोहियाले लेखिदिएको पत्र दिए। नेपालको अवस्था बारे ‘ब्रिफ्रिङ’ गरे। सम्पूर्ण अवस्थाको जानकारी भएपछि मैले तपाईहरुलाई कसरी सहयोग गर्न सक्छ? ‘जवाहरजीले तपाईहरुलाई सहयोग गर्नुहुनेछ’ गान्धीले भने।

_x000D_ _x000D_

‘जवाहरजीको सद्भाव त छँदैछ। तपाईको पत्रले नेपालका शासकको मन फेर्न सक्ला की? भन्ने हाम्रो विश्वास छ। यदि तपाइले एउटा मात्रै पत्र लेखिदिनु भयो भने शासकहरुमा त्यसको निक्कै ठूलो प्रभाव पर्नेछ। नागरिक तहमा नैतिक साहस पनि बढ्नेछ’ किसुनजीले कुरा राखेछन्। ‘त्यसो भए म लेखुँला, कोइरालाजीलाई छाडीदेउ भनेर। छुटेपछि पटनामैं फर्कनुहुन्छ नि?,’ गान्धीले प्रतिप्रश्न गरेछन्। 

_x000D_ _x000D_

सिंह र भट्टराई अवाक् भए। कोइरालालाई नछुटाउनु मृत्यु निश्चित थियो। छुटाउनु गान्धीको सशर्त सदाशयताπ बढो अधैर्य भए दुबै जना। दुबै पक्षबीच नजर संवाद चल्यो। त्यत्तिकैमा किसुनजीले मुख खोले ‘बापु, त्यस्तो शर्त राखेर छुट्दा माफी मागेजस्तो हुदैन्?’

_x000D_ _x000D_
_x000D_

त्यसो त संवाद र मनोविज्ञान बुझ्न गान्धीमा तिलस्मी नै थियो। 

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

भारत छोडो आन्दोलनका बारेमा पूर्ण जानकार किसुनजीले नम्र भाषामा थपेछन् ‘बापु, सन् १९४२ को भारत छोडो आन्दोलनकामा त्यस्तो शर्त मानी छुट्नेहरुलाई देशप्रेमीहरुले कस्तो ईज्जत गरेका थिए। त्यसले गर्दा आन्दोलनको नैतिक बल कतिसम्म कमजोर भएको थियो? त्यस बारेमा स्वयम् जानकार हुनुहुन्छ। मैले बताउनु पर्छ र?’ प्रति उत्तरमा गान्धीले भने ‘हो, यो त अलि नराम्रो नै हुन्छ है। मेरो स्मरणमा पनि त्यो प्रभाव हराएको छैन।’

_x000D_ _x000D_

किसुनजीका अनुसार निहित उद्देश्यले पुगेका सिंह र मसँग गान्धीले उक्त जिज्ञासाबाट परीक्षा लिइरहनु भएको थियो। त्यसो त संवाद र मनोविज्ञान बुझ्न गान्धीमा तिलस्मी नै थियो। 

_x000D_ _x000D_

गान्धीले कोईरालाको रिहाइका लागि लेखिदिने पत्रको व्यहोरा अवगत गराउदै, यसरी लेखे कसो होला? जिज्ञासा तेर्स्याए। ‘अहिले कोईरालाजीलाई छाडीदेउ, ‘उनका पिताको पनि नजरबन्द अवस्थामा नै मृत्यु भएको हो। यदि छोरा पनि त्यसरी नै जेलमा मरे भने, जनतामा सरकार प्रति घृणाभाव बढ्नेछ। कोईरालाको उपचार नेपालमा संभव छैन। उनी छुटेपछि उपचारका लागि बम्बई पुग्नेछन्। फेरी फर्किए तिम्रो सरकारका पुलिस र सेनाले उनलाई सजिलै नियन्त्रणमा लिन सकिहाल्नेछन्।’

_x000D_ _x000D_

‘हामीले चाहेको पनि यही हो। हामीलाई यो व्यहोरा स्वीकार छ,’ किसुनजीले उत्तर दिएछन्। 
_x000D_ गान्धी –‘तपाइहरुले मैले भन्न खोजेको कुरो बुझ्नु भयो, हैन।’
_x000D_ किसुनजी- ‘बुझे’।

_x000D_ _x000D_

गान्धी– यस विषयमा कलकत्तामा रहेका अन्य साथीसंग पनि छलफल गर्नुहोस्। अनि भोलि ३ बजे पत्र लिन यहा“ आईपुग्नु। पत्र तयार हुनेछ।

_x000D_ _x000D_

त्यसबेला रातको ९ बजिसकेको थियो। बिदा हुने बेला लोहियालाई दिन तयार गरेको एउटा पत्र समेत थमाएका थिए। त्यो पत्र भार कै आन्तरिक विषयको छलफल बारेको थियो। भेट महत्वपूर्ण बन्यो। 

