डडेलधुरा– कैलालीको टीकापुर नगरपालिका–८ सत्ती बजार नजिकको कर्णाली नदी किनारमा शनिबार एक व्यक्ति मृत फेला परेका छन्।
_x000D_
_x000D_
पुलको ‘पिल्लर’ छेउमा रहेको झ्याङमा अड्किएर पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ४२ वर्षीय एक व्यक्ति मृत फेला परेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। मृतकको हालसम्म सनाखत हुनसकेको छैन।
_x000D_
_x000D_
शवलाई टीकापुर अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।