काठमाडौं– तीन अभिनेत्रीहरुको उपस्थितिमा फेसन डिजाइनर क्षितिजा शाक्यको नयाँ बुटिक सञ्चालनमा आएको छ। सुन्धारास्थित काठमाडौं मलको चौथो तल्लामा खाेलिएकाे ‘बुटिक क्षितिजा अपारेल’काे नायिका करिश्मा मानन्धर, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले शनिबार औपचारिक उद्घाटन गरेका हुन्।
_x000D_
_x000D_
सदाबहार नायिका करिश्मा मानन्धरले रिवन काट्दै बुटिकको उद्घाटन गरेकी थिइन्। उनले उद्घाटन समारोहमा बोल्दै भनिन्, 'महिलाहरुको पहिरन विशेषगरी विवाहको लागि आवश्यक ब्लाउज, लेहेंगा, जुत्ता, क्याजल वेयरका कुर्ता सुरुवालका लागि काठमाडौंमा थप नयाँ बुटिक सञ्चालनमा आएकोमा खुसी लाग्यो।’
_x000D_
_x000D_
नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’की नायिका चैत्यदेवी सिंह, हास्यसम्राज्ञी बसुन्धरा भुसालको पनि उपस्थिति रहेको थियो। यस्तै, चैत्यदेवी र बसुन्धराले पनि राजधानीमा नयाँ बुटिक सञ्चालनमा ल्याएको भन्दै फेसन डिजाइनर क्षितिजालाई शुभकामना दिए।
_x000D_
_x000D_
फेसन डिजाइनिङको क्षेत्रमा परिचित क्षितिजा विगत १४ बर्षदेखि यस पेसामा सक्रिय छिन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।