• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

रेखालाई प्रश्न - 'मालिका' बेच्न 'निर्मला'को चर्चा किन?

64x64
नेपाल लाइभ आइतबार, असोज १४, २०७५  ०७:०२
1140x725

काठमाडौं– पछिल्लो समय महिला अधिकार र महिला सशक्तिकरणका मुद्दामाथि फिल्म बनाउँदै आएकी अभिनेत्री तथा निर्माता हुन् रेखा थापा। सोही धारकै निरन्तरतास्वरुप निर्माण गरिएको फिल्म ‘मालिका’ प्रर्दशनको तयारीमा छ।

_x000D_ _x000D_

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी फिल्मको ‘ट्रेलर’ सार्वजनिक गरियो। ट्रेलरमा रेखा स्वयम् (मालिका यादव) र जाजरकोटकी नव–कलाकार कमला ओली (जया)लाई केन्द्रमा राखिएको छ। रेखाले ट्रेलरमा महिला आवाज बुलन्द गर्ने प्रयास गरेकी छन्। शिक्षित र सम्पन्नताको खोल ओड्नेहरुको विरुद्धमा आवाज उठाएकी छन्। उनले फिल्ममा महिला हिंसा, बाल विवाह र बलात्कारीका विरुद्धमा मधेसी पात्र मालिका यादवलाई उभ्याएकी छन्।

_x000D_ _x000D_

यस आधारमा फिल्मले नेपाली समाजमा महिलाहरुले भोगिरहेका अनेकन समस्यालाई समेट्न खोजिएको प्रष्ट हुन्छ। यसअघि पनि रेखाले धेरै वटा फिल्ममा महिलाको आवाजलाई केन्द्रमा उभ्याउँदै आएकी छन्। गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’ जहाँ एसिड आक्रमणपछिको नारीको पीडा र संघर्षलाई पर्दामा उतारिएको छ।

_x000D_ _x000D_

त्यस्तैगरी फिल्म ‘राज्जारानी’मा पनि रेखा परिवर्तनको प्रवाहक बन्दै महिला नेतृत्वकर्ताको रुपमा अतिथि भूमिकमा देखिएकी थिइन्। जहाँ, खराब आचारण भएका पुरुषलाई महिला पात्र पिंकु थापाले कसरी आफ्नो वशमा राख्न सफल हुन्छिन् भन्ने देख्न सकिन्छ। यसअलावा ‘हिम्मतवाली’, ‘हमेसा’, ‘रावण’ प्रायः सबै फिल्ममा रेखाले आफ्नो रक्षा आफैं गर्नुपर्छ भन्ने सन्देस प्रवाह गर्ने प्रयास गरेकी छन्। रेखाले नेपाली फिल्ममार्फत महिला सशक्तिकरणका लागि देखाएको जागरुकता र अभियान पक्कै प्रशंसनीय छ।

_x000D_ _x000D_

फिल्म निर्माण आफैंमा गहकिलो विषय पनि हो। समाज तथा समय सान्दर्भिक कथा, सुहाउँदो कलाकार, कथाको मर्म अनुसारको स्थान, उत्कृष्ट पटकथा, कथा र कलााकरको अभिनयलाई जिवन्त तरिकाले प्रस्तुत गर्न सक्ने निर्देशकीय क्षमता र अन्य धेरै प्रविधिक कुराहरु फिल्मका अत्यावश्यक अंश हुन्। यी शुक्ष्म कार्यका साथ दर्शकलाई मनोरञ्जनसँगै सामाज परिवर्तनको आधार प्रस्तुत गर्नु चानचुने विषय होइन।

_x000D_ _x000D_

शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै रेखाले भनिन्, ‘पहिला हामी फिल्मले मनोरन्जन मात्रै प्रदान गर्छ भन्ने भ्रमबाट बाहिर आउनु जरुरी छ।’ उनले यसअघि फिल्ममा पट्याएको धारलाई नै यसपटक पनि केन्द्रमा राखेको बताइन्।

_x000D_ _x000D_

पछिल्लो समय देशभर बलात्कार, हत्या र महिला हिंसाका घटना बढिरहेको सन्दर्भमा फिल्मले महिला तथा युवतीहरुलाई यस्ता घृणित कार्यबाट सुरक्षित रहन थप बल दिने दाबी गरिन्। ‘एउटा अफसोच के लाग्यो भने, कास यो फिल्म केही महिना अगाडि रिलिज भएको भए सायद किशोरीहरु थप डिफेन्स गर्न सिक्थे होलान्।’, कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको प्रसंग उप्काउँदै उनले भनिन्, ‘मलाई निर्मला पन्तको याद आँउछ, किनकी २–३ महिनाअघि यो फिल्म रिलिज भएको भए सायद निर्मलाले यो फिल्म हेर्थिन् होला। सोहिअनुसार डिफेन्स पनि गर्न सक्थिन् होला।’

