काठमाडौँ – आइसिसी यू–१९ महिला टी–२० विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै छन् । दुई टिमबीचको उपाधि भिडन्त दिउँसो १२ः१५ देखि मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ ।
सेमिफाइनलमा भारतले इंग्ल्याण्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराउँदै फाइनलको यात्रा गरेका थिए । भारत यसपटक पनि उपाधि रक्षा गर्ने योजनामा छ । दक्षिण अफ्रिका पहिलोपटक उपाधिको खोजीमा छ । प्रतियोगितामा नेपाल पनि सहभागि थियो । नेपाल समूह चरणबाटै बिहिरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।