_x000D_ _x000D_

त्यतिबेला, गान्धीजीको एक–एक सेकेन्डको पनि ठूलो महत्व थियो। उनलाई भेट्न देश विदेशबाट समेत मानिस आईरहेका हुन्थे। उनको समय र कार्यक्रमको व्यवस्थापन उनका अनुयायीबाट हुन्थ्यो। 

_x000D_ _x000D_

तर पनि गान्धीले नेपाली प्रतिनिधि मण्डलसँग लगातार नेपालका बारेमा जानकारी राख्दैं तेस्रो दिन पनि भेट्न बोलाएका थिए। पत्रको सम्बोधनका बारेमा पहिला नै छलफल भैसकेको थियो। 

_x000D_ _x000D_

गान्धीबाट पुनः जिज्ञासा भयो, ‘प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेख्ने हैन?’
_x000D_ किसुनजी- ‘हजुर।’

_x000D_ _x000D_

एकछिन मौनता छायो। त्यत्तिकैमा गान्धीले भने ‘तपाईंहरुका एउटा महाराजलाई त म पनि चिन्दछु। शायद उनी अहिले गद्दीच्युत छन्। तरपनि केही मद्दत गर्न सक्छन् की?’

_x000D_ _x000D_
_x000D_

गान्धीसंग भोलि भेट्ने गरी बिदा भएका किसुनजी र सिंहबीच गान्धीको पत्र लिएर को नेपाल फर्किने भन्ने छलफल चल्दै गर्दा कोइराला नेपालमा छुटेको समाचार प्राप्त भयो। 

_x000D_
_x000D_ _x000D_

 

_x000D_ _x000D_

किसुनजी- ‘उनी जुद्ध शमसेर हुन्। यतिबेला नेपालको शासनमा उनको केही चल्दैन। अधिकार पनि छैन। उनी यतै भारतमा निर्वासनमा छन्।’

_x000D_ _x000D_

बिपीको रिहाईका लागि किसुनजी र सिंहसंगको भेटमा गान्धीसँग जुद्ध शमसेरका अन्य पक्षबारे पनि छलफल भएको थियो। ३०, माघ २००४ मा युगवाणी साप्ताहिकमा प्रकाशित किसुनजीको आलेखमा यो कुरा उल्लेख छ।

_x000D_ _x000D_

गान्धीसंग भोलि भेट्ने गरी बिदा भएका किसुनजी र सिंहबीच गान्धीको पत्र लिएर को नेपाल फर्किने भन्ने छलफल चल्दै गर्दा कोइराला नेपालमा छुटेको समाचार प्राप्त भयो। 

_x000D_ _x000D_

त्यो जानकारी दिन किसुनजी र सिंह भोलिपल्ट पूर्व निर्धारित समयमा गान्धीलाई भेट्न बेलियाघाट पुगे। बेलियाघाट पुग्दा गान्धी अत्यन्त व्यस्त रहेको र बंगालका प्रम सोहराबर्दीका साथ रहेको जानकारी गराइयो। 

_x000D_ _x000D_

त्यो जानकारीको मतलब नगरी आफ्नो नाम भित्र पुर्‍याउन किसुनजीले आग्रह गरे। तत्काल किसुनजीलाई भित्रबाट बोलाइयो। गान्धी नेपाल पठाउने पत्रकै तयारीमा रहेका बखत उनीहरुले प्रवेश पाए। किसुनजीका अनुसार भित्र प्रवेशसंगै नेपालमा कोइराला रिहा भएको खबर गान्धीलाई सुनाइयो। त्यो खबरले गान्धीको अनुहार पुलकित बन्यो।  

_x000D_ _x000D_

_x000D_ _x000D_

‘नेहरुले समय–वचनको पालना गर्दै, नेपालमा तार गरिदिएछन्। त्यसैले कोइरालाजी छोडिदिएको हुनुपर्छ’ गान्धीले भने। कोइराला रिहाइको पत्रका लागि गान्धीसंग किसुनजीको त्यो संवाद जुरेको थियो। 

_x000D_ _x000D_

जीवनमा तीन पटक गान्धीलाई भेटेका किसुनजीले उनको हत्याको समाचारपछि दुःख व्यक्त गर्दै भनेका थिए ‘गान्धीको मृत्युको खबरले भर्खर पलाउन लागेको नेपाली जनआन्दोलनको कति ठूलो क्षति भयो, त्यो हामीले नेपाली जनतालाई के गरी बताउने?’