_x000D_ _x000D_

पछिल्लो समय महिला तथा युवा सशक्तिरकणमा पनि काम गरिरहेकी रेखाले उक्त कार्यक्रममा महिला अधिकारका कुरा गर्नु स्वभाविक थियो। उनले फिल्मले नारी आवाजलाई सशक्त पार्ने छ र अधिकतम रुपमा आत्मरक्षाको जुक्ति दिलाउने छ भन्नु सामान्य रुपमै लिन सकिन्छ। तर, निर्मलाको नाम नै उच्चारण गरेर उनले फिल्म हेरेको भए बाँच्नका लागि थप संघर्ष गर्नसक्ने थिइन् भन्नु चर्चा कमाउने दाउ जस्तो लाग्छ। निर्मलाले बाँचेको अन्तिम समयलाई यसरी सामान्यीकरण गर्न रेखालाई सुहाउँदैन।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसबीचमा नत सामाजिक विषयवस्तुमा फिल्म बन्न छोडेका छन्, नत बलात्कार नै रोकिएको छ। त्यसमाथि यहाँ प्रत्येक दिन सुनिने बलात्कारका घटनाहरुले समाजलाई गिज्याइरहेको भान हुन्छ। आफ्नै परिवारको सदस्यबाट छोरीचेली असुरक्षित बन्दै गइरहेको अवस्थामा चर्चामा रहेको घटनासँग जोडेर रेखाले आफ्नो फिल्मको प्रचार गर्नुलाई त्यति युक्तिसंगत मान्न सकिन्न। शारीरिक र मानसिक रुपमा परिपक्व नभइसकेका कलिला नानीहरुले फिल्म हेरेर डिफेन्स गर्लान् भनेर विश्वस्त हुने अवस्था रहँदैन।

_x000D_ _x000D_

रेखाले आफ्नो भनाइ राख्दा महिलाहरु अब हिंसा खेप्न नहुने बताउँदै फिल्मले थप बहादर बन्न प्रेरणा दिने दाबी गरेकी थिइन्। ‘यो फिल्म समाज परिवर्तनका लागि अभियान हो।’, उनले थपिन्, ‘अबको दिनमा महिलाहरुले हिंसा खेप्नु हुदैन। जो कोहीले मर्नु अघिसम्म बहादुरताका साथ लड्नु पर्छ र यो फिल्मले बहादुर हुन सिकाउँछ।’

_x000D_ _x000D_

आफ्नो भनाइलाई टुंग्याउने क्रममा रेखाले भनेकी थिइन्, ‘मलाई विश्वास छ, यो फिल्म रिलिजपश्चात् जतिले फिल्म हेर्नुहुन्छ हरेकका घरमा मालिका जन्मनेछिन्।’

_x000D_ _x000D_

उनको यो अभिव्यक्ति कम उर्जाशील छैन। पछिल्ला घटनाक्रमअनुसार उनको अभिव्यक्ति उत्तिकै उत्प्रेरक पनि छ। तर, प्रश्न यहाँ छ की जीवन र मृत्युको संघारमा के निर्मलाले कुनै संघर्ष नै गरिनन् होला? के त्यो विभत्स दृश्यमा कुनै चिच्याहट नै थिएन होला? अथवा कुनै बलात्कृत बालिका वा नारीहरु बाँच्नका लागि कुनै संघर्ष बिना नै मृत हुन्छन्? यी सबै कुरा रेखाले सोच्न आवश्यक छ। आफ्नो फिल्मको प्रचारका लागि अरुको संवेदना र आँसुमा टेकेर ‘स्टन्ट’ गर्नुभन्दा जोकसैले पनि वास्तविक धरातलमा उभिएर अभिव्यक्ति दिनु नै जायज हुन्थ्यो कि! किनकि अरुका संवेदनामा पौडी खेलेर आफू पारी तर्ने तत्वहरु समाजमा हावी हुँदै गएका छन्। यसले समाज परिवर्तनको मुद्दालाई नै ओझेल पार्ने खतरा हुन्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

यसकारण एकातर्फ समाज परिवर्तनमा सामेल भइरहेको अभिव्यक्ति र अभियान पनि चाल्दै आएकी रेखाले फिल्मको व्यावसायिकतासँग जोडिएर गरिएका कार्यले कुन हदसम्म असर गर्नसक्छ भन्ने बुझ्नु आवश्यक रहन्छ। फिल्म ‘मालिका’ भन्दाअघि यसै विषयवस्तुमा बनेका उनका फिल्महरुले महिलाका आवाज तथा समाज परिवर्तनमा कुन हदसम्मको भूमिका निर्वाह गर्न सक्यो भन्ने आत्ममुल्यांकन गर्नु पनि रेखाले सोच्नुपर्छ।

_x000D_ _x000D_

२ घन्टा लामो फिल्मका भड्किला संवाद र केही आक्रामक ‘एक्सन’ले भन्दा समाज परिवर्तनका लागि नैतिक शिक्षा, नागरिक चेतना, पारदर्शी तथा प्रभावकारी कानुन र यसको पालना लगायतका विषयवस्तु अहम रहन्छन्। यसकारण रेखासँगै अन्य कलाकार तथा फिल्मकर्मीहरुले यस्ता विषयवस्तुलाई केन्द्रमा राखेर काम गर्दा नेपाली फिल्म क्षेत्रले समाजमा आफ्नो साख र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन बल मिल्नेछ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्