पालु, इन्डोनेसिया (रासस/एएफपी)- इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।
_x000D_
_x000D_
स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ। उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।
_x000D_
_x000D_
इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ताहरु अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या “हजार”भन्दा बढी हुनसक्ने बताए।
_x000D_
_x000D_
मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका छन्। अरु सयौँ घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुको भनाइ छ। अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ।
_x000D_
_x000D_
कतिपय मृत्यु भएकाहरुको शब सडकमै छरिएको अवस्थामा भेटिएको छ। भूकम्प र त्यसपछिको सुनामीका कारण ५०० जना भन्दा बढी घाइते भएको जनाइएको छ।
_x000D_
_x000D_
इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ।
_x000D_
_x000D_
प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेका छन्। पालु नगरका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेको अनुमान गरिएको छ।
_x000D_
_x000D_
भूकम्प र सुनामीले बस्ने घरहरु, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनाहरुमा क्षति गरेको छ । अधिकारीहरुले अझै पनि शक्तिशाली परकम्पहरू आउनेक्रम जारी रहेको बताएका छन्।
_x000D_
_x000D_
यसैवर्ष, लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी ५ सय ५० भन्दा बढी मानिस मारिएका थिए। इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।