_x000D_ _x000D_

गान्धी र प्रताप शमशेरबीच भेट 
_x000D_ महाराज श्री ३ जुद्ध शमसेरले कमान्डर ईन चिफ रुद्र शमसेर र हिरण्य शमसेरलाई राजधानीबाट निकाला गरेपछि रुद्रका भाई प्रताप शमसेर क्रान्तिको उद्देश्य राखेर वि.स. १९९१ मा गान्धीलाई भेटन पुगेका थिए। इतिहासकार पुरुषोत्तम शमसेरका अनुसार गान्धीले रुद्रलाई सम्झाउँदै आवेशमा क्रान्ति गर्नु घातक हुन्छ भनेका थिए। प्रतापले नेपालको शाणा शासन र ज्यादती भारतमा बिट्रिसको भन्दा कम नरहेको जानकारी गान्धीलाई गराएका थिए। 

_x000D_ _x000D_

गान्धीले, प्रतापलाई दार्जलिंगमा बसेर नेपाली र भारतीय जनतालाई जागरण ल्याउने काम गर्न भने। भारत स्वतन्त्र भएपछि नेपालमा पनि आन्दोलन गर्न सहज हुनेछ, भनी सुझाएका थिए।

_x000D_ _x000D_

गान्धीसँग तुल्सीमेहरको भेट
_x000D_ नेपालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरको शासन थियो। सन् १९२१ मा काठमाडौंमा सत्याचरण सभा सम्पन्न भयो। सभाले आर्य समाजका प्रर्वतक दयानन्द सरस्वतीको ‘सत्यार्थ प्रकाश’ सबैले अध्ययन गर्ने निणर्य गर्‍यो। समाजले मांसहारी भोजन, मद्यपान र निशापानका बारेमा जागरण अभियान संचालन गर्‍यो।

_x000D_ _x000D_
_x000D_

गिरफ्तारीमा पर्ने मध्येका एक थिए तुल्सीमेहर श्रेष्ठ। उनलाई १२ वर्षको कैद वा आजन्म देश निकालाको निर्णय गरियो। आफूले कुनै कसुर नै नगरी गिरफ्तार हुनुपर्दा उनलाई धिक्कार लाग्यो। निर्दाेष रहँदारहँदै आफूलाई सजाय दिइएको भन्दै महाराज चन्द्र शमसेर समक्ष बिन्ती गरे। ‘महाराज १२ वर्षको कैद सजायको सट्टामा देश निकाला पनि गरिदिस्योस्।’

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

तर सरकारले उक्त कार्य आफ्ना विरुद्धको कदम भनेर बुझ्यो। एकाएक अभियानकर्तालाई गिरफ्तार गर्न थाल्यो। गिरफ्तारीमा पर्ने मध्येका एक थिए तुल्सीमेहर श्रेष्ठ। उनलाई १२ वर्षको कैद वा आजन्म देश निकालाको निर्णय गरियो। आफूले कुनै कसुर नै नगरी गिरफ्तार हुनुपर्दा उनलाई धिक्कार लाग्यो। निर्दाेष रहँदारहँदै आफूलाई सजाय दिइएको भन्दै महाराज चन्द्र शमसेर समक्ष बिन्ती गरे। ‘महाराज १२ वर्षको कैद सजायको सट्टामा देश निकाला पनि गरिदिस्योस्।’ उनको बिन्तीलाई महाराज श्री ३ चन्द्र शमसेरले स्वीकार गर्दै देश निकाला गरिदिए। 

_x000D_ _x000D_

‘स्वेच्छाले देश निकाला भएपछि त्यही वर्ष अक्टोबरमा उनी सत्याग्रह आश्रम सावरमती अहमदबाद पुगे। सावरमती आश्रम संस्मरणमा श्रेष्ठले ‘म काठमाडाै‌ंबाट निस्किएर, सत्याग्रह आश्रम सावरमतीमा गान्धीजी समक्ष आईपुगें। सन् १९२१ देखि १९२५ सम्म त्यही बसें । ४ वर्षको सो अवधिमा पछिल्ला दुई वर्ष रातदिन गान्धीजीकै विश्वासपात्रका रुपमा निकटतम सम्पर्कमा रहेर अल्पवुद्धिले भेटेसम्मको सेवा गर्ने सौभाग्य मैले प्राप्त गरें’ उनले लेखेका छन्। 

_x000D_ _x000D_

चार वर्षपछि गान्धीकै सल्लाहमा उनी नेपाल फिरे। नेपाल प्रवेश गर्न देश निकाला गर्ने उनै श्री ३ महाराज चन्द्र शमसेरलाई बिन्ती गरे। महाराज श्री ३ चन्द्रले पनि श्रेष्ठको बिन्ती सुझबुझ गरेपछि स्वदेश प्रवेशको अनुमति दिए। त्यसो त उनी फर्किए पनि गान्धीको सानिध्यबाट अलग भने भएनन्। निरन्तर सम्र्पकमा रहीरहे। 

_x000D_ _x000D_
_x000D_

नेपालीका शुभचिन्तक तथा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीलाई जन्मदिनको अवसरमा समस्त नेपालीका तर्फबाट ‘नमन’। 

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

भारत स्वतन्त्र भएस“गै नेपालमा जहाँनिया राणाशासनको अन्त्य भयो। प्रजातान्त्रिक युगको आरम्भ भयो। ०७ सालको परिवर्तनपछि पनि नेपालले वर्तमानसम्म आईपुग्न थुप्रै आरोह अवरोह पार गर्नुपर्‍यो। नेपालीका शुभचिन्तक तथा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीलाई जन्मदिनको अवसरमा समस्त नेपालीका तर्फबाट ‘नमन’। 
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  ००:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्