काठमाडौं- पशुपति क्षेत्रमा सफा टेम्पो संचालनमा ल्याइएको छ। वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यले पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैंत्री सफा टेम्पो संचालनमा ल्याइएको हो।
_x000D_
_x000D_
लक्ष्मी बैंकको आर्थिक सहायतामा टेम्पो सेवा संचालनमा ल्याइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आईतबार एक कार्यक्रमका बीच टेम्पो सेवा शुभारम्भ गरेका हुन्।
_x000D_
_x000D_
अशक्त तथा वृद्धका लागि निःशुल्क सेवा उपलब्ध गराउन २ वटा वातावरणमैत्री सफा टेम्पो संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक समितिका सुमीद भट्टराईले जानकारी दिए।
_x000D_
_x000D_
सरकारले केही समयअघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनलाई पशुपति दर्शन गर्न कठिनाई हुँदै आएको थियो। ६ सिट संख्या रहेको सो सफा टेम्पो वृद्ध तथा अशक्त भक्तजनले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए।
_x000D_
_x000D_
यसैबीच, पशुपति क्षेत्र विकास कोषले आईतबारबाटै लकर सेवा पनि संचालन गरेको छ। माछापुच्छ्रे बैंक लिमिटेडको आर्थिक सहायतामा पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनका मूल्यवान् सामान राख्न पाउने गरी लकरको व्यवस्था गरिएको हो। बैंकका अध्यक्ष रोशन केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गरी उद्घाटन गरिएको सो लकरमा भक्तजनले आफ्नो सामानहरु राख्न पाउनेछन्।
_x000D_
_x000D_
मन्त्री अधिकारीले पशुपति क्षेत्रको सर्वांगीण विकासका लागि सहयोग उपलब्ध गराएको भन्दै बैंकलाई धन्यवाद दिए। उनले पशुपति क्षेत्रको गुरुयोजना ४ महिना भित्र तयार पारी यसको समग्र क्षेत्रको विकासको कामलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
_x000D_
_x000D_
मन्त्री अधिकारीले हिन्दूको पवित्र तीर्थस्थल पशुपतिलाई आकर्षक बनाउने कामलाई सरकारले तीव्रता दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।