गौशाला– महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ।
_x000D_
_x000D_
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३ सय स्थानीयबासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ।
_x000D_
_x000D_
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य टोलीले नैन्ही गाउँबाट पानीको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा पठाएकामा त्यहाँबाट आएको ल्याब रिपोर्ट सार्वजनिक गर्दै नैन्ही गाउँका स्थानीयबासीले पिउने खानेपानी (चापाकल) नजिकै जम्ने पानीमा दिसा रहेको र त्यही दिसा चापाकलमा मिसिएको जनाइएको छ।
_x000D_
_x000D_
स्थानीयबासी करीब ३ सय परिवारले पिउने पानीको एउटै स्रोत चापाकलमा दिसा मिसिएको भेटिएपछि स्वास्थ्यकर्मीले त्यहाँका बासिन्दाले त्यस चापाकलबाट पानी खान बन्द गराएको छ भने उनीहरुले पानीको अन्य स्रोत खोजेर पानी खान सल्लाह दिइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए।
_x000D_
_x000D_
नैन्ही गाउँमा भदौ २९ गते एकैसाथ ४१ जनामा पखालाको प्रकोप सुरु भएर ३ सय व्यक्तिमा फैलिएको थियो भने एक बालिका र एक वृद्धा गरी २ जनाको मृत्युसमेत भएको थियो।
_x000D_
_x000D_
अहिले त्यहाँको पखाला नियन्त्रणमा आएको छ भने त्यहाँ अझै पनि स्वास्थ्य शिविर सञ्चालनमा राखेर प्रभावितहरुको उपचार भइरहेको जिल्ला स्वाथ्य कार्यालयका प्रमुख राजीव झाले बताए। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।