कोलम्बो– विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाइ गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ।
_x000D_
_x000D_
श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा गाडीहरूको आयातमा १ वर्षका लागि खरिद गर्न रोक लगाएको छ। यहाँका सरकारी अधिकारीलाई कार तथा विलासिताका सामान खरिदमा दिइँदै आएको भन्सार कर छुटलाई पनि आगामी ६ महिनाका लागि रोक लगाइएको छ।
_x000D_
_x000D_
श्रीलङ्काली बैङ्कहरूलाई कार, एअर कन्डिसनर्स, अत्तर, मोबाइल फोन र टेलिभिजनजस्ता विलासिताका सामान खरिद गर्न ऋण नदिन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ।
_x000D_
_x000D_
श्रीलङ्काको स्थानीय मुद्राको मुल्य अमेरिकी डलरको तुलनामा १० प्रतिशतले गिरावट देखिएपछि यसलाई सन्तुलन राख्ने प्रयासमा सरकारले उक्त निर्णय लिएको हो। सन् २०१८ को सुरूमा अमेरिकी एक डलर बराबर श्रीलङ्काली एक सय ५५ रूपैयाँ रहेकोमा शुक्रबार अमेरिकी एक डलर बराबर श्रीलङ्काली १ सय ७० रूपैयाँ कायम भएको छ।
_x000D_
_x000D_
गत अगस्टमा सरकारले विदेशी कारको खरिद गर्दा तिर्नुपर्ने करमा व्यापक वृद्धिको घोषणा गरेको थियो। तर, विदेशी मुद्रासँगको मुल्यमा देखिएको गिरावटलाई उक्त निर्णयले नियन्त्रण गर्न असफल सावित भएपछि विदेशी मुद्रा विनिमयमा समस्या आएको हो।
_x000D_
_x000D_
श्रीलङ्काको केन्द्रीय बैंकले कार खरिदका कारण यहाँको व्यापार घाटा गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ७० करोड अमेरिकी डलरबाट चालु आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ९० करोड पुगेको तथ्याङ्क सरकारलाई उपलब्ध गराएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।