काठमाडौं– सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमको परिवारलाई सरकारले १० लाखको चेक हस्तान्तरण गरिएको छ। आइतबार आलमकी श्रीमती खतिजा खातुनलाई गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा आयोजित एक कार्यक्रमकाबीच चेक र सहिदको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
_x000D_
_x000D_
हत्या भएको भोलिपल्टै सरकारले १० लाख क्षतिपूर्ति दिने र घटनाको अनुसन्धान गर्ने भन्दै समिति गठन गरेको थियो। समितिमा समितिमा प्रदेश नम्बर १ का एसएसपी किशोर दाहाल, सशस्त्र प्रहरी बलका एसपी रमेशकुमार थुम्स, राष्ट्रिय अनुसन्धान विभागका तुलसी प्रसाईं, प्रदेश १ का आन्तरिम मामिला तथा कानुन मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन्। समितिलाई अनुसन्धान गर्न १५ दिनको म्याद दिइएको छ।
_x000D_
_x000D_
आलमको हत्या असोज ४ गते भएको थियो। भारतीय नम्बर प्लेटको मोटरसाइलकमा आएका चार जनाको समूहले आलमलाई गोली प्रहार गरी भारत प्रवेश गरेको थियो। गोली लागेका आलमको घटनास्थमलमै ